काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड(नेपाल पे) बीच भएको सम्झौता अनुसार विश्वका करिब ४८ देशहरुँंग आबद्धता रहेको अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने भएको छ ।
सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण गर्नेछ । यसबाट नेपाल पे क्युआर लिएका यस बैंकका मर्चेन्टहरुले अब आफ्नो व्यापारलाई अझ बृद्धि गर्न सक्ने भएका छन् ।
नेपाल पे क्युआर हाल सम्म नलिएका ग्राहकहरुले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी यस्तो सुबिधा प्राप्त गर्न सक्नेछन । खासगरी चीन, थाईल्याण्ड, हङकङ, मलेसिया, ईन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन तथा ईटली लगायत अलिपे प्लस नेटवर्कमा आवद्ध देशहरुबाट आएका पर्यटकहरुले आफ्नो देशको विभिन्न वालेट मार्फत रकम भुक्तानी गर्न सक्नेछन् ।
यस्तो कारोवारबाट विदेशीले नेपालमा सहजै रकम भुक्तानी गर्न सक्ने हुँदा डिजिटल कारोवारमा बृद्धि भई अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ ।
७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरुले ‘नेपाल पे’मार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने
कीर्तिपुरमा मंगलबार सार्वजनिक बिदा
काठमाडौं । कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ ।
मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ । त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाको आइतबार बसेको २३ गतेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए ।
आज पनि प्रधानमन्त्री ओली झापामा नै रहने
झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज पनि गृह जिल्ला झापामा नै रहने भएका छन् ।
प्रधानमन्त्री ओलीले हिजो झापास्थित मानव सेवा आश्रमको शिलान्यास र दमक बिजनेश टावरको उद्घाटन गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक उनी झापा पुगेका हुन् ।
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आज पार्टीका स्थानीय नेता भेटघाटदेखि अन्य कार्यक्रममा सहभागी हुनेछन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने छ । बैठकमा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधनपछि रिक्त सदस्यमा पदपूर्तिका विषयमा पनि छलफल हुने जनाईएको छ । साथै, बैठकमा भर्खरै भएको स्थानीय तह उपनिर्वाचनको परिणाम र सांगठनिक रूपान्तरणका सन्दर्भमा समीक्षा हुने जनाईएको छ ।
‘चलचित्र द्रौपदी’ चैत ८ गतेदेख रिलिज हुने
काठमाडौँ । ऋषिराज आचार्य निर्देशित चलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुने भएको छ । निर्माता समेत रहेका आचार्यले चलचित्र चैतमा प्रदर्शन हुन लागेको जानकरी दिए । उनले वितरकसँग छलफलबाट प्रदर्शन मिति टुंगो लागेको जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि सामाजिक कथामा निर्माण भएको फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको अभिनय छ ।
आरबी मूभिजको ब्यानरमा निर्मित फिल्ममा रवि ओडको संगीत, मोहनकुमार झिल्लुको छायांकन छ । आचार्य र प्रकाश ज्ञवाली निर्माता रहेको चलचित्रमा विष्णु ठडराई र ऋतु आचार्य सहनिर्माता छन् । पटकथा, संवाद र गीत निर्देशन आचार्यकै छ । आचार्यले यसअघि मिस्टेक, सपना तिम्रो मेरो, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, ड्रीम गर्ल र चुरीफुरी निर्देशन गरेका छन् ।
कर्णाली प्रदेशको हिमाली क्षेत्रमा छायांकन गरिएको चलचित्रको शीर्षक ‘महाभारत’को पात्र द्रौपदीसँग मिले पनि कथावस्तुबारे खुलाइएको छैन ।
फागुन २४ देखि कर्णाली चलचित्र महोत्सव हुने
काठमाडौं । घरेलु चलचित्रको प्रबर्दन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को दोस्रो संस्करण आयोजना हुने भएको छ । फागुन २४ गतेदेखि महोत्सव आयोजना हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
‘घुमौं कर्णाली, हेरौं कर्णाली’ नारासहित रेड चेरी मिडियाले महोत्सव गर्न लागिएको हो । महोत्सवले प्रदेशको ऐतिहासिक र सांस्कृतिक महत्वपूर्णलाई देश र विदेशमा फैलाउने उद्देश्य लिइएको महोत्सव निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए ।
यसवर्ष महोत्सवले जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकतामा राख्दै ‘रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट’ समेत आयोजना गर्ने भएको छ । महोत्सवको क्रममा चलचित्र स्क्रिनिङ, कार्यशाला, छलफल सत्र र पुरस्कार वितरणजस्ता गतिविधि आयोजना हुने भएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई चलचित्र पर्यटन प्रबर्दनको महत्वपूर्ण माध्यमका रूपमा वर्णन गर्दै यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गर्ने अपेक्षा राखे ।
सो अवसरमा अभिनेता प्रदीप खड्का र अभिनेत्री सुरक्षा पन्त प्रबद्र्वन दूत घोषित भएका छन् । महोत्सवले चलचित्रलाई पर्यटन प्रबर्दनको शक्तिशाली माध्यमका रूपमा स्थापित गर्ने विश्वास अभिनेता खड्काले व्यक्त गरे । आफू अभिनित फिल्म ‘प्रेमगीत २’ को छायांकन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णालीको पर्यटनमा फिल्मले प्रभाव पारेको जनाए ।
अभिनेत्री पन्तले कर्णालीसँगको आफ्नो सम्बन्धलाई ‘बुलाकी’मार्फत अनुभव गरेको जानकारी दिईन । कर्णालीको जीवनका अन्य कथामा अभिनय गर्न चाहेको जनाउँदै उनले महोत्सवको सुरुवातले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कर्णालीलाई चिनाउने प्रयासलाई बलियो बनाउने धारणा राखिन् ।
महोत्सवको उदघाटन प्रदेश राजधानी सुर्खेतमा फागुन २४ गते हुनेछ । चैत १६ गते काठमाडौंस्थित पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ । चैत ३० गते मुगुको रारा ताल प्राङ्गणमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना हुनेछ ।
महोत्सव आयोजनामा चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड र उद्योग वाणिज्य महासंघले समेत सहकार्य गरेका छन् । पर्यटन बोर्डका सिनियर म्यानेजर रोहिणीप्रसाद खनालले राज्यले चलचित्र पर्यटन प्रबर्दनको लागि आवश्यक नीतिगत व्यवस्था गरिरहेको जानकारी दिए ।
उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रले चलचित्र र पर्यटनलाई सधैँ सघाउँदै आएको जनाईन । अभिनेता शिव श्रेष्ठले सबैले टाढा सम्झिएको कर्णालीलाई महोत्सवले नजिक बनाएको जनाए ।
चीन भ्रमण उपलब्धिमूलक भयो, अब भारत जाने प्रधानमन्त्रीको घोषणा
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको चीन भ्रमण उपलब्धिमूलक भएको जनाउँदै अब भारत भ्रमणमा जाने घोषणा गरेका छन् ।
गृहजिल्ला झापाको दमकमा निर्मित व्यापारिक कम्प्लेक्सलाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगी जस्तो नभएको टिप्पणी गरेका छन् ।
आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने जानकारी दिए । उनले भने, ‘देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन । हामीले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न दिँदैनौं ।’
कोशीका पूर्वमन्त्री विरुद्धको रिट सर्वोच्चबाट अस्वीकृत
काठमाण्डौं । कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले अस्वीकृत गरेको छ ।
न्यायाधीश कुमार चुडालको एकल इजलासले अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको रिट निवेदन अस्वीकृत गर्दै सरकारलाई कानूनबमोजिम गर्नु भन्ने आदेश दिएको छ ।
सरकारी वकिल कार्यालयले कानूनबमोजिम पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । मानव तस्करी आरोपमा पूर्वमन्त्री अधिकारीमाथि मुद्दा चलाउनु नपर्ने सरकारी वकिलले ठहर गरेपछि त्यसविरुद्ध अधिवक्ता त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सुरुमा उनको रिट निवेदन सर्वोच्चका रजिस्टार भद्रकाली पोखरेलले दरपीठ गरिदिए पनि पछि सर्वोच्चको इजलाशले रिट दर्ता गर्न आदेश दिएको थियो ।
सर्वोच्चले रिट जारी नगरेका कारण अब पूर्वमन्त्री अधिकारीविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउने बाटो बन्द भएको छ ।
सिद्धार्थ बैंकको लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई करसहित ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
नेशनल लाईफद्धारा सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरु सम्मानित
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले धनगढीमा सुदूरपश्चिम प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल १६० जना भन्दा बढी अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा सुदूरपश्चिम प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यता वितरण गरिएको थियो भने प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तीय र तृत्तीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यसै गरी यस प्रदेशबाट नेशनल रत्न हुने अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरुप सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएसंगै सीईओ क्लबको सातै प्रदेशको कार्यक्रम सकिएको जनाए । उनले सबै प्रदेशबाट यस कार्यक्रममा सहभागि जनाउने सबै अभिकर्ताहरुलाई धन्यावाद तथा बधाई ज्ञापन गरे ।
अभिकर्ताहरु माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुशरण गरी सीईओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उदेश्य रहेको उनले जानकारी दिए ।
समारोहमा सीईओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरुको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको जनाए ।