काठमाडौं । सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ ।
उनको ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए । उनका अनुसार सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन । गाडीको खोजतलास भइरहेको उनको भनाइ छ ।
तीव्र गतिमा आएको गाडी सई यादवले रोक्न खोजेपछि उनैलाई ठक्कर दिएर भागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यादवको शव पोस्टमार्टमका लागि लहान प्रादेशिक अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
सिरहामा गाडीको ठक्करबाट सशस्त्रका सईको मृत्यु
एसिसी यू १९ एसिया कपमा नेपालले बंगलादेशसँग खेल्दै
काठमाडौं । यूएईमा जारी एसिसी यू १९ एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ । खेल विहान पौने ११ बजेदेखि दुबईमा सुरु हुने छ ।
पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । उता बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो । बंगलादेश लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
नेपाली टोली हेमन्त धामीको कप्तानीमा यूएई पुगेको छ । नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
स्थानीय तह उपनिर्वाचनका लागि मतदान सुरु
काठमाण्डौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । रिक्त विभिन्न ४१ पदका लागि बिहान ७ बजे देखि मतदान सुरु भएको छ । मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहनेछ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो । निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
प्रवक्ता नीता पोख्रेल अर्याललेका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर छरिएका पालिकामा ४१ पदका लागि मतदान भइरहेको छ ।
बागमतीमा किर्तिपुर नगरपालिकाको मेयर, काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को वडाध्यक्ष पदका लागि मतदान सुरु भएको छ।
जस अन्तर्गत कोशी प्रदेशका ८ स्थानमा र लुम्बिनी प्रदेशका विभिन्न स्थानीय निकायका ५ पदका लागि मतदान जारी छ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ को वडाध्यक्षका लागि चुनाव भएको हो। लुम्बिनीमा एक गाउँपालिका उपाध्यक्ष र चार वडाध्यक्ष चयनका लागि मतदान सुरु भएको छ।
रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपप्रमुख, रोल्पाको रून्टीगढी गाउँपालिका वडा नम्बर ४, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ र बर्दियाको ठाकुरद्वारा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षका लागि पनि मतदान सुरु भएको छ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।