Page 19

एनपीएल ः टस जितेर बलिङ गर्दै काठमाडौं गोर्खाज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले पहिले बलिङ गर्दै छ ।
कर्णाली याक्सविरुद्ध टस जितेपछि गोर्खाजले बलिङ राजेको हो ।
कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौं गोर्खाजका कप्तानमा करण केसी छन् ।
कर्णाली र काठमाडौं दुवै यो दोस्रो खेल हो, यो भन्दा अगाडिको खेलमा दुवै टिमले जित हासिल गर्न सकेको थिएन ।
कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो ।

 

प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा प्रवचन दिने

काठमाण्डौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गरेका थिए । सोही दिन उनले आफ्ना समकक्षी ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गरे ।
दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएका थिए ।

 

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डौं । साइबर अपराध कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डौंले अनुमति दिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेदेखि छानबिन गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै उनले सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोप छ ।
यसअघि पनि उनी साइबर अपराध मुद्दामा १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए ।

चितवनमा रवि लामिछानेको पहिलो दिनको बयान सकियो

चितवन । सहरा चितवन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि चितवन लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहिलो दिनको बयान सकिएको छ ।
उनको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो । सरकारी वकिल कार्यालयले उनलाई सोध्नका लागि ६५ वटा प्रश्न तयार गरेको छ ।
जसमध्ये आज पहिलो दिन २६ वटाको मात्रै जवाफ लिन भ्याइएको हो । बाँकी बयान भोलि निरन्तर लिइनेछ ।
उनलाई आज बिहान काठमाडौंबाट चितवन लगिएको हो ।

नेपाल लाइफद्वारा समता स्कूललाई रु. १० लाख सहयोग

all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई रु १० लाख रकम प्रदान गरेको छ ।
कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले समता एजुकेसन फाउन्डेसनका अध्यक्ष श्री दिपक सन्जेललाई एक समारोहका बीच रु १० लाख नगदको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा नेपाल लाइफका सञ्चालक अग्रवालले मासिक रु. १०० शुल्क लिएर आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई नर्सरीदेखि स्नाकोत्तर तहसम्म अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको समता एजुकेसन फाउन्डेसनकोे संस्थापक लगायत व्यवस्थापनलाई धन्यवाद दिँदै शिक्षा क्षेत्रको यो अभियान राष्ट्र निर्माणमा एक कोसेढुङ्गा रहन जाने जनाए ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले देशको कर्णधार विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सके राष्ट्रले दक्ष जनशक्ति प्राप्त गर्ने जनाउँदै कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई सहयोग पु¥याउन १० लाख प्रदान गरिएको र आगामी दिनमा पनि शिक्षाको विकास हेतु सहयोग गर्न कम्पनी तयार रहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दीपक सन्जेलले २३ वर्षको इतिहास बोकेको समतामा आजको दिनमा देशको ७७ वटै जिल्लामा करिब ३० हजार विद्यार्थीहरु अध्ययन गर्दै आएको कुरा जानकारी गराए ।
हालसम्म विभिन्न संघसंस्थाको सहयोगबाट विद्यालय चलिरहेको र सहयोगबाट मात्र सञ्चालन दीर्घकालीन नहुने हुँदा अक्षय कोषको निर्माण गर्दै अनवरत रुपले अध्ययन अध्यापनको कार्यलाई निरन्तरता दिने जनाउँदै नेपाल लाइफले प्रदान गरेको रकम अक्षय कोषमा रहने र त्यसको आम्दानीबाट विद्यालयहरू सञ्चालन गरिने जनाए ।

शेयर बजारमा १७.८० अंकको सुधार, साढे ८ अर्बको कारोबार

काठमाडौं । शेयर बजार आज मंगलबार पनि उचालिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.८० अंकले बढेको हो । ०.६४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७७५.८५ अंकमा पुगेको छ ।
समग्रमा बजार उचालिए पनि बैंकिङ, विका बैंक, होटल, लगानी, लघुवित्त र निर्जीवन बीमा कम्पनी राताम्मे भएका छन् बाँकी अरुमा हरियाली छाएको छ ।
आज ३०७ कम्पनीका १ करोड ८१ लख ६० हजार ६ सय ३४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २ सय ९९.६७ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । दिब्यश्वरी हाइड्रो, इङ्वा हाइड्रो, खानीखोला हाइड्रो, जोशी हाइड्रो, सुपर मादी हाइड्रो र एलआईसी नेपालका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९९, ९.९९ र ९.५९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सुपर साङ्गे हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.५१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज ङादी ग्रुप पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २६ करोड ७४ लाख ३७ हजार ७ सय ६४.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ९.९९ प्रतिशतले घट्दा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८ सय ९२.८२ रुपियाँ र हिजो सोमबार बजार १९.९७ अंकले बजार बढ्दा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५ सय ६४.०७ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबीच भेट

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराएका थिए । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराए ।
अहिले दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । त्यसपछि हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मंसिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ आइपुगेका हुन् ।
भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी छन् ।

लामिछानेलाई बयानका लागि चितवन लगियो

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बिहान काठमाडौँबाट चितवन लगिएको छ। पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई काठमाडौंबाट आज बयानका लागि चितवन लगिएको हो ।
चितवनमा पनि रविविरुद्ध उजुरी परेपछि बयानका लागि त्यहाँ लगिएको हो । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको मुद्दामा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन गत बिहीबार काठमाडौँ ल्याइएको थियो।

प्रधानमन्त्रीलाई चिनियाँ वैदेशिक मामिला उपमन्त्री बेइदोङले गरे स्वागत

काठमाण्डौं । चीनको ४ दिने भ्रमणका लागि बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ वैदेशिक मामिला उपमन्त्री बेइदोङले स्वागत गरेका छन् ।
सोमबार बिहान औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली साँझ ६ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।
प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेको हो ।
सोमबार बेइजिङ पुगेका प्रधानमन्त्री ओलीले मंगलबारदेखि द्विपक्षीप भेटवार्ता गर्ने कार्यक्रम छ ।

रवि लामिछानेको बयान सकियो, भोलि पोखरा पठाइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनीसँग बयान लिइएको हो । अब बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरिने छ । उनलाई भोलि पोखरा फिर्ता पठाइने जनाईएको छ ।
पोखरा लगेलगत्तै फेरि उनलाई चितवन लैजाने तयारी रहेको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...