सिरहामा गाडीको ठक्करबाट सशस्त्रका सईको मृत्यु

काठमाडौं । सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ ।
उनको ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए । उनका अनुसार सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन । गाडीको खोजतलास भइरहेको उनको भनाइ छ ।
तीव्र गतिमा आएको गाडी सई यादवले रोक्न खोजेपछि उनैलाई ठक्कर दिएर भागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यादवको शव पोस्टमार्टमका लागि लहान प्रादेशिक अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY