Page 2

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तारण गरे ।
विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।
बैंकका अक्ष्यक्ष ढकालले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको जनाउँदै यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरु, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गमा खुसी साट्दै हार्दिक आभार व्यक्त गरे ।
ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरुलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ ।
ग्लोबल फाइनान्सले २०२४ को लागि हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।
ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरु प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैंक” को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरु प्रदान गर्न प्रोत्साहित गर्नेछ ।
यस अघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

एनआरएनएलाई सरकारले हस्तक्षेप नगर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनआएनए विवादमा सरकारले हस्तक्षेप नगर्ने दाबी गरेका छन् । बद्री केसी पक्षले गरेको गैरआवासीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनएमा हस्तक्षेप नगर्ने बरु सहयोग गर्ने दाबी गरेका हुन् ।
‘म प्रधानमन्त्रीको हैसियतले यहाँहरूलाई भन्न चाहन्छु । हामी कुनै प्रकारको हस्तक्षेप गर्दैनौ, सकेको सहयोग पुर्‍याउँछौ’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरु एकताबद्ध भएर चल्नुस्, के गर्नुपर्छ हामी गर्छौ ।’
उनले संविधानमै गैरआवासीय नेपालीहरूको नागरिकताका लागि व्यवस्था गरिएको भन्दै त्यो व्यवस्था कार्यान्वयन गर्न सरकार तयार रहेको जानकारी दिए ।

आजदेखि काठमाडौंमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन सुरु हुँदै

काठमाडौं । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली संघ एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । साधारणसभामा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि काठमाडौं आइसकेको र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको महासचिव गौरीराज जोशीले जानकारी दिए ।
कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक पिएनआ, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुने जानकारी दिईएको छ ।
दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहनेछन् ।
आपसमा रहेको मतभिन्नता र मतभेदलाई संवादले नै चिरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै महासचिव जोशीले गैरआवासीय नेपाली दिवसको कार्यक्रममा एकताकै लागि छलफल गर्न तथा आआफ्नो विचार राखी योगदान गर्न सम्पूर्ण गैरआवासीय नेपाली अभियन्तामा अनुरोध गरे ।

 

 

 

 

 

्र

सरकारले सय दिनमा लक्ष्यअनुसार काम गर्न नसकेनको कोइरालाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले सय दिनमा लक्ष्यअनुसारको काम गर्न नसकेको दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले देशको विकास र सुशासनका लागि ठूला दल मिलेर सरकार बनाएपनि सरकारले लक्ष्यअनुसारको काम गर्न नसकेको दाबी गरेका हुन् ।
उनले अहिले पनि प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्तामात्रै रहेको उल्लेख गरे । सरकार ढल्ने कुरा गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि बढाउन नसक्ने जानकारी दिए ।
कांग्रेसको मुख्य प्रतिष्पर्धी एमाले हुँदाहुँदै पनि एमालेसँग सहकार्य गर्नु निकै कठिन काम भएको उनको भनाइ छ । कोइरालाले अहिले दल विभाजनजसम्बन्धी अध्यादेश ल्याउनु उचित नहुने जिकिर गरे ।
सरकारका केही क्रियाकलापले सरकार फरक ढंगले हिँड्न खोजेको हो कि भन्ने आभाष भएको उनको भनाइ छ ।

आज काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ ।
सरकारको एकसय दिन पूरा भए लगत्तै माओवादीले प्रदर्शन थालेको हो । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा जुलुस सुरु भएको हो ।
सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत हुनेछ ।
सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

सत्ता गठबन्धनको बैठक ३ बजे बालुवाटारमा बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाहीलगायतका विषयमा छलफल हुने जनाईएको छ ।

माओवादी केन्द्रले सरकारविरुद्ध भोलि प्रदर्शन गर्ने

काठमाण्डौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सरकारविरुद्ध शनिवार खबरदारी सभा गर्न लागेको छ ।
सभालाई अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्नेछन् । प्रदर्शनीमार्गमा हुने विरोध सभालाई माओवादी केन्द्रले ‘खबरदारी सभा’ नाम दिएको छ । यो प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । सभाका लागि राष्ट्रिय सभागृह अगाडिको सडकमा मञ्च तयार गरिएको छ ।
प्रदर्शनमा ३० हजार कार्यकर्ता काठमाडौंमा उतार्ने माओवादीको तयारी छ । प्रदर्शनमा पार्टीका सबै जनवर्गीय संगठनलाई सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ ।
माओवादीले भ्रष्टाचार र बेथितिविरुद्ध देशैभरी कार्यक्रम गर्ने जनाएको छ । शनिबार बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरू भेला हुनेछन् । त्यसपछि जुलुस सुरु हुनेछ । जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप अगाडीको सडकमा पुगेर सभामा परिणत हुने छ ।
उपाध्यक्ष सापकोटाले सरकारले सय दिनमा गरेका काम विरोध सभामै सुनाउने जनाए । सापकोटाका अनुसार प्रदर्शनी मार्गमा हुने जनप्रदर्शनमा सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर गरिनेछ ।
सभामा ३० देखि ३५ हजार जना सहभागी हुने अनुमान गरिएको सापकोटाले जनाए । ‘सुरुमा २०–२५ हजार जम्मा हुन्छन् होला भन्ने लागेको थियो, तर अहिले त्यो बढेर ३०–३५ हजार हुन्छन् हाम्रो अनुमान छ’, उनले भने ।

म्याद थपका लागि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

पोखरा। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा गोर्खा मिडियाका पूर्वसञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराधको मुद्दामा थप अनुसन्धानका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।
प्रहरी र सरकारी वकिल कार्यालयले लामिछानेको बयान कार्य सम्पन्न नभएको जनाउँदै थप हिरासत म्यादको माग गर्ने तयारी गरेका छन् ।
जिल्ल प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले लामिछानेलाई आज म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइने जानकारी दिए ।
जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार अनुसन्धान प्रक्रियामा प्रमाण संकलन र आवश्यक कागजात प्राप्तिलाई प्राथमिकता दिइएकोले बयान प्रक्रिया दोस्रो प्राथमिकतामा परेको छ । उनले लामिछानेले बयान प्रक्रियामा सहयोग गरिरहेको र यो उनको दायित्व तथा कर्तव्य पनि रहेको जनाईन।
गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका लामिछानेसँगै सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई पनि आजै म्याद थपका लागि अदालत लगिँदैछ ।

रास्वपाले अब काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने

काठमाण्डौं । आफ्ना सभापति रवि लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरिरहेको रास्वपाले अब काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको छ ।
सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले आज पोखरामा अन्तिम प्रदर्शन गर्दैछ । पार्टीले पोखरामा आज अन्तिम प्रदर्शन भएको र त्यसपछि काठमाडौँ केन्द्रित प्रदर्शन सुरु गर्ने पनि जनाईएको छ ।
सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई जानाजान थुनामा राखेको रास्वपाले भनेको छ ।
पोखरामा जारी प्रदर्शनको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै रास्वपाका नेताहरू पार्टीले सहकारीको मुद्दालाई सडक र सदनबाट निरन्तर उठाउने जानकारी दिएको छ ।
प्रवक्ता मनिष झाले भने, ‘संयमित भएर हामीले प्रदर्शन गरिरहेका छौं ।’उनले एमाले र कांग्रेसका कार्यकर्ताहरू सहकारी पीडितको मुकुट ओढेर सडकमा उभिने गरेको आरोप लगाए ।
रास्वपाको प्रदर्शनमा एउटा बिरुवा पनि नकुल्चेर प्रदर्शन भएको भन्दै प्रवक्ता झाले प्रदर्शनका क्रममा कोही घाइते समेत नभएको भन्दै सहकारी पीडितहरूलाई काग्रेस र एमालेको भर नपर्न आग्रह गरे ।
प्रवक्ता झाले आफूहरू आफ्नो नेता रवि लामिछानेलाई छुटाउन पोखरा नआएको समेत जनाए । ‘हामी एउटा कानुनी प्रक्रिया अनुसार होस्, राजनीतिक प्रतिशोध नहोस् भनेर आएको हो’, उनले भने,‘ राजनीतिक प्रतिशोध छ भन्ने कुरा म प्रमाणित गर्न सक्छु,’ उनले भने ।रास्वपाले अब काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने
काठमाण्डौं । आफ्ना सभापति रवि लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरिरहेको रास्वपाले अब काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको छ ।
सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले आज पोखरामा अन्तिम प्रदर्शन गर्दैछ । पार्टीले पोखरामा आज अन्तिम प्रदर्शन भएको र त्यसपछि काठमाडौँ केन्द्रित प्रदर्शन सुरु गर्ने पनि जनाईएको छ ।
सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई जानाजान थुनामा राखेको रास्वपाले भनेको छ ।
पोखरामा जारी प्रदर्शनको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै रास्वपाका नेताहरू पार्टीले सहकारीको मुद्दालाई सडक र सदनबाट निरन्तर उठाउने जानकारी दिएको छ ।
प्रवक्ता मनिष झाले भने, ‘संयमित भएर हामीले प्रदर्शन गरिरहेका छौं ।’उनले एमाले र कांग्रेसका कार्यकर्ताहरू सहकारी पीडितको मुकुट ओढेर सडकमा उभिने गरेको आरोप लगाए ।
रास्वपाको प्रदर्शनमा एउटा बिरुवा पनि नकुल्चेर प्रदर्शन भएको भन्दै प्रवक्ता झाले प्रदर्शनका क्रममा कोही घाइते समेत नभएको भन्दै सहकारी पीडितहरूलाई काग्रेस र एमालेको भर नपर्न आग्रह गरे ।
प्रवक्ता झाले आफूहरू आफ्नो नेता रवि लामिछानेलाई छुटाउन पोखरा नआएको समेत जनाए । ‘हामी एउटा कानुनी प्रक्रिया अनुसार होस्, राजनीतिक प्रतिशोध नहोस् भनेर आएको हो’, उनले भने,‘ राजनीतिक प्रतिशोध छ भन्ने कुरा म प्रमाणित गर्न सक्छु,’ उनले भने ।

सत्ता गठबन्धनको बैठक ९ बजेपछि बालुवाटारमा बस्दै

सत्ता गठबन्धनको बैठक ९ बजेपछि बालुवाटारमा बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् ।
बैठक अहिले बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाईएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...