काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको सचिव दिननाथ शर्माले जानकारी दिए ।
बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने जनाईएको छ । साथै बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुनेछ ।
आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुन गइरहेको छ । राजनीतिक दलका गतिविधि उपनिर्वाचन लक्षित हुन थालेका छन् ।