Page 20

नागरिक लगानी कोषका शाखा कार्यालयहरूबाट पनि आवास र सरल कर्जा

काठमाडौं । नागरिक लगानी कोषमा आबद्ध हुनेहरुले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् ।
कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने गरी कोषले व्यवस्था गरेको छ ।
कोषका सहभागीलाई काठमाडौंबाहिर पनि यस्तो कर्जा लिन सहज हुने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो । यसअघि सबै शाखा कार्यालयहरूले आवास र सरल कर्जा स्वीकृतिको लागि कर्जाको कागजपत्र केन्द्रीय कार्यालयमा पठाउनु पर्ने व्यवस्था थियो ।
नयाँ व्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नै उपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्ने कोषले अपेक्षा गरेको छ ।
त्यसैगरी कोषले सहभागीहरूलाई बचत रकमको ९० प्रतिशतसम्म ऋण सापटी दिन सकिने व्यवस्था गरेको छ । यसअघि यस्तो सापटीको सीमा सहभागीको नाममा जम्मा रहेको बचत रकमको ८० प्रतिशतसम्म थियो ।

आइएमईका सेवाग्राहीलाई मौलाकाली र लुम्बिनी केबलकारमा विशेष छुट

काठमाडौँ । आइएमईले विदेशबाट पठाएको रकम प्राप्त गर्ने सेवाग्राहीलाई केबलकारको यात्रामा विशेष छुट दिने भएको छ । आइएमईमार्फत कारोवार गरेका सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।
आइएमईमार्फत रकम भुक्तानी प्राप्त गरेको रसिद वा आइएमई पे मार्फत रकम प्राप्त गरेको डिजिटल रिसिप्ट देखाएर सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको छुट प्राप्त गर्न सक्ने छन् । रकम प्राप्त गरेको तिन महिनासम्म सो रसिद देखाएर छुट लिन सकिने छ ।
मौलाकाली केबलकारका सञ्चालक रुद्रराज पौडेलले विदेशमा बसेकाहरूले आफ्नो परिवार तथा प्रियजनहरूलाई मौलाकाली,कामाख्या देवी लगायतका देवस्थलको दर्शन तथा घुमफिरमा समेत प्रोत्साहित गरुन् भन्ने उद्देश्यले छुटको व्यवस्था मिलाइएको जनाए ।
परिवार तथा प्रियजनको खुसीले मेहनत गर्न तथा बढी रकम पठाउन समेत विदेशमा रहेकाहरूलाई प्रोत्साहित गर्ने पनि पौडेलले उल्लेख गरे । नवलपुरको गैडाकोटस्थित मौलाकाली केबलकार र रुपन्देहीको बुटवल र पाल्पाको वसन्तपुर डाँडा जोड्ने गरी सञ्चालनमा रहेको लुम्बिनी केबलकारले मन्दिर दर्शन र अन्य घुमफिर गर्ने सहज व्यवस्था मिलाउँदै आएका छन् ।

 

शेयर बजारमा १९.९७ अंकको सुधार, साढे १० अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकम पनि साढे १० अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.९७ अंकले बढेको हो । ०.७२ प्रतिशतले बजार बढ्दा नेप्से २७५८.०४ अंकमा पुगेको छ ।
समग्रमा बजार बढे पनि बैंकिङ, विकास बैंक, वित्त र अन्य समूह क्रमशः ०.५९, १.७२, १.९७ र ०.३६ प्रतिशतले घटेका छन् । बाँकी समूहमा भने हरियाली छाएको छ । ट्रेडिङ समूह आज पनि सबैभन्दा बढी ९.७० प्रतिशत र होटल समूह ४.९९ प्रतिशतले बढेको छ ।
आज ३१४ कम्पनीका २ करोड ३० लाख ११ हजार ३ सय ६१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५ सय ६४.०७ रुपियाँ बराबरको कारोबार भएको हो ।
विभिन्न ७ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । तारागाउँ रिजेन्सी होटल, विशाल बजार कम्पनी, खानीखोला हाइड्रो, जोशी हाइड्रो, अपर साङ्गे हाइड्रो, एलआईसी नेपाल र अपर लोहोरे हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९, ९.९५, ९.३६ र ९.१९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.७२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेपाल फाइनान्सकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५९ करोड ४७ लाख ५७ हजार ७ सय ६२.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो बजार ९.९९ प्रतिशतले घट्दा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८ सय ९२.८२ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

कीर्तिपुरमा मतगणना जारी, कांग्रेसका डंगोलको अग्रता

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् । जारी मतगणनामा डंगोलले ७८९ मतसहित अग्रता कायम गरेका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा ९एमाले०का सुरेन्द्र मानन्धरले ६६६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले ४६५ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवारहरू राजमान महर्जनले ४१८ मत र दिनेशकुमार अधिकारीले २३६ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ ।

प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिव लगायत उच्च पदस्थ कर्मचारीहरूले बिदाइ गरेका छन् ।
प्रधानमन्त्रीको टोलीमा चीन भ्रमण गर्ने सरकारी र निजी क्षेत्रका गरी ७९ जना रहेका छन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई मङ्सिर १८ गते चिनियाँ समकक्षी छ्याङले स्वागत गर्नेछन् । त्यसपछि दुई पक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । मङ्सिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफङसँग भेटवार्ता गर्नेछन् ।
मङ्सिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नेछन् भने बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मङ्सिर १८ गते नै सङ्ग्रहालय भ्रमण गरेर ओली मङ्सिर २० गते स्वदेश फर्कने छन् ।

भोलि बिहान ११ बजे प्रधानमन्त्री ओली चीन प्रस्थान गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि भोलि बिहान बेइजिङ प्रस्थान गर्ने भएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । यसैगरी उनले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै उहाँले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहनेछिन् ।
यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

उपनिर्वाचन मतदान सकियो, आजै रातिबाट परिणाम आउने

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।
निर्वाचन आयोगले सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जानकारी दिएको छ । आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज २९३ मतदान केन्द्रबाट मतदाताले मतदान गरेका हुन्।
आज रातिबाट नै परिणाम आउन सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् भने रुकुम पूर्व जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

आइएमईको करोडपति योजना विजेतालाई १ करोडको चेक हस्तान्तरण

काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमीला रोकायालाई आइएमईले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिट मार्फत रकम पठाएकी प्रमीलालाई टोकियो स्थित नाकानो सिकि नो मोरी पार्कमा शनिवार आयोजित कार्यक्रममा आइएमईले चेक हस्तान्तरण गरेको हो ।
नेपालका लागि जापानका राजदूत डा. दुर्गा बहादुर सुबेदी ,आइएमई लिमिटेडका तर्फबाट सुशील थापा र क्योदाइ जापानका युचिरो किमोतोले प्रमीलालाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् । चेक बुझे पछि प्रमीलाले आइएमई मार्फत रकम पठाउँदा आफ्नो भाग्य चम्केर प्राप्त भएको रकमबाट नेपालको कैलाली रहेका बाआमालाइ घर बनाइदिने योजना बनाएको जनाईन ।
गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौँमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमीला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् ।
आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम(रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ूआइएमई गरौँ,करोडपति बनौूँ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान सुरु

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ ।
उक्त पुनर्जागरण अभियान यही मंसिर १६ गते देखि २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
कुनै पनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।
हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।

सेयर बजारमा ९.९९ अंकको गिरावट, लगानीकर्ताको ध्यान विकास बैंकमा

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ ।
बजार मापन गर्ने सूचक ९.९९ अंकले घटेर परिसूचक २७३८.०६ बिन्दु कायम भएको छ । ३१४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८९२ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटाको घटेको छ । कारोबारमा विकास बैंक, होटल र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने भने बाँकी समूहको उपसूचक घटेको छ ।
कारोबारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेका कम्पनीमा विशाल बजार बाहेक सबै विकास बैंक रहेका छन् । कारोबारमा जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...