काठमाडौँ । ऋषिराज आचार्य निर्देशित चलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुने भएको छ । निर्माता समेत रहेका आचार्यले चलचित्र चैतमा प्रदर्शन हुन लागेको जानकरी दिए । उनले वितरकसँग छलफलबाट प्रदर्शन मिति टुंगो लागेको जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि सामाजिक कथामा निर्माण भएको फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको अभिनय छ ।
आरबी मूभिजको ब्यानरमा निर्मित फिल्ममा रवि ओडको संगीत, मोहनकुमार झिल्लुको छायांकन छ । आचार्य र प्रकाश ज्ञवाली निर्माता रहेको चलचित्रमा विष्णु ठडराई र ऋतु आचार्य सहनिर्माता छन् । पटकथा, संवाद र गीत निर्देशन आचार्यकै छ । आचार्यले यसअघि मिस्टेक, सपना तिम्रो मेरो, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, ड्रीम गर्ल र चुरीफुरी निर्देशन गरेका छन् ।
कर्णाली प्रदेशको हिमाली क्षेत्रमा छायांकन गरिएको चलचित्रको शीर्षक ‘महाभारत’को पात्र द्रौपदीसँग मिले पनि कथावस्तुबारे खुलाइएको छैन ।