१८ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्रीको उदधोष

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक चार दिने चीन भ्रमणबाट फर्किएपछि आफ्नो कार्यकालबारे अभिव्यक्ति दिएका छन्।
चीन भ्रमणबाट बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले अबको १८ महिना आफू प्रधानमन्त्री पदमा रहने जानकारी दिएका हुन्।
आफ्नो कार्यकाल १८ महिनामा सकिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्को निर्वाचन गराउने जनाए।
कांग्रेस र एमाले गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने उनको दाबी थियो। ‘मेरो पालो अब १८ महिना जति रहेछ, त्यसपछि शेरबहादुर देउवाजीलाई सत्ता हस्तान्तरण गर्ने उदघोष गरे। उहाँले डेढ वर्ष चलाउनु हुन्छ, निर्वाचन गराउनु हुन्छ,ु ओलीले भने, ुहाम्रो चुनावसम्मको एग्रिमेन्ट (सहमति) छ।ु
निर्वाचनमा सबै राजनीतिक दलले बहुमत ल्याउने कोसिस गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। ुचुनावमा हामी हरेकले बहुमत ल्याउने कोसिस गरौँला, आउँछ भन्ने हामीलाई विश्वास छ। विश्वासअनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला, नत्र अरु तरिका होलान्,’ ओलीले भने।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे कुनै कुरा नउठेको पनि जानकारी दिए।

LEAVE A REPLY