Page 5

आइपुगे सोनु निगम काठमाडौं

काठमाडौं । भारतका चर्चित गायक सोनु निगम बुधबार नेपाल आइपुगेका छन् ।
क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिनसोनु निगम अपरान्ह् काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे ।
प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन् । उनले ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने आयोजकले जानकारी दिएको छ ।
झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागि हुने अपेक्षा गरिएको छ । उनले चलचित्र ‘सिमाना’को चर्चित गीत ‘उकाली ओराली गर्दै’ लगायतका आधादर्जन नेपाली गीत पनि गाउनेछन् ।
निगम बिहीबार बेलुका भारत फर्किने तयारी छ । त्यसअघि उनले पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन् । गायक निगमले स्वर दिएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन् ।
यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन् ।

आजबाट चलचित्र ‘देववाणी’ प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘देववाणी’ आजबाट देशभर प्रदर्शनमा आउँदै छ । आफू अभिनित नेपाली चलचित्र ‘देववाणी’को प्रवर्द्धनका लागि बलिउड अभिनेता ह्यारी जोश हिजै नेपाल आएका छन् ।
क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्र ‘देववाणी’को प्रवर्द्धनका लागि नेपाल आएका ह्यारी जोशले आज बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै चलचित्र हेर्नेछन् ।
भारतीय फिल्महरू वान्टेड, वेलकम, धुम २, सिंह इज ब्लिङलगायतका चलचित्रमा काम गरेका अभिनेता ह्यारीले काठमाडौं विमानस्थलमा ओर्लिए लगत्तै आफूलाई नेपाल र नेपाली अत्यधिक मनपर्ने भन्दै नेपालीमासमेत तारिफ गरेका थिए ।
थुप्रै बलिउड र तेलुगुका हिट चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका छन् । उनले केही दिन काठमाडौंमा रहेर उक्त चलचित्रको प्रचारप्रसार गर्नेछन् । मिडिया भेटघाट गर्नेदेखि हल भिजिट गर्नेसम्म उनको तयारी रहेको निर्देशक बाबु साहेब बलामी जनाउँछन ।
निर्देशक बलामीका अनुसार बुधबार र बिहीबार जोशले हल भिजिट गर्नेछन् । बुधबार बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै चलचित्र हेर्नेछन् । त्यसपछि उनी इलाम पुगेर स्थानीय हलमा दर्शकसँगै चलचित्र हेर्नेछन् । त्यसपछि उनी मुम्बई फर्किने योजना छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चलचित्रका निर्देशक बाबु बलामी, अभिनेत्री अनुजा लेप्चा र निर्माताले स्वागत गरे । अभिनेता जोश आउनुअघि चलचित्रका अर्का भारतीय अभिनेता कुन्दन भारद्वाज पनि काठमाडौंमा आएर प्रचारप्रसारमा जुटिसकेका छन् ।
मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको पनि अभिनय छ ।
चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण भएको निर्मात्रीसमेत रहेकी नायिका अनुजा लेप्चाले जनाईन । नेपालमा क्यूएफएक्सलगायतका हलले शो खुलाएका छन् ।

 

एमालेले भीम रावललाई संगठित सदस्यबाट हटायो

काठमाडौं । नेकपा (एमाले) ले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । आज बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो ।
एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते स्पष्टीकरण सोधेको थियो । एमालेलाई व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषय र विभिन्न समयमा पार्टीविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको थियो ।
आजको सचिवालय बैठकले पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीबाट हटाएको हो ।
“अभिव्यक्ति पार्टीलाई बलियो बनाउनेभन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएकाले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको छ,” उपमहासचिव प्रदीप ज्ञवालीले भने ।
रावल १०औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बनेका थिए । अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्य अस्वीकार गरे । त्यसपछि पार्टीले सल्लाहकार परिषद्‌मा जिम्मेवारी दिए पनि बस्न अस्वीकार गरेका थिए ।

विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) ले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन गरेको छ ।
आज बसेको सचिवालय बैठकले पार्टीले सोधेको स्पष्टीकरणमा गल्ती महसुस नगरेको भन्दै ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको हो ।
एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषयमा टिप्पणी गरेपछि एमालेले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो ।
“उहाँहरूको स्पष्टीकरणमा रियलाइजेसन देखिएन,” उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो ‘टेकओभर’, सञ्चालक समिति खारेज

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषित भएको छ । बुधबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । यसअघि बैंकलाई समस्याउन्मुख घोषणा गर्दै निक्षेप परिचालन र कर्जा प्रवाहमा रोक लगाएको थियो ।
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै बैंकको विद्यमान सञ्चालक समिति खारेज भएको छ । त्यस्तै, उच्च व्यवस्थापनका कर्मचारी समेत स्वतः पदमुक्त भएका छन् र अब राष्ट्र बैंकले नै सञ्चालक समिति र कार्यकारी प्रमुखको जिम्मेवारी लिएको छ ।
सञ्चालक समितिको बैठकपछि राष्ट्र बैंकले सूचना जारी गर्दै नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको जनाएको हो । उक्त बैंकलाई सुधार गर्न राष्ट्र बैंकले उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहा सदस्य रहेका छन् । उनीहरुले बिहीबारदेखि जिम्मेवारी सम्हाल्नेछन् ।
नेपाल राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारण सभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ ।
व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको डीडीए सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको छ ।
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले यस बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी यस बैंकको नियन्त्रणमा लिइएको हो ।
यसअघि गत मंसिर ११ गते राष्ट्र बैंकले उक्त बैंकलाई समस्याउन्मुख घोषणा गरेको थियो । एक महिनासम्म त्यही सञ्चालक समिति र व्यवस्थालानलाई जिम्मा दिँदा पनि सुधारको कुनै संकेत नदेखिएपछि समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकको ८१ लाख ३६ हजार कित्ता संस्थापक शेयर बिक्री खुला

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको कुल ८१ लाख ३६ हजार ५२१ कित्ता शेयर बिक्रीमा राखेको छ ।
यो शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउने व्यवस्था गरिएको छ । जसअनुसार ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाएर माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

सिद्धार्थ बैंकले मनायो २२औँ वार्षिकोत्सव, १५ वर्षदेखि कार्यरत कर्मचारीहरु सम्मानित

काठमाडौं । २०५९ साल पुस ९ गते स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २२औँ वर्ष पूरा गरेको छ ।
बैंक संचालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।
यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथसाथै बैंकमा कार्यरत रही १५ वर्ष पूरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनीहरुलाई अभिनन्दन गरेको छ ।
डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकहरुलाई लक्षित गर्दै ‘सिद्धार्थ बैंक २२औं वार्षिकोत्सव अफर’ ल्याएको छ । उक्त अवसरमा बैंकले देशका विभिन्न स्थानहरु काठमाडौं र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै, ग्राहकहरु एवं स्थानीयवासीहरु गरी १०२ जना रक्तदाताहरुको सहभागिता रहेको थियो भने देशका अन्य बाँकी प्रदेशहरुमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

एमालेको सचिवालय बैठक आज ११ बजे बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।
बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्न भएको हो।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुनेछ।
साथै,बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेन्डा तय गर्नेछ।

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले जनाए ।
उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासंघले महोत्सवका रुपमा मनाउने थालेको हो ।
दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ ।
हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासंघको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासंघले जनाउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ ।
महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले जनाए ।
पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै छ । बालुवाटार स्रोतका केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ ।
बैठकमा सहकारी संस्थाको समस्याका सम्बन्धनमा संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका विषयमा छलफल हुने जनाईएको छ ।
एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले सहकारी संस्थाको समस्या समाधानका लागि सहकारी प्राधिकरण गठन गर्न सुझाव दिएको थियो । समितिले सहकारी विभाग र बोर्ड खारेज गर्न पनि सुझाएको थियो ।
तर त्यसका लागि सहकारी ऐन नै संशोधन गर्नुपर्ने भएकाले त्यस सम्बन्धी सुझाव कार्यान्वयनमा आएको छैन ।
संसदीय समितिले ५ लाख सम्मका साना बचतकर्ताको रकम फिर्ता गर्न दिएको सुझाव पनि कार्यान्वयन भएको छैन ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...