काठमाडौं । शेयर बजार आज मंगलबार पनि उचालिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.८० अंकले बढेको हो । ०.६४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७७५.८५ अंकमा पुगेको छ ।
समग्रमा बजार उचालिए पनि बैंकिङ, विका बैंक, होटल, लगानी, लघुवित्त र निर्जीवन बीमा कम्पनी राताम्मे भएका छन् बाँकी अरुमा हरियाली छाएको छ ।
आज ३०७ कम्पनीका १ करोड ८१ लख ६० हजार ६ सय ३४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २ सय ९९.६७ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । दिब्यश्वरी हाइड्रो, इङ्वा हाइड्रो, खानीखोला हाइड्रो, जोशी हाइड्रो, सुपर मादी हाइड्रो र एलआईसी नेपालका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९९, ९.९९ र ९.५९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सुपर साङ्गे हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.५१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज ङादी ग्रुप पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २६ करोड ७४ लाख ३७ हजार ७ सय ६४.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ९.९९ प्रतिशतले घट्दा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८ सय ९२.८२ रुपियाँ र हिजो सोमबार बजार १९.९७ अंकले बजार बढ्दा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५ सय ६४.०७ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।