Page 15

एमालेसँगको सहकार्य कुनैपनि हालतमा नटुट्ने देउवाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सहकार्य कुनैपनि हालतमा नतोडिने दाबी गरेका छन् ।
आज आफ्नो निवास बुढानिलकण्ठ आएका आफूनिकट नेताहरुसँगको कुराकानीमा देउवाले सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् । सरकार ढल्छ अरे भनेर जिज्ञासा राख्नेहरुमाथि झोक्किँदै देउवाले जवाफ फर्काएका थिए ।
उनको आक्रोश थियो– ‘कसले ढाल्छ सरकार ? म ढाल्ने पक्षमा छैन् । अब केपी ओलीको कुरा हो भने उनैलाई सोध्नु । सरकार ढल्दैन् ।’ उनले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिप्रति आफू इमानदार रहेको स्पष्ट पारेका थिए ।
पछिल्लो समय संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर कांग्रेस नेताहरुले प्रश्न उठाएको र सरकार ढल्ने हल्ला चलिरहेको बेलामा देउवाको यस्तो भनाई आएको हो । संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको विषयमा पनि देउवाले छलफल गरिसकेको जनाईन्छ ।
देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले अहिले संशोधनको लागि गृहकार्य गरिने र सबैको सहमति नजुटे कांग्रेस र एमालेको बहुमत आएपछि संशोधन गर्ने कुरा गरेको प्रष्ट पारेका थिए । ओलीले आफूले केन्द्रीय कमिटी बैठकमा बडो प्रष्टसँग कुरा राख्दा पनि आफ्नै नेताहरुले यो विषय बाहिर ल्याएकोमा भने असन्तुष्टि पोख्ने गरेका छन् ।

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिनेछ।
सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ। विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए।
उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रका विभिन्न विशिष्ट व्यक्तिहरुले शुभकामना सन्देश दिएका छन्।
नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ।

प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका छन् ।
एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शाहसँगै त्यस अभियानमा योगदान दिएका सबै पुर्खाहरूको स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा भनिएको छ, ‘राज्य एकीकरणको नेतृत्व गर्नुहुने शाह र त्यस अभियानमा आफ्नो ज्यानको प्रवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।’

यो अप्राकृतिक सरकार भएकाले अब चल्न नसक्ने प्रचण्डको दाबी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अब अघि बढ्न नसक्ने दाबी गरेका छन् ।
शुक्रबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
प्रचण्डले अहिलेको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको आरोप लगाए । उनले अप्राकृतिक सरकार भएकाले अब चल्न नसक्ने जानकारी दिए ।
उनले भने, ‘यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ भन्नेकुरा मैले गम्भीर रूपले पाल्र्यामेण्टमा र बाहिर पनि भनेको सुन्नुभएको छ नै । अप्राकृतिक भएकाले अब यो चल्दैन ।’
अध्यक्ष प्रचण्डले बैठकमा समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउनेबारेमा छलफल भएको र समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने जानकारी दिए ।

आइतबार रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

काठमाडौं । कास्की प्रहरीको हिरासतबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी आरोमा उनीविरूद्व काठमाडौंमा पनि मुद्दा दायर भएको छ । उनी आज काठमाडौं आएर अदालतमा उपस्थित हुने भनिएपनि आइतबार मात्रै उपस्थित हुने भएका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रतिवादी बनाइका लामिछानेलाई हिजो न्यायाधीस नितिज राईको इजलासले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सर्वसाधारणले खरिद गर्न मिल्ने माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले ३ लाख २५८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि यो शेयर सर्वसाधारण लगानीकर्तालेसमेत किन्न सक्नेगरी बिक्री खुला गरिएको हो ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजदेखि ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति शेयर खरिद गर्ने त्यसको व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

नेपाल टेलिकमले ३० प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सत्रौं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा बिहान १० बजे सुरु हुनेछ ।
कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गरेको छ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन् ।
साधारणसभाले लाभांशका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

नेपाल बैंक र बुध्द एयरबीच संझौता

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई बुध्द एयरमा छुट हुने भएको छ ।
बुध्द एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा पुस २५ गते हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम बुध्द एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र नेपाल बैंक लिमिटेडका ग्राहकलाई टिकट (बुध्द एयर अफिस काउन्टर) शुल्कमा ८ प्रतिशत र नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई कार्गो सर्भिसमा मा ३० प्रतिशतले छुट हुने भएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र बुध्द एयरको तर्फबाट मार्केटिङ्ग निर्देशक रुपेश जोशीले हस्ताक्षर गरे।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले बुध्द एयरबाट प्रदान गरिने हवाई साथै कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट सहित प्राप्त हुने सेवावाट लाभान्वित हुन सक्नेछन् ।

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ ।
बिहीबार बिहान एक होटल परिसरको पोखरीमा कार डुब्दा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्टको ज्यान गएको फेयर फ्याक्स काउन्टी प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार खड्काले चलाएको कार हिउँका कारण चिप्लिएर जमेको पोखरीमा खस्न पुगेको थियो । पोखरी गहिरो नभए पनि अत्यधिक चिसो पानी र उद्धारमा भएको ढिलाइका कारण दुवै जनाको मृत्यु भएको अनुमान गरिएको छ ।
मृतक खड्का सोही होटलमा कार्यरत थिए भने भट्ट रोजगारीको खोजीमा रहेका थिए ।
स्थानीय सुरक्षा अधिकारीहरूले यस स्थानमा यस्तो प्रकृतिको दुर्घटना हुनु असामान्य रहेको बताएका छन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको काउन्टी प्रहरीले जानकारी दिएको छ ।

मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बालुवाटारमा बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरेपनि केही दिनयता सेडयुल अनुसार बस्न सकेको छैन ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...