नेपाल टेलिकमले ३० प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सत्रौं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा बिहान १० बजे सुरु हुनेछ ।
कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गरेको छ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन् ।
साधारणसभाले लाभांशका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

LEAVE A REPLY