काठमाडौं । दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दै बहुप्रतिक्षित दशैं धमाका क्यम्पेनको घोषणा गरेको छ ।
छुट तथा सुविधाका लागि निकै प्रतिक्षित यस अभियानअन्तर्गत उपभोक्ताले ७० प्रतिशतसम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा २ हजार रुपैयाँ सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यो क्याम्पेन आजदेखि कार्तिक १ गतेसम्म चल्नेछ । साथै, क्याम्पेनमा सहभागी एक जना भाग्यशाली खरिदकर्ताले वानप्लस नर्ड सीईथ्री फाइभजी जित्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, अन्य तीन जनाले सेटाफिलका तर्फबाट १० हजार रुपैयाँ बराबरको आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।
उत्पादनहरूको विस्तृत श्रृंखला तथा डिलहरू प्रदान गर्ने ब्रान्डहरूको विशाल चयनका साथ, दशैं धमाका सपिंगका लागि अभूतपूर्व आकर्षक गन्तव्य हो । क्याम्पेन अवधिभर उपभोक्ताहरुले आइविबी, एंकर, एक्वालोजिका, सेताफिल, सिलेन्स्टा, डोभ, सर्फ एक्सेललगायत सहप्रायोजकहरुका तर्फबाट उपलब्ध गरिएका अविश्वसनीय डिलहरूको मज्जा लिन सक्नेछन् ।
त्यस्तै, अस्टावोल्फ, मामाअर्थ, नेपाल टी एक्स्चेन्ज, रोट्टो मेन्थालेटम, स्ल्याजेन्गर, टेक्नो, ह्वाइट मून, एक्स्–एजलगायत ब्रान्ड साझेदारहरूका तर्फबाट विशेष अफरहरु पनि उपलब्ध गराउने जानकारी दिइएको छ ।
क्याम्पेन अवधिभर डेबिट कार्डमार्फत आफ्नो अर्डरको लागि अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १ हजार ५ सय रुपैयाँसम्म १५ प्रतिशत छुटको मजा लिन सक्नेछन् । साथै, क्रेडिट कार्ड प्रयोग गर्नेहरूले २ हजार रुपैयाँसम्म २० प्रतिशतसम्मको छुटबाट लाभ उठाउन सक्नेछन् । यो अफर नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र ज्योति विकास बैंकका कार्डहरूमा मान्य हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी, ईसेवा, आईएमई पे वालेट प्रयोगकर्ताहरूले आफ्नो अर्डरमा १५ प्रतिशत छुट सुविधा पाउनेछन् । खरिदकर्ताहरूलाई दराज भाउचरहरू प्रयोग गरी कुल २ करोड रुपैयाँसम्मको छुट पाउन सकिने सुविधाका साथै आफ्ना खरिदमा फ्ल्याट १० हजार रुपैयाँ छुट प्राप्त गर्ने अवसरसमेत उपलब्ध गरिनेछ ।
पछिल्ला संस्करणको लोकप्रियतालाई दृष्टिगत गर्दै, दशैं धमाकाले न्यूनतम ४ सय ९९ रुपैयाँ खर्च गर्दा छानिएका बिक्रेताहरूमार्फत चुनिएका उत्पादनहरूमा घरदैलोसम्म निःशुल्क होम डेलिभरीको सुविधापनि प्रदान गर्ने जानकारी दिइएको छ । ‘फ्रि डेलिभरी’ सुविधाको उपभोग गर्न दराज एपको होमपेजमा रहेको ‘फ्रि डेलिभरी’ ब्यानरमा क्लिक गर्नुपर्ने हुन्छ ।
दशैं धमाका क्याम्पेनको मुल उद्देश्य छुट र बचत मात्र नभइ एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्नु रहेको कम्पनीको भनाइ छ । दराज नेपालले सबैलाई दशैं उत्सवमा सहभागी हुन र यी अभुतपूर्व प्रस्तावहरूको अधिकतम लाभ लिन आमन्त्रित गरेको छ ।