Page 13

गौतमवुद्ध विमानस्थलमा फ्लाइ दुबइको जहाज अवतरण

काठमाडौं । भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दोस्रो विमान पनि अवतरण गरेको छ ।
शनिबार दिउँसो जजिरा एयरको विमान अवतरण गरेको भैरहवामा दिउँसो फ्लाइ दुबइको जहाज अवतरण भएको हो ।
दुबईबाट आएको यो जहाज दिउँसो साढे २ बजे भैरहवामा अवतरण गरेको थियो । यस उडानबाट आएका १० यात्रु भैरहवामा ओर्लिएका छन् । बाँकी १४९ जना यात्रु लिएर यो जहाज अब काठमाडौं आउनेछ ।
भैरहवाबाट शनिबार राति नै नेपाल वायु सेवा निगमले पनि उडान गर्दैछ ।
गौतमवुद्ध विमानस्थलबाट यो हप्ता आइतबार, बुधबार, शुक्रबार र शनिबार २, २ र सोमबार, मंगलबार र बिहीबार ३, ३ उडान हुने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जनाएका छन ।

कोशीका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन

काठमाडौँ । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बन भएका छन् । शनिवार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई निलम्बन गरेको हो ।
एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति जारी गरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् । अध्यक्ष खतिवडाले अधिकारीमाथि लागेको आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमाले अविचलित रूपमा कानुनी शासनका पक्षमा उभिँदै आएको जिम्मेवार पाटी भएको नाताले उहाँले गर्नुभएको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै माननीय श्री लिलाबल्लभ अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरूपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा नरहने गरी उहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा (एमाले) को सङ्गठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ ।’
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो । सो आरोप लागे लगत्तै उनले मन्त्री पद र पार्टी संसदीय दलको तर्फबाट राजीनामा समेत दिइसकेका छन् ।

रास्वपाले शनिबार बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
केन्द्रीय समितिको बैठक कात्तिक २४ गते शनिबारको दिन बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो ।
बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।
यसैगरी आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटी पनि बैठकको एजेण्डामा राखिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

माओवादी केन्द्रले आईतवार बोलायो पदाधिकारी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको सचिव दिननाथ शर्माले जानकारी दिए ।
बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने जनाईएको छ । साथै बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुनेछ ।
आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुन गइरहेको छ । राजनीतिक दलका गतिविधि उपनिर्वाचन लक्षित हुन थालेका छन् ।

प्रधानमन्त्री चीन भ्रमणमा जाने पक्का, थालियो तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् ।
चीन सरकारको निमन्त्रणमा प्रधानमन्त्री ओली भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री डिसेम्बरमा चीन जानेछन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणको तयारी थालिसकेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणाले गर्ने तय भएको हो

छठपछि कांग्रेसको १०० दिने अभियान फेरि सुरु हुने

काठमाण्डौं । पार्टीलाई थप सक्रिय बनाउने उद्देश्यका साथ नेपाली कांग्रेसले सुरु गरेको १०० दिने अभियान फेरि सुरु हुने भएको छ ।
बाढीपहिरोको विपद्पछि असोज १३ गतेदेखि रोकिएको सय दिने अभियान छठपछि पुनः गर्न लागेको कांग्रेसले जानकारी दिएको छ । असोज १२ र १३ गते आएको बाढीपहिरोका कारण कार्यसम्पादन समितिले अभियान स्थगित गरेको थियो । बाढीपहिरोले वितण्डा मच्चाएपछि कांग्रेसले अभियान स्थगित गरेर राहत र उद्धारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएको थियो ।
स्थगित अभियान छठ लगत्तै सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बाढीपहिरोका कारण रोकिएको अभियान चाडपर्व सकिएपछि फेरि सुरु हुनेछ ।
बाढीपहिरोका कारण उपत्यकासहित केही जिल्लामा अभियान रोकिए पनि हिमाली जिल्लामा अभियान जारी छ ।
अभियानबाट पार्टीको संगठन चलायमान हुने विश्वास कांग्रेसको छ । पार्टीले अघि सारेको नीति, एमालेसँगको सहकार्य, सहकारी प्रकरणलगायतको विषय जनतामाझ लैजान कांग्रेसले अभियान चलाएको हो ।
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन केन्द्रित गरेर चुनाव हुने क्षेत्रमा अभियानमा खटिएका प्रतिनिधिले काम गर्ने मुख्यसचिव पौडेलले जनाए ।

प्रधानमन्त्रीलाई भाइरल ज्वरो, केही दिन आराम गर्न चिकित्सकको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको छ ।
ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले भाइरल ज्वरो भएको पुष्टि गरिन् । ‘घाँटीमा संक्रमण पनि भएको छ । पछिल्लो समय मौसम परिवर्तन हुँदा भाइरल ज्वरो संक्रमण भएको छ,’ डा. सिंहले भनिन्, ‘अहिले उहाँको स्वास्थ्य अवस्था सुधार हुँदै छ । केही दिन आराम गर्न सुझाव दिएका छौं ।’
मंगलबार डेंगुको आंशकामा रगत परीक्षण गरिएको थियो । तर, उक्त रिर्पोट नेगेटिभ आएको डा. शाहले जनाईन । तर, अन्य कुनै पनि स्वास्थ्य समस्या नभएको डा. शाहको भनाइ छ ।
प्रधानमन्त्रीले ओलीले दोस्रो मिर्गौला प्रत्यारोपण गरेको चार वर्ष बितेको छ । तर, कतिपयले मिर्गौलाले काम गर्न छोडेको आंशका व्यक्त गरेका छन् ।
‘उहाँको मिर्गौलाले एकदमै राम्रो काम गरेको छ । त्यसपछि उहाँको स्वास्थ्य एकदमै राम्रो छ । ब्लड, प्रेसरको औषधि समेत खानुपरेको छैन,’ शाहले भनिन् ।
अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

एमाले सचिवालय बैठक कात्तिक २४ गते बस्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार कात्तिक २४ गते शनिवार बस्नेगरी सचिवालय बैठक बोलाइएको हो ।
‘कात्तिक २४ गते सचिवालय बैठक बोलाइएको छ । बैठकले उपनिर्वाचन तयारीको विश्लेषणसहित मातहतका पार्टी कमिटीहरूलाई आवश्यक निर्देशन दिन्छ’,गौतमले भने । एमालेले कात्तिक २२ भित्र उपनिर्वाचन हुने स्थानमा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिइसकेको छ ।
मेयर, उपमेयर, अध्यक्ष उपाध्यक्ष र महानगरको वडाध्यक्षका उम्मेदवार प्रदेश र नगरपालिका र गाउँपालिकाका वडाध्यक्षका उम्मेदवार जिल्ला कमिटीलाई छनोट गर्ने अख्तियारी दिएको छ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

 

चीनले पठायो प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो

काठमाडौं । चीन सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्तो पठाएको छ ।
प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई पत्र पठाउँदै डिसेम्बर २ देखि ६ सम्मको भ्रमण निम्तो दिएका हुन् ।
प्रधानमन्त्री चीन जाने नजाने भन्ने विषय भने टुंगो लागि सकेको छैन ।

 

म्याद थपका लागि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ ।
कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेमाथि अनुसन्धानका लागि यसअघि दुई पटक म्याद थप भइसकेको छ । पहिलो पटक ६ दिन र दोस्रो पटक सात दिन गरी १३ दिन म्याद थपिएर अनुसन्धान जारी छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...