शेयर बजारमा ३१.३१ अंकको गिरावट, ८ अर्बको कारोबार

काठमाडौं । शेयर बजारमा हिजो केही सुधार देखिए पनि आज साताको अन्तिम दिन फेरि उच्च अंकले गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.३१ अंकले घटेको छ । १.१५ प्रतिशतले बजार घट्दा नेप्से २६८०.४४ अंकमा झरेको छ ।
बजार उच्च अंकले घटेसँगै सबै समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी फाइनान्स समूह २.८६ प्रतिशत घटेको छ ।
आज ३१४ कम्पनीका १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार ८ सय ८६.८३ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । सामुदायिक लघुवित्त र थ्रीस्टार हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशत नाफा कमाएका हुन् ।
त्यस्तै एउटा कम्पनीमा नेगेटिभ सर्किट लाग्यो । जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका हुन् ।
आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड २४ लाख १० हजार ९ सय ६०.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ४.९८ प्रतिशतले बजार बढ्दा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९ सय ४.६१ रुपियाँ, मंगलबार ५१.११ अंकले बजार घट्दा १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५ सय २१.९० रुपियाँ र हिजो बुधबार ९.०९ प्रतिशतले बजार बढ्दा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार ९ सय ४६.३९ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।

LEAVE A REPLY