शेयर बजारमा १९.९७ अंकको सुधार, साढे १० अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकम पनि साढे १० अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.९७ अंकले बढेको हो । ०.७२ प्रतिशतले बजार बढ्दा नेप्से २७५८.०४ अंकमा पुगेको छ ।
समग्रमा बजार बढे पनि बैंकिङ, विकास बैंक, वित्त र अन्य समूह क्रमशः ०.५९, १.७२, १.९७ र ०.३६ प्रतिशतले घटेका छन् । बाँकी समूहमा भने हरियाली छाएको छ । ट्रेडिङ समूह आज पनि सबैभन्दा बढी ९.७० प्रतिशत र होटल समूह ४.९९ प्रतिशतले बढेको छ ।
आज ३१४ कम्पनीका २ करोड ३० लाख ११ हजार ३ सय ६१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५ सय ६४.०७ रुपियाँ बराबरको कारोबार भएको हो ।
विभिन्न ७ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । तारागाउँ रिजेन्सी होटल, विशाल बजार कम्पनी, खानीखोला हाइड्रो, जोशी हाइड्रो, अपर साङ्गे हाइड्रो, एलआईसी नेपाल र अपर लोहोरे हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९, ९.९५, ९.३६ र ९.१९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.७२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेपाल फाइनान्सकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५९ करोड ४७ लाख ५७ हजार ७ सय ६२.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो बजार ९.९९ प्रतिशतले घट्दा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८ सय ९२.८२ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

LEAVE A REPLY