Page 5

लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात

0

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ ।

प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख र भदौमा ३ अर्ब ५५ करोड ५ लाखको विद्युत् निर्यात भएको जनाएको छ ।

साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारततर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ ।

दुई महिना विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा छ । साउनको प्रतियुनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा छ ।

भदौ तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौ दोस्रो साता (९–१५ गते) मा ६९ करोड ८ लाखको विद्युत् निर्यात गरिएको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ । त्यसैले चालू आव दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरू र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताएका छन् ।

‘चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पु¥याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ,’ घिसिङले भने ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दर र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ आयोजनाबाट उत्पादित ९ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

बाढी–पहिरोभन्दा पहिले दैनिक ९ सय मेगावाट हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । अहिले दैनिक डेढ सय मेगावाटमात्र निर्यात भइरहेको छ । बाढी–पहिरोका कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी सहित करिब ७ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द छ ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

लिभरपुलको प्रशिक्षक छोडेका क्लोप

0

काठमाडौं । लिभरपुलका पुर्व प्रशिक्षक जर्गन क्लोप रेड्बुलको ग्लोबल हेड अफ सकरमा नियुक्त भएका छन् । गत मे मा लिभरपुलको प्रशिक्षक छोडेका क्लोप अहिलेसम्म कुनै जिम्मेवारीमा थिएनन् ।

स्काई जर्मनीका अनुसार ५७ बर्षिय क्लोपले रेडबुलसँग दिर्घकालिन सम्झौता गरेका छन् । सम्झौता अनुसार उनले आगामी जनवरी १ देखि आफ्नो जिम्मेवारी थाल्ने छन् ।
रेड्बुलको नेटवर्कमा जर्मनीको आरबी लेइपजिंग, अस्ट्रियाको आरबी स्लाजबर्ग, अमेरिकाको न्यूयोर्क रेडबुल्स जस्ता क्लबहरु रहेका छन् ।

क्लोपले रेडबुल नेटवर्कमा रहेका विश्वभरका क्लबहरुका प्रशिक्षकहरुलाई सहयोग गर्ने छन् भने रेडबुलको खेल्ने तरिकाको विकास गर्ने र नेटवर्कमा भित्र्याउन विश्वभर खेलाडीको स्काउटिङ गर्ने, प्रशिक्षकहरुको नियुक्ति र व्यवस्थापन गर्ने जस्ता काम गर्ने छन् ।

सम्झौतामा क्लोपले जर्मनीको राष्ट्रिय टिमको प्रशिक्षक हुनुपर्ने भएमा भने यस पदबाट रिलिज गरिने शर्त रहेको उल्लेख गरिएको छ ।

दशैको बिदाको समयमा डिपो तथा कार्यालय खुला

0

काठमाडौं । नेपाल आयल निगमले दशैको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्रि वितरण गर्ने जनाएको छ ।

निगमले स्थानीय आवश्यकताको आधारमा डिपो र कार्यालयहरु खुला राखेर विक्री वितरण गर्ने तथा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिए सम्पर्क व्यक्ति समेत तोकेको जानकारी दिएको छ ।

ठूला साधारण सेयरधनीले पनि सोही बैंकबाट कर्जा लिन नपाउने

0

काठमाडौं । कुनै बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको १ प्रतिशत वा सोभन्दा माथि सेयर भएका सर्वसाधारण समूहका सेयरधनीका साथै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र निजको एकाघर परिवारका सदस्यले सोही बैंकबाट कर्जा लिन नपाउने भएका छन् ।
यसअघि बैंकको संस्थापक सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था रहेको थियो । अब संस्थापकमात्रै होइन, साधारण सेयरसमेत १ प्रतिशतभन्दा बढी छ भने सो सुविधा प्रयोग गर्न नपाइने भएको छ ।
यस्तै, ०.५ प्रतिशत संस्थापक सेयर रहेको सेयरधनीले पनि सोही बैंकबाट कर्जा लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई जारी गरेको एकिकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
‘संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन,’ संशोधित निर्देशनमा भनिएको छ । यसअघि संस्थापक सेयरको हिस्सा तोकिएको थिएन ।
त्यस्ता सेयर धनी वा सञ्चालकलगायतलाई शतप्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न, सम्बन्धित संस्थाले तोकेको सीमासम्मको क्रेडिट कार्ड सुविधा प्रदान गर्न, बैंकहरुको आफ्नै मुद्दती रसिद तथा नेपाल सरकार र नेपाल राष्ट्र बैंक ऋणपत्रको धितोमा कर्जा प्रदान गर्न भने बाधा नपर्ने केन्द्रीय बैंकले जानकारी दिएको छ ।
बैंकहरुले ०.५ प्रतिशतभन्दा बढी सेयर धारण गरेका सेयरधनीहरुको विवरण अर्धवार्षिक रुपमा राष्ट्रबैंकको सम्बन्धित सुपरीवेक्षण विभागमा पेश गर्नुपर्ने भएको छ ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस दुर्घटना

0

काठमाडौँ । काठमाडौँबाट ओखलढुंगाको गाम्नाङटार जाँदै गरेको बस दोलखामा दुर्घटना भएको छ ।
बुधबार बिहान प्रदेश ३–०१ –००६ ख ० ६३६ नम्बरको बस दुर्घटना हुँदा १५ जना बढी घाइते भएका छन् ।
दोलखाको लामोसाँघु–जरी सडक खण्ड अन्तर्गत भीमेश्वर नगरपालिका–८ बोचमा उक्त बस दुर्घटना भएको हो ।
केही घाइतेहरूको उद्धार गरेर चरिकोट लगिएको छ । दुर्घटनाबारे विस्तृत विवरण आइनसकेको दोलखा प्रहरीले जानकारी दिएको छ ।

युद्धको सिकार भई मृत्य वरण गर्नेहरूमा अधिकांश महिला तथा बालबालिका

0

न्युयोर्क । निकट पूर्वमा प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का आयुक्त–जनरल फिलिप लाजारिनीले १२ महिनाको क्रूर युद्धले गाजालाई भग्नावशेष र दशौँ हजार मानिसका लागि चिहानमा परिणत गरेको बताएका छन् ।

उनका अनुसार युद्धको सिकार भई मृत्य वरण गर्नेहरूमा अधिकांश महिला तथा बालबालिका रहेका छन् । उनका अनुसार गत वर्षको अक्टोबर ७ मा सुरु भएको गाजा युद्धको एक वर्ष बितिसकेको छ भने गाजामा २० लाख मानिस युद्धका कारण पीडाको सिकार बन्न बाध्य भई जबरजस्ती विस्थापन, रोग, भोकमरीको सामना गर्दै घेराबन्दी गरिएको इलाकामा फसेका छन् ।

युद्धको प्रभावले गाजाका आवश्यक पूर्वाधारको चरम विनाश भएको उल्लेख गर्दै उनले बालबालिकाहरू सबैभन्दा बढी पीडित भएको बताए । उनका अनुसार गाजाका धेरै बालबालिकालाई हत्या र चोटपटकबाहेकका मनोवैज्ञानिक तथा अदृश्य घाउहरूले आघात पुर्याएको छ ।

कक्षाकोठामा बसेर पढ्नुको सट्टा, निराशा र डरले भग्नावशेषबाट निस्केर ज्यान बचाउने प्रयास गर्न बाध्य छ लाख ५० हजारभन्दा बढी बालबालिकाले सिकाइ तथा शिक्षाको अधिकारसमेत गुमाउँदै गएको उनले बताए ।

दैलेखमा हायस गाडी दुर्घटना

0

दैलेख । दैलेखमा हायस गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चामुण्डाबिन्द्रसैनी नगरपालिका– १ का २२ वर्षीय प्रकाश बुढा छन् ।

दैलेख प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डाबिन्द्रासैनीको चाल्ने चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख० ९०६ नम्बरको हायस (एसएमएल) गाडी सोमबार राति ९ बजेतिर दुर्घटना भएको हो । २३ जना यात्रु रहेको उक्त गाडीका बाँकी यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न चार करोड ६० लाख आठ सय रुपियाँ

0

काठमाडौं । नेपालमा कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुन लागेको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलबार पत्रकार सम्मेलन गरी च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने च्याम्पियनसिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान र साबिक विजेता बङ्गलादेश तथा समूह ‘बी’ मा नेपाल, भुटान, श्रीलङ्का र माल्दिभ्स रहेका छन् । सहभागी टोलीलाई सातदोबाटोस्थित एन्फा मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न चार करोड ६० लाख आठ सय रुपियाँ रहेको एन्फाले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुनेछ । नेपालले कात्तिक २ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपालले राजेन्द्र तामाङको प्रशिक्षणमा तयारी गर्दै आएको छ ।

यसअघि उपविजेतामा सीमित बन्दै आएको नेपालले यस पटक जितको लक्ष्य राखेको छ । नेपालले हाल बन्द प्रशिक्षणमा २७ खेलाडी राखेर तयारी गरिसकेको जनाइएकाे छ ।

काठमाडौंः हास्यकलाकार हरिवंश आचार्यले छोरीको विवाहसँग जोडिएको नयाँ गीत सार्वजनिक गरेका छन् । यसअघि आचार्यले छोरी जन्माएको विषयमा ‘कर्कलो कोक्यौला’ र ‘कौली’ गीत गाएर आएका थिए, अहिले उनी ‘हिड माया हिड’ बोलको गीत ल्याएका छन् । माइती नेपालले प्रस्तुत गरेको यस गीतमा हरिवंशको शब्द तथा संगीत रहेको छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् । ‘छोरी बालिका वेश्यावृत्तिबारे जनचेतनामूलक गीत हुनुपर्छ’, हरिवंशले भने, ‘बालिका वेश्यावृत्तिको समस्या हाम्रो देशको नियति जस्तै बनेको छ । पहिले भारतमा चलिबेट बेच्ने गर्दथ्यो तर अहिले अफ्रिका र खाडी देश लगायत अन्य देशमा बिक्री हुने गरेको छ । मसाज सेन्टर वा डान्सबारमा कामका रूपमा आउने मानिसको समस्या त्यहाँ वेश्यावृत्ति, यातना आदि बढ्दै गएको छ । हामीले गीतमार्फत एउटै कथाको भिन्न संस्करण फेला पारेका छौं । हरिवंशले यो समस्या समाधान नभएसम्म यस विषयमा जनचेतनामूलक गीत गाइरहने बताउँछन् । ‘सृष्टिकर्ताका अनुसार मलाई यस्तै विषयमा निरन्तर गीत गाउन मन लाग्छ । देशलाई नियतिले बाँध्दै हुनुहुन्छ,’ आचार्यले भने । सहस शाक्यको एरेन्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्स रहेको छ भने मा हरिवंशसँगै प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायत कलाकारको प्रस्तुति रहेको छ । गम्भिर विष्टको कन्सेप्ट र निर्देशनमा बनेको यो गीतमा गाउँका युवतीलाई कसरी प्रलोभनमा पारेर विदेश पठाइन्छ भन्ने कथालाई भिडियोमा देख्न सकिन्छ । पवन सुस्लिङ्ले खिचेको यो गीतको भिडियो सम्पादन प्रविण भट्टले गरेका हुन् ।

0

काठमाडौंः हास्यकलाकार हरिवंश आचार्यले छोरीको विवाहसँग जोडिएको नयाँ गीत सार्वजनिक गरेका छन् । यसअघि आचार्यले छोरी जन्माएको विषयमा ‘कर्कलो कोक्यौला’ र ‘कौली’ गीत गाएर आएका थिए, अहिले उनी ‘हिड माया हिड’ बोलको गीत ल्याएका छन् ।

माइती नेपालले प्रस्तुत गरेको यस गीतमा हरिवंशको शब्द तथा संगीत रहेको छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् ।

‘छोरी बालिका वेश्यावृत्तिबारे जनचेतनामूलक गीत हुनुपर्छ’, हरिवंशले भने, ‘बालिका वेश्यावृत्तिको समस्या हाम्रो देशको नियति जस्तै बनेको छ । पहिले भारतमा चलिबेट बेच्ने गर्दथ्यो तर अहिले अफ्रिका र खाडी देश लगायत अन्य देशमा बिक्री हुने गरेको छ । मसाज सेन्टर वा डान्सबारमा कामका रूपमा आउने मानिसको समस्या त्यहाँ वेश्यावृत्ति, यातना आदि बढ्दै गएको छ । हामीले गीतमार्फत एउटै कथाको भिन्न संस्करण फेला पारेका छौं ।

हरिवंशले यो समस्या समाधान नभएसम्म यस विषयमा जनचेतनामूलक गीत गाइरहने बताउँछन् । ‘सृष्टिकर्ताका अनुसार मलाई यस्तै विषयमा निरन्तर गीत गाउन मन लाग्छ । देशलाई नियतिले बाँध्दै हुनुहुन्छ,’ आचार्यले भने ।

सहस शाक्यको एरेन्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्स रहेको छ भने मा हरिवंशसँगै प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायत कलाकारको प्रस्तुति रहेको छ । गम्भिर विष्टको कन्सेप्ट र निर्देशनमा बनेको यो गीतमा गाउँका युवतीलाई कसरी प्रलोभनमा पारेर विदेश पठाइन्छ भन्ने कथालाई भिडियोमा देख्न सकिन्छ । पवन सुस्लिङ्ले खिचेको यो गीतको भिडियो सम्पादन प्रविण भट्टले गरेका हुन् ।

कांग्रेस केन्द्रीय समिति बैठक

0

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बसेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ ।

यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयहरुः

(१) संवत् २०८० साल माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम नेपाली कांग्रेस राजनीतिक दललाई निर्वाचन आयोगमा दर्ता गर्ने ।
(२) सो निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने ।
(३) सो निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा नेपाली कांग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने ।
(४) राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने ।
(५) पौष १६ गतेदेखि माघ १६ गतेसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान संचालन गर्ने । सो अभियानका लागि केन्द्रीय कार्यसमितिको तर्फबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने ।
(६) नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको साउन २ देखि १० गतेसम्म बसेको बैठकले परिमार्जन सहित पारित गरेको पार्टीको वार्षिक कार्यतालिका कार्यान्वयन प्रारम्भ भइसकेको विदित नै छ । यसै बीचमा गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा गएको भूकम्पका कारण पार्टीले आफ्ना नियमित कार्यतालिकाका कार्यक्रम स्थगित गरी भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गरेको र पार्टीका सबै तहका सम्मेलनहरू सम्पन्न गर्नेतर्फ ध्यान दिँदा कार्यतालिकाका कार्तिक र मंसिर महिनाका कार्यक्रमहरू प्रभावित हुन पुगे । यसै क्रममा महासमितिको बैठकको मिति र तयारीका कारण पनि कार्यतालिकामा परिमार्जन गर्नुपर्ने भएकोले भूकम्प र पार्टीका तहगत सम्मेलनहरूका कारण स्थगित भएका कार्यक्रमहरू समेत समाहित गरी पार्टी कार्यतालिका (क्यालेण्डर) परिमार्जन गरी केन्द्रीय कार्यालयले लागु गर्ने ।
(७) नेपाली कांग्रेसको नियमावलीको नियम ५(२)(क) अनुसूची ७ मा निर्दिष्ट गरिएको क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल र स्पष्ट बनाउन क्रियाशील सदस्यता प्रमाणपत्र परिमार्जित गर्ने ।
(८) जाजरकोट–रूकुम पश्चिममा भूकम्प प्रभावित जनताका लागि अस्थायी आवास निर्माण कार्यमा पार्टीका तर्फबाट विभिन्न चरणमा विभिन्न तहबाट खटिई अभियानमा समन्वय र सहजिकरण गर्नु भएका केन्द्रीय समितिका साथीहरू, स्थानीय संयोजन गर्ने प्रभावित क्षेत्रका पार्टीका साथीहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका साथीहरू र अन्य सहयोगी तथा स्वयंसेवी साथीहरूलाई उहाँहरूको योगदानको प्रशंशा गर्दै नेपाली कांग्रेस धन्यावाद ज्ञापन गर्दै यस अभियानमा हाल प्रभावित क्षेत्रमा निरन्तर खटिइरहनु भएका साथीहरूलाई पार्टीको तर्फबाट आवश्यक समन्वय गर्ने । साथै सरकारका तर्फबाट अस्थायी आवास निर्माणका लागि उपलब्ध गराएको रकम यथाशीघ्र भूकम्प प्रभावित परिवारलाई वितरण गर्न गराउन नेपाल सरकारको पुनः ध्यानाकर्षण गराउने ।
(९) नेपाली कांग्रेस महासमितिको बैठकको मिति परिमार्जन गरी २०८० फागुन ७—१० गते, ललितपुरमा गर्ने ।
(१०) बाराको सिम्रौनगढ नगरपालिकाका ३२ वटा सामुदायिक तथा धार्मिक विद्यालयका १९० जना शिक्षकहरुले ६ महिनादेखि पारिश्रमिक नपाएको विषयलाई लिएर सिम्रौनगढ नगरपालिकाको मुख्य द्वारमा विगत दुई महिनादेखि धर्ना बसेका शिक्षकहरुमाथि यही मंसिर २७ गते सुरक्षाकर्मीले हस्तक्षेप गर्नुका साथै गोली चलाउँदा सिम्रौनगढ नगरपालिका वडा नं. १ नन्सगरा ढाट बस्ने लक्ष्मी मुखिया विनको घटनास्थलमै मृत्यु भएको छ भने वडा नं. ४ का आविद अन्सारी, राजेश सहनी र राम निवास राम गंभीर घाइते भएका छन् । शान्तिपूर्ण रुपमा धर्नामा बसेका शिक्षकहरुमाथि सुरक्षाकर्मीबाट भएको निर्मम दमनको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।
उक्त घटनाको यथार्थ छानविन गरी दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न, मृतकको परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस, सरकारसंग माग गर्दछ ।
(११) केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते दिनको १ः०० बजे केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ ।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...