Page 16

आज रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं आई जिल्ला अदालतमा उपस्थित हुँदैछन्।
रविविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार रवि आज बिहान ८ बजे पोखराबाट काठमाडौं प्रस्थान गरेका छन्। त्यसपछि काठमाडौं जिल्ला अदालतमा हाजिर हुनेछन्।
हिजो अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर रविलाई परिवारको जिम्मा लगाएको थियो। अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए।
उनीसँगै उक्त मुद्दाका ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन्। लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए।

छविलाल जोशीलाई धरौटीमा छोड्न अदालतको आदेश

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा मुछिएका छविलाल जोशीलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
आज सरकारी वकिलको जवाफी बहसपछि न्यायाधीशले आदेश दिएका हुन् । न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरे। जोशीसहित रास्वपा सभापति रवि लामिछाने, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश दिएको हो ।
छविलाल असोज ६ गते पक्राउ गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

एनएमबि बैंकको बार्षिक साधारण सभा सम्पन्न, गत आवमा कमायो २ अर्ब २४ करोड नाफा

काठमाडौं । एनएमबि बैंकको २९औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।
बैंकको २०८१ असारसम्ममा खुद नाफा रु. २ अर्ब २४ करोड, निक्षेप रु. २२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको छ ।
बैंकले देशभरी २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

यस्तो छ थाईल्यान्डमा नेटाको उपस्थिति

काठमाडौं । गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाईल्यान्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रिको आंकडाअनुसार नेटाले ६८४ युनिट प्राप्त गरेको जनाईएको छ । तालिकामा नेपालमा समेत उपलब्ध रहेका विभिन्न ब्राण्डका इलेक्ट्रिक सवारी साधनहरु समावेश भएको पाउन सकिन्छ ।
नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरु नेपालमा पनि बिक्रि वितरण गर्दै आइरहेको छ ।
नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन (ईभीएस) चाहने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो । यसको ४०.७ केडब्लु ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकी ५० केडब्लु मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ । १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ । नेटा भी छिटो २० मिनेटको चार्जमा ३० बाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ । यसमा एकल चार्जमा ३८० किमि दायरा छ र यो सीएटीएलका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १५०, ००० किमि वारेन्टी छ ।
नेटा एक्स एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ । यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ ।
सीएटीएलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा १, ८०, ००० किमि वारेन्टीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ । यी सुविधाहरूले नेटा एक्सलाई एक बहुपरकारी र पर्यावरणमैत्री एसयुभीको रूपमा आकर्षक विकल्प बनाउँछ ।

नेशनल लाईफका ४०० भन्दा बढी अभिकर्ताहरुले लिए प्राविधिक प्रशिक्षण

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ ।
तोकिएको लक्ष्य पूरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागि हुन योग्य भएका अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो ।
कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल विके नायकको सभापतित्वमा सम्पन्न भएको उक्त तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरु जे. सेन, मिहिर गोस्वामी, अनिरवन शाह लगाएतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
कलेजका प्रिन्सिपल विके नायकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै तालिमका सहभागिहरुलाई स्वागत गरेका थिए । उनले यति धेरै अभिकर्ताहरुलाई नेपाल बाट इण्डियासम्म ल्याएर व्यवस्थित तरिकाले प्रशिक्षणमा सहभागी गराई प्रशिक्षण प्रदान गर्ने अवसर दिएकोमा कम्पनीलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा, प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्पेटिङ सम्वन्धनमा प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै नविन सोच लिई अगाडि बढेमा बीमा व्यवसायमा सफलता प्राप्त हुने बताए । यसैगरी अर्का प्रशिक्षक अनिरवन शाहले बिजनेश कन्ट्यूनिटी साईकल का सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।
उनले अभिकर्ताले ग्राहकहरुको रुची, व्यवसाय, पारिवारिक अवस्था, आम्दानीलाई ख्याल गरी बीमा बिक्रि गर्ने र विक्रि पश्चात पनि आफ्ना ग्राहकहरुसंग सँधै सम्वन्ध प्रगाढ राखेमा व्यवसायले निरन्तरता प्राप्त गर्ने सकिने विषयमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान गरेका थिए ।
कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागि भएका करिब ४०० जना भन्दा बढि अभिकर्ताहरु र कम्पनीका माकेटिङ कर्मचारीहरुलाई कलेजका प्रिन्सिपल एवम् प्रशिक्षकहरुले तालिम प्रमाण पत्र वितरण गरेका थिए ।
बीमा जगतमा प्रतिष्ठित संस्था इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डियाको तालिममा सहभागि भई तालिम प्रमाण पत्र प्राप्त गर्नु एउट ठूलो अवसर भएको र यो अवसर जुराई दिएकोमा कम्पनीप्रति हार्दिक आभारी रहेको सहभागी अभिकर्ताहरुले जनाएका थिए ।

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । जिल्ला अदालत, कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

व्यवसायीलाई धम्की दिएको आरोपमा दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता

काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नरसहित उच्च अधिकृतहरु र व्यवसायीलाई धम्की दिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंसहित झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयल र रामचन्द्र मैनालीविरुद्ध मुद्दा दर्ता भएको छ ।
उनीहरुलाई संगठित रुपमा आपराधिक लाभ लिएको आरोप रहेको छ ।
उनीहरुले भारतीय नम्बरबाट लरेन्स विश्नोई ग्याङको नामलिएर राष्ट्र बैंकका उच्च अधिकृतहरु र अन्य व्यवसायीहरुलाई धम्की दिएका थिए ।
राष्ट्र बैंकले धम्की आएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएको थियो भने अन्य दुई व्यवसायीले प्रहरी कहाँ निवेदन दिएका थिए ।
भारतीय नम्बरबाट ‘म लरेन्स विश्नोई ग्याङको मानिस हुँ, तेरो के दुश्मनी छ भनी दुर्गा प्रसाईंसँग ५ घण्टाभित्र माफी माग नत्र नसोचेको भोग्नु पर्दछ, तेरो ज्यानमा खतरा हुन्छ’ भनेर धम्की दिएको एक व्यवसायीले उजुरीमा उल्लेख गरेका छन् ।
फुयाँललाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो । उनले दुर्गा प्रसाईँकै योजना र आदेश बमोजिम आफूले विभिन्न व्यक्तिलाई धम्क्याएको बयान दिएका छन् ।
प्रसाईँलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुरमा प्रहरीले पक्राउ गरेकोमा अदालतबाट धरौटीमा रिहा भएका थिए । अर्का प्रतिवादी मैनाली भने फरार रहेका छन् ।
प्रसाईँ र उनको समूहले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमेतलाई धम्क्याएको अडिओ अदालतमा पेश भएको छ । त्यसबाहेक अन्य व्यवसायीको समेत निवेदन परेको सिआइबीले जानकारी दिएको छ ।

 

 

रविसहित सातै जनालाई अदालत लगियो, आजै आदेश आउने सम्भावना

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
रवि लामिछाने, छविलाल जोशी, मिना गुरुङ, रामबहादुर खनाल, लीला पछाई, आरती गुरुङ र कृष्णबहादुर गुरुङविरुद्धको मुद्दामा आज सरकारी वकिलको जवाफी बहस हुनेछ ।
यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरीबाहेक सडकमा अन्य मानिसहरू देखिएका छैनन् ।
न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी छ ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।

सांसद अरुण चौधरी विरुद्धको मुद्दामा फैसला भएन

काठमाडौँ । कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी विरुद्धको मुद्दा सर्वोच्चले दोस्रो पटक निसु सारेको छ । प्रधानन्यायाधीश संलग्न पाँच न्यायाधीशको इजलासले फैसला तयार नभएको भन्दै निसु सारेको हो।
सांसद पदका लागि योग्य छन् कि अयोग्य भन्ने विवाद अधिवक्ता वसन्त जोशीले रिट दायर गरेका थिए। उक्त रिटमा बहस सकिएर निसु तोकिएको थियो।
बुधवार सर्वोच्च अदालतले फैसला सुनाउन भनी पेसी तोकिएको थियो। संवैधानिक इजलासमा क्यासिनोका विवाद सम्बन्धी मुद्दामा बहस भएका कारण आज फैसला हुन नपाएको हो।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्माको इजलासले चौधरीविरुद्धको रिट निवेदनमा निर्णय सुनाउने मिति फेरि सारेको हो ।

धरौटीमा रिहा भइन् लेखा समिति सभापति पोखरेलकी पत्नी अञ्जला

विराटनगर । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला धरौटी बुझाएर रिहा भएकी छिन् ।
मोरङ धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा उनलाई अदालतले १० लाख धरौटी बुझाएर रिहा गर्न आदेश दिए लगत्तै उनी रिहा भएकी हुन्।
न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...