काठमाडौं । २०५९ साल पुस ९ गते स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २२औँ वर्ष पूरा गरेको छ ।
बैंक संचालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।
यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथसाथै बैंकमा कार्यरत रही १५ वर्ष पूरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनीहरुलाई अभिनन्दन गरेको छ ।
डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकहरुलाई लक्षित गर्दै ‘सिद्धार्थ बैंक २२औं वार्षिकोत्सव अफर’ ल्याएको छ । उक्त अवसरमा बैंकले देशका विभिन्न स्थानहरु काठमाडौं र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै, ग्राहकहरु एवं स्थानीयवासीहरु गरी १०२ जना रक्तदाताहरुको सहभागिता रहेको थियो भने देशका अन्य बाँकी प्रदेशहरुमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।














