Page 17

शेयर बजारमा ४५ अंकको पहिरो, सेयर बजार २६ सय विन्दुमा

काठमाडौं । सेयर बजारको मापक नेप्से सूचक २६ सय ८९ अंकमा झरेको छ । आइतबार सेयर बजार ४५.९३ अंकले घटेको छ । सेयर बजार १.६७ प्रतिशतले घट्दा कुल कारोबार भने ७ अर्ब ४६ करोड रुपैयाँको मात्रै भएको छ ।
आइतबारको सेयर बजारको कारोबार उच्च अंकले घटेको भएपनि २७ कम्पनीको सेयर मूल्य भने बढेको छ । आइतबार खानीखोला हाइड्रोपावर, डोटी पावर कम्पनी, मोलुङ हाइड्रोपावरसहतिका कम्पनीको सेयर मूल्य ९ प्रतिशतसम्मले बढेको छ ।
बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा खानीखोला हाइड्रोपावर रहेको छ । यसको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर ४७१ रुपैयाँ प्रतिकित्ता पुगेको छ ।
आइतबार बजार घटेको कारण मानुषी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जोशी हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले घटेरको छ । यी कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आइतबार नेप्सेमा सूचीकृत कम्पनीमध्ये ३२१ वटा कम्पनीको १ करोड ७३ लाख कित्ता सेयरको ८१ हजार ४०४ पटक कारोबार भएको छ ।

बीआरआई परियोजना कार्यान्वयन हुने प्रधानमन्त्रीको दाबी

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले साझा समृद्धिका लागि बीआरआई परियोजना महत्वपूर्ण रहेको दाबी गरेका छन् । बीआरआई परियोजना नेपालमा कार्यान्वयन पनि हुने उनले दाबी गरेका हुन ।
चीन भ्रमण पूरा गरी स्वदेश फर्किनुभन्दा अघिल्लो दिन चाइना मिडिया ग्रुप (सीएमजी) लाई दिएको अन्तर्वार्तामा ओलीले बीआरआईको उद्देश्य साझा समृद्धिसहित अरू देशहरूको साझा विकास बढाउनु हो भन्दै यो नेपालका लागि पनि निकै महत्वपूर्ण रहेको जनाएका हुन् ।
‘चीनबाट प्रस्तुत यो (बीआरआई) प्रस्ताव निकै राम्रो, निकै महत्वपूर्ण छ । धेरै देशहरू उक्त प्रस्तावको स्वागत गरेका छन् । नेपाल पनि बीआरआईको साझा निर्माणको पक्षधर हो,’ उनले भनेका छन् ।
चाइना मिडिया ग्रुपको नेपाली संस्करणमा शनिबार सार्वजनिक भिडियो अन्तर्वार्तामा ओलीले नेपाल र चीनले बीआरआईको साझा उद्देश्य हासिल गर्ने सहकार्य प्रारूपमा ९, १० वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएका छन् ।
‘डिसेम्बर ३ तारिख राष्ट्राध्यक्ष सी चिनफिङसँग वार्ता गरेर हामीले द्विपक्षीय सम्बन्धबारे वैचारिक आदानप्रदान गरेका थियौं । वार्ता रमाइलो र फलदायी थियो,’ उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको थियो ।
यो सम्झौता धेरै महत्वपूर्ण रहेको जनाउँदै ओलीले भनेका छन्, ‘यो एक छाता जस्तै छ, त्यस अन्तर्गत अरु विभिन्न परियोजनाहरु छन्, ती कार्यान्वयनमा जानेछन् । यो छाता सम्झौताले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत सबै क्षेत्र समेट्ने छ ।’
उनले प्रधानमन्त्रीको हैसियतमा आफूले तेस्रो पटक चीन भ्रमण गरेको यो भ्रमण निकै सफल र फलदायी भएको पनि जनाएका छन् ।

लुम्बिनीले टस जितेर जनकपुरविरुद्ध बलिङ गर्दै

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ रोजेको छ ।
टी. यू क्रिकेट मैदानमा टस जित्दै कप्तान रोहित पौडेलले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएका हुन् । अहिले जनकपुरले ब्याटिङ गर्दैछ ।
जनकपुरको प्लेइङ .११ मा आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, जिम्मी नीशम, शुभ कंसाकार, मोहम्मद मोहसिन, हेमन्त धामी, किशोर महतो, ललित राजवंशी, शेर मल्ल रहेका छन् ।
यस्तै, लुम्बिनी लायन्सको प्लेइङ.११ मा आशुतोष घिरैया, अर्जुन साउद, टम मुर्स, रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, बेन कटिङ, साद विन जफर, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, अभिषेक गौतम रहेका छन् ।
यसअघि भएका तीन, तीन खेलमध्ये लुम्बिनी लायन्सले सबै खेल गुमाएको छ भने जनकपुरले सबैमा जीत हात पारेको छ ।

आज प्रधानमन्त्री ओली झापा जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन् । दमक बिजनेस भवनको उद्घाटनलगायत विभिन्न कार्यक्रममा सहभागी हुन उनी झापा जान लागेका हुन् ।
ओली सोमबार पनि झापामा विभिन्न कार्यक्रममा सहभागी हुने तयारी रहेको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी गत बुधबार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको सोही दिन प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको हो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज अपराह्न डिस्चार्ज भएको जानकारी दिएका हुन् ।
यसैबीच, राष्ट्रपति पौडेलले आफ्नो उपचरमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका अन्य कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभार व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कर्णालीसँग ७ रनले हार्‍यो विराटनगर

काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेह्रऔं खेलमा कर्णाली याक्सले जित निकालेको छ । कर्णालीले विराटनगरलाई ७ रनले हराएको हो ।
टीयु क्रिकेट मैदानमा कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र बनायो ।
विराटनगरका लागि निकोलश किर्तनले सर्वाधिक ४० रन जोडे भने ओपनर लोकेश बमले १९ रन र दिपक बोहोरालो १८ रन बाहेक अरु बयाटरले दोहोरो रन जोड्न सकेनन् ।
कर्णालीका लागि नन्दन यादवले ३, विपिन शर्माले विकेट लिए भने सोमपाल कामी, विलियम बसिस्टो र युनिस ठकुरीले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटीङ गरेको कर्णालीले २० ओभरमा १३३ रन बनाउँदै अल आउट भयो । कर्णालीका लागि सर्वाधिक बसिस्टोले ६६ रन जोडे ।यस्तै ओपनर देव खनालले ५३ रन बनाए । विलियम र देवले १ सय २ रनको साझेदारी बाहेक अरु ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।
विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिए भने बसिर अहमद र क्रिस सोलेले समान २ २ विकेट लिए ।

विवाह पञ्चमी आज धुमधामका साथ मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ ।
त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम–सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेको धार्मिक विश्वास छ । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।
रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यता अनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍याइन्छ ।
त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।
रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।
रङ्गभूमि मैदानमा वर र वधु पक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकअघिदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।
श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।
महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल पाँच दिनसम्म मनाइन्छ ।
यसैगरी, देशभरका राम–सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यता छ ।
भगवान् श्रीरामचन्द्रको जन्मभूमि चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी भएको सार्वजनिक चर्चापछि पुरातत्व विभागले यस क्षेत्रका विज्ञसहित सहभागी गराएर अध्ययन गरिरहेको जनाइएको छ । अध्ययन प्रतिवेदन प्राप्त भएपछि उत्खननलगायत काम अघि बढाइने भएको छ ।

आज भुटानी राजा जिग्मे वाङचुक नेपाल आउँदै

काठमाडौं । भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउने भएका छन् ।
भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक शुक्रबार बिहान ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट उनी काठमाडौं आउने भएका हुन् । १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आउन लागेका भुटानी राजा वाङचुक काठमाडौं आएपछि उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन् ।
भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारीलगायत सदस्य रहेका छन् ।
भुटानका राजा नेपाल आउने भएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ । उनको दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

एनपीएल ः कर्णाली र चितवन तथा लुम्बिनी र पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिगमा आज कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्स खेल्नेछन्।
कर्णाली र चितवनबीचको खेल बिहान ९ बजे र लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ।
पोखरा र कर्णाली दुवै पहिलो जितको खोजीमा हुनेछन्।
चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ।
लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो।

१८ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्रीको उदधोष

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक चार दिने चीन भ्रमणबाट फर्किएपछि आफ्नो कार्यकालबारे अभिव्यक्ति दिएका छन्।
चीन भ्रमणबाट बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले अबको १८ महिना आफू प्रधानमन्त्री पदमा रहने जानकारी दिएका हुन्।
आफ्नो कार्यकाल १८ महिनामा सकिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्को निर्वाचन गराउने जनाए।
कांग्रेस र एमाले गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने उनको दाबी थियो। ‘मेरो पालो अब १८ महिना जति रहेछ, त्यसपछि शेरबहादुर देउवाजीलाई सत्ता हस्तान्तरण गर्ने उदघोष गरे। उहाँले डेढ वर्ष चलाउनु हुन्छ, निर्वाचन गराउनु हुन्छ,ु ओलीले भने, ुहाम्रो चुनावसम्मको एग्रिमेन्ट (सहमति) छ।ु
निर्वाचनमा सबै राजनीतिक दलले बहुमत ल्याउने कोसिस गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। ुचुनावमा हामी हरेकले बहुमत ल्याउने कोसिस गरौँला, आउँछ भन्ने हामीलाई विश्वास छ। विश्वासअनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला, नत्र अरु तरिका होलान्,’ ओलीले भने।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे कुनै कुरा नउठेको पनि जानकारी दिए।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...