Page 7

महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाब्यकार अर्याललाई प्रदान

काठमाडौं । २१ औं संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार २०८१, ०६, ०५ मा महाकाब्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमका बीच प्रदान गरिएको छ ।
तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पु¥याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्धेश्यका साथ २०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष मातृभुमी साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको हो ।
मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रमा बैंकका बागमती प्रदेश “ख” का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुन मन्त्री ‍लामिछानेले संयुक्त रुपमा प्रदान गरेका हुन् । यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन्।

 

एनएमबि बैंकद्वारा खेति कर्जाको लागि बागमती गाउँ पालिकासंग सम्झौता

काठमाडौं । एनएमबि बैंक, डिभी एक्सेलस प्रालि (खेति एप) र बागमती गाउँपालिका मकवानपूर बीच गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डिभी एक्सेलस प्रालिको तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाउँपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन् ।
एनएमबि बैंक र डि।भी एक्सेलस प्रालिबीच खेति एप मार्फत किसान तथा कृषि व्यवसायमा संलग्न ब्यक्तिहरुलाई पूर्ण रुपमा डिजिटल कर्जा प्रदान गर्नको लागि सम्झौता भए बमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आईरहेकोमा बागमती गाउँपालिकाले कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई यस डिजिटल कर्जा मार्फत उनीहरुलाई कर्जा लगानी सहज बनाएर कृषकहरुको आर्थिक अवस्था बृद्धि गर्नको लागि तीनै वटा संस्था मिलि वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्ने, प्राप्त गर्न योग्य किसानहरुलाई कर्जा कर्जाको लागि सहजीकरण गर्ने, ऋणीहरुलाई अन्य बिभिन्न खालका परामर्श सेवाहरु प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने जस्ता बिषयहरुमा सहमति भएको छ ।
कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरुलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नको लागि विभिन्न कार्यक्रमहरु गरिरहेको र आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकिकरण गर्ने र कृषी व्यवसायद्धारा गाउँपालिकाका ऋणीहरुलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणिय गाउँपालिका बनाउने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र केही वडाका अध्यक्षहरु, कृषि अधिकृत लगायत अन्य अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
अघिल्लो बर्ष बागमती र गण्डकी प्रदेशमा शुरु गरिएको एनएमबि खेति कर्जा अब भने छिट्टै नै देशभर शुरु गर्ने तयारी गर्न लागिएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

पूर्वडीआईजी छविलाल जोशी पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।
उनीलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

बैतडीको शिवालिङ भूकम्पको धक्का

काठमाडौं । बैतडीमा भूकम्प गएको छ ।
आज दिउँसो २ बजेर ९ मिनेटमा बैतडीको शिवालिङ आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पबाट कुनै भौतिक एवम् मानवीय क्षति भने भएको छैन ।

मेडिकल व्यवसायी प्रसाईं भक्तपुरबाट पक्राउ

काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । साइबर अपराधको मुद्दामामा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएका छन् ।
प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएपछि प्रहरीले पक्राउ पूर्जी लिएको थियो ।
विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शेयर बजारमा ११.५८ अंकको सुधार, ५ अर्ब बढीको कारोबार

काठमाडौं । केही दिन यता घटिरहेको शेयर बजारमा साताको पहिलो दिन आज भने दोहोरो अंकको सुधार आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.५८ अंकले उचालिएको हो । ०.४४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५८८.३५ अंकमा पुगेको छ ।
समग्रमा बजारमा सुधार आए पनि वित्त, होटल, उत्पादनमूलक, लघुवित्त र म्युचुअल फण्ड भने घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी बैंकिङ समूह १.०१ अंकले बढेको हो ।
आज ३२५ कम्पनीका १ करोड २४ लाख ८५ हजार ७ सय ३१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९०.६९ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज विभिन्न ३ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । इन्टर्न हाइड्रो, आत्मनिर्भर लघुवित्त र सुपरसाङ्गे हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै रावा इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.६५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सीईडीबी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २७ करोड ८० लाख २७ हजार ७ सय १५.७० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।

तीन वटा संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दैछ ।
बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक समितिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारबाहीका विषयमा छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगति तथा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । कार्य सूचिअनुसार बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको हो ।

दिल्लीकी मुख्यमन्त्री आतिशीले लिईन शपथ

काठमाडौं । आम आदमी पार्टीकी नेता आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बनेकी छन् । उनले शनिबार नै उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री हुन् । यसअघि भारतीय जनता पार्टी (बीजेपी) की सुश्मा स्वराज र कांग्रेसकी शिला दीक्षित मुख्यमन्त्री भएकी थिइन् । स्वराज जम्मा ५२ पदन मुख्यमन्त्री रहिन् भने शिला तीन पटक गरी १५ वर्षभन्दा बढी दिल्लीमा शासन गरिन् ।
आतिशीको कार्यकाल चार महिना हुनेछ । किनकी फेब्रुअरी २०२५ मा विधानसभा चुनाव हुनेछ । आम आदमी पार्टीले केजरीवाललाई नयाँ मुख्यमन्त्रीका रुपमा अघि सारिसकेको छ ।
उनी २०१३ देखि (राष्ट्रपति शासन लागू भएको समय बाहेक) दिल्लीको मूख्यमन्त्री थिए । तर पछिल्लो पटक मदिरासम्बन्धी नीति बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरे । करिव ६ महिना हिरासतमा रहेका अरविन्द केजरीवाल अदालतको आदेशमा छुटे । तर तिहाड जेलबाट छुटेको दुई दिनपछि उनले आफूमाथि झुटो आरोप लागकोले जनताको परीक्षामा जाने भन्दै राजीनामा दिने घोषणा गरे । मंगलबार आम आदमी पार्टीको विधायक मण्डलको बैठक राखेर आतिशीलाई दल नेता चुने ।
त्यही दिन केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिए भने आतिशीले आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गरिन् ।
शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् । कैलाश गेहलोत, गोपाल राय, शौरभ भारद्धाज, इमरान हुसेन र मुकेश अहलावतले मन्त्री बनेका छन् ।
मुकेश नयाँ अनुहार हुन्, अरु चाहिँ केजरीवाल क्याबिनेटमा थिए ।

कांग्रेस–एमाले गठबन्धनबाट जनता खुसी भएको देउवाको दाबी

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको जानकारी दिएका छन् । सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठुला पार्टीबिचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको सभापति देउवाको दाबी थियो ।
शनिवार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै उनले सत्ता सहकार्य गरेर दलहरूले जनताको पक्षमा काम गर्नुपर्ने जनाए । सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने, ‘एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो । दुई वटै पार्टी मिल्दा खेरी के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरूलाई । तर प्रतिस्पर्धी पार्टी मिल्दा खेरी देशभरिमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरू खुसी भएका छन् । कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरू छन् यहाँ । त्यस कारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ । तर हामीले काम पनि त्यही अनुसार गर्नु पर्‍यो । कांग्रेसले कामै गर्दैन भन्छन् है विचार गर्नु । कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन । अनि खाइदेला नि अरू पार्टीले । त्यस कारणले कांग्रेसले अरू बढी काम गर्नुर्‍यो । जनतासँगको सम्बन्ध बढाउनु पर्‍यो । जनताको दिल जित्नुपर्‍यो । जनताको कामहरू गर्नुर्‍यो । त्यस कारण जनताको कामहरू हामीले गर्दै जानुपर्दछ ।’
उनले थपे, ‘हामीले जिल्लाका मात्रै होइन, प्रदेशका सबै ठाउँका विकास योजनाका कामहरू गरेर आफ्नो ठाउँका लागि, आफ्नो गाउँको लागि, आफ्नो जिल्लाको लागि त्यति मात्रै होइन, सर्वसाधारण जनता र खासगरीकन दुःख पाएका जनताको लागि हामीले काम गर्‍यौँ भने कांग्रेसलाई नम्बर वान पार्टी बनाउने उद्देश्य छ । यसै काममा लाग्नका लागि म सबै साथीभाइहरुलाई आग्रह गर्न चाहन्छु । अहिलेको यो संविधान छ । समावेशी समानुपातिक सिस्टम छ हामीले ल्याएका । यसमा यति धेरै गाह्रो छ । कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो छ । तैपनि हामीले यो गाह्रो काम नै गर्नु पर्‍यो । अप्ठ्यारो कामनै गर्नुर्‍यो । त्यसको निम्ति मेहनत धेरै गर्‍यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी हुन्छ । कमसेकम नम्बर वान पार्टी पहिलो पार्टी नेपालको भयो भने हाम्रो पार्टीलाई जनताले गरेको विश्वास पूरा हुनेछ । यही काम लाग्न अनुरोध गर्दछु ।’
सभापति देउवाले संविधानमा समावेशी समानुपातिक सिस्टमका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पुर्‍याउने गरी कांग्रेसले मेहनतका साथ काम गर्नुपर्ने जनाए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...