दैलेखमा हायस गाडी दुर्घटना

दैलेख । दैलेखमा हायस गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चामुण्डाबिन्द्रसैनी नगरपालिका– १ का २२ वर्षीय प्रकाश बुढा छन् ।

दैलेख प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डाबिन्द्रासैनीको चाल्ने चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख० ९०६ नम्बरको हायस (एसएमएल) गाडी सोमबार राति ९ बजेतिर दुर्घटना भएको हो । २३ जना यात्रु रहेको उक्त गाडीका बाँकी यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY