Page 6

शेयर बजारमा ३१.३१ अंकको गिरावट, ८ अर्बको कारोबार

काठमाडौं । शेयर बजारमा हिजो केही सुधार देखिए पनि आज साताको अन्तिम दिन फेरि उच्च अंकले गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.३१ अंकले घटेको छ । १.१५ प्रतिशतले बजार घट्दा नेप्से २६८०.४४ अंकमा झरेको छ ।
बजार उच्च अंकले घटेसँगै सबै समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी फाइनान्स समूह २.८६ प्रतिशत घटेको छ ।
आज ३१४ कम्पनीका १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार ८ सय ८६.८३ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । सामुदायिक लघुवित्त र थ्रीस्टार हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशत नाफा कमाएका हुन् ।
त्यस्तै एउटा कम्पनीमा नेगेटिभ सर्किट लाग्यो । जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका हुन् ।
आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड २४ लाख १० हजार ९ सय ६०.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ४.९८ प्रतिशतले बजार बढ्दा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९ सय ४.६१ रुपियाँ, मंगलबार ५१.११ अंकले बजार घट्दा १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५ सय २१.९० रुपियाँ र हिजो बुधबार ९.०९ प्रतिशतले बजार बढ्दा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार ९ सय ४६.३९ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।

आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डौं । आज (बिहीबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।
बैठकले सरकारका कारबाहीका विषयमा विभिन्न निर्णय गर्ने जनाईएको छ।

यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आजदेखि ललितपुरमा फिल्म साउथ एसिया महोत्सव

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथो संस्करण आजदेखि ललितपुरमा सुरु हुँदैछ ।
ललितपुरको यलमाया केन्द्रमा हुने चारदिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछन् । महोत्सवमा नेपाल सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का लगायत नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् ।
महोत्सवका सहायक निर्देशक पवस मानन्धरका अनुसार यस वर्षको महोत्सवको थिम ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ छ ।
यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको छ । उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डका लागि प्रतिस्पर्धा हुनेछ ।
बिहान ९ बजेदेखि महोत्सव सुरु हुनेछ । निर्देशनसम्बन्धी कार्यशाला पनि हुनेछ । वृत्तचित्र हेर्न र सिर्जना गर्न चाहनेका लागि यो महोत्सव फलदायी हुने विश्वास छ ।
कार्यशालामा भारतका निर्देशक कवीर खानको उपस्थिति समेत रहने जनाईएको छ । महोत्सवमा पहिलो दिन तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गर्ने तयारी छ ।

उपनिर्वाचन ः ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३ सय ७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूची अनुसार ३ सय ७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो
जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्षको रिक्त ४४ पदका लागि उपनिर्वाचन हुन लागेको हो । त्यसक्रममा मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गराउने क्रममा ४ सय १० जनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमा राजनीतिक दलबाट २ सय ८९ र स्वतन्त्रबाट १ सय २१ जना गरेर ४ सय १० जनाको उम्मेदवारी दर्ता भएको थियो ।
३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३ सय ७६ जनाबीच प्रतिस्पर्धा हुन लागेको आयोगले जानकारी दिएको छ ।
त्यसैगरी, उपनिर्वाचनमा ३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगका अनुसार २ जिल्ला समन्वय समिति र एउटा वडा अध्यक्षसहित ३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
जिल्ला समन्वय समिति ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी ९भुल० निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मदेवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । आयोगका अनुसार निर्विरोध निर्वाचित भएका ३ स्थानबाहेक ४१ स्थानमा विभिन्न पदमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरेर ३ सय ७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिन्ह पनि प्रदान गरेको छ ।
स्थानीय तहको उपनिर्वाचनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाली कांग्रेस (बीपी), नेपाली जनता दल र आम जनता पार्टीसहित ५ वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता गरेनन् ।
निर्वाचन कार्यक्रमअनुसार आज मंसिर ६ अर्थात् बिहीबारदेखि मंसिर १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् । मंसिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ ।
निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता मंसिर २ गतेदेखि जारी भइसकेकाले आचारसंहितको अक्षरशः पालना गरी निर्वाचन प्रचारप्रसारको कार्य गर्न गराउन सम्बन्धित सबै राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन सरोकारवालालाई आयोगले अनुरोध गरेको छ । साथै, आयोगले मंसिर १६ गते सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मतधिकार प्रयोग गर्न पनि सबैलाई आग्रह गरेको छ ।
यसैबीच, स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका मेयरका लागि २० जनाबीच नै प्रतिस्पर्धा हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार प्रकाशित गरेको नगरपालिकाको मेयरका प्रत्यासीहरूको अन्तिम नामावली सूचीअनुसार २० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।

 

बालकुमारीमा आगलागी हुँदा फार्मेसी, जुम्बा डान्स सेन्टर र पसल नष्ट

काठमाडौं । ललितपुरको बालकुमारीस्थित एक घरमा आगलागी हुँदा फार्मेसी, जुम्बा डान्स सेन्टर र पसलहरुमा क्षति पुगेको छ ।
स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर गएराति आगलागी भएको थियो । आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट श्रेष्ठको घरसँगैको एउटा पान पसल र मःम पसल पनि जलेर नष्ट भएको छ । सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने यकिन नभएको प्रहरीले जनाएको छ ।
पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो । आगो निभाउन काठमाडौंका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी टोली परिचालन गरिएको थियो ।

सहकारी पीडित र प्रहरीबीच माइतीघरमा झडप, तीन जना घाइते

काठमाडौं । सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ। पीडितहरु वानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। प्रहरीको बलप्रयोगमा तीनजना घाइते भएका छन्। एकजनाको टाउको फुटेको छ।
निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले बल प्रयोग गरेको हो। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को अगुवाइमा उनीहरुले आज विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन्।
गठ्ठाघर चोक, चावाहिल चोक, पुल्चोक ललितपुर, कालिमाटी र सोहखुट्टे चोकबाट सहकारी पीडितहरुले प्रदर्शन गरेर माइतीघरमा भेला भएका थिए।
माइतीघरमा भेला भएका पीडितहरुले आफनो रकम डुबेको सरकारीविरुद्ध ब्यानर , प्लेकार्ड बोकेका थिए।
उनीहरुले सहकारीको पैसा फिर्ता र मंहगी अन्यतको माग गरेका छन्।

प्रसाईंलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन थुनामा राख्न काठमाण्डु जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले अनुमती दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अधिकारीको इजलासले अनुमति दिएको हो ।
सीआईबीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित घरबाट पक्राउ गरेर थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि अपराह्न आफू मातहतको साइबर ब्यूरोमा पठाएको थियो ।
प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै प्रसाईंलाई पक्राउ गरेको थियो ।
प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको केही कागजातहरु देखाउँदै कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।
सामाजिक सञ्जालमा त्यो अभिव्यक्ति भाइरल भएपछि प्रहरीले थालेको अनुसन्धानमा प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको खुलेपछि पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी दिपक थापाले जानकारी दिए ।

अल–इलेक्ट्रिक प्रिमियम इभि जिकर एक्स

काठमाडौँ । जिकर एक्स प्रिमियम कम्प्याक्ट एसयुभि आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको जनाइएको छ । सबै ड्राइभिङ तथा सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्ने जिकर एक्स, नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्नेका लागि उत्कृष्ट एसयुभि रहेको कम्पनीले जनाएको छ ।
सरल आधुनिक डिजाइनमा आकर्षक डिजाइज डिटेलसहित यो गाडीको बोल्ड र ‘एक्स्ट्रोभर्ट फर्म’ पनि निकै आकर्षक देखिने जनाइएको छ । गाडीको डिजाइन ‘गोल्डेन रेसियो’ मा आधारित रहेकाले विभिन्न चित्रकला, वास्तुकला, तथा प्रोडक्ट डिजाइनहरूमा प्रयोग हुने कम्पनीको भनाइ छ ।
२७५० मिलिमिटरको ह्विलबेसमा ४४३२ मिलिमिटर लामो र १५६६ मिलिमिटर अग्लो उभिएको जिकर एक्स व्यस्त सहरी सडकका लागि उत्कृष्ट आकार वा साइजको रहेको पनि जनाइएको छ ।
गाडीको ढोकाहरू ‘फ्रेमलेस’ डिजाइन प्रयोग भएकोले सरल, आकर्षक र आधुनिक रहेको कम्पनीको भनाइ छ । त्यसैगरी, यसको ‘विन्डो सिलिङ स्ट्रिप्स’ पनि आधुनिकता र सरलतालाई निरन्तरता दिँदै डिजाइन गरिएको कारण झ्यालको ‘सिट मेटल’को भाग र ‘ग्लास’ को भाग नछुट्टिकन एकरूपताका साथ जोडिएको जनाइएको छ ।
जिकर एक्समा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टेलिजेन्ट कपपिट’ को पनि सुविधा रहेको जनाईएको छ । यसमा १४.६ इन्चको एचडि टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको एचडि इन्स्ट्रुमेन्ट प्यानलसहित २४.३ इन्चको ‘अगमेन्टेड रियालिटि हेड–हप डिस्प्ले’ समावेश रहेको छ । अगमेन्टेड रियालिटि हेड–अप डिस्प्लेमार्फत गाडीको विन्डस्क्रिन (अगाडिको सिसा) मा नै ग्राफिक्स प्रोजेक्ट हुने जनाइएको छ । यसबाट सुरक्षित ड्राइभिङका लागि गाडीको गति लगायत विभिन्न सूचना, ‘एडास सिस्टम वार्निङ’ तथा अन्य नेभिगेसन निर्देशनहरू सजिलै अगाडिको अबजेक्ट भ्युमा नै ड्राइभरले देख्न सक्ने गरी प्रोजेक्टेड रहको पनि जनाइएको छ ।
पायोनियर मोटो कर्प, देशभरि रहेका ईभि पारखी, गाडी चालक तथा खरिदकर्ता र आदरणीय ग्राहकलाई जिकर एक्सको आधुनिक डिजाइन, इन्टेलिजेन्ट प्रविधि र व्यावहारिक उपयोगिताको एकसाथ प्रयोग भएको एक परिष्कृत ‘अल इलेक्ट्रिक अर्बान एसयुभि – जिकर एक्स’को अनुभव गर्न अनुरोध गरिएको छ ।

नेशनल लाईफले गर्यो ‘मिट द सीईओ’ कार्यक्रम

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कारसहितको डिनर कार्यक्रम (मिट द सिइओ) सम्पन्न गरेकोछ ।
कोशी प्रदेशबााट योग्य भएका करिब ५५ जना अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृत शु्रेशविक्रम खत्रीले लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए । साथै स्कीममा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।
सीईओ खत्रीले यस कार्यक्रममा छनौट हुने सम्पुर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनौट हुने अभिकर्ताहरुलाई सम्मान गरेका हुन् ।साथै यो कार्यक्रम मधेश प्रदेश र गण्डकी प्रदेशमा सम्पन्न भई सकेको र छिट्टै नै अन्य प्रदेशहरुमा पनि गरिने जानकारी गराए ।
अभिकर्ताहरुको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभर बाट ३०० भन्दा बढि अभिकर्ताहरु छनौट भएकोमा कोशी प्रदेशबाट मात्रै ५५ जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पुर्ण अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरे ।
कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए ।
यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...