Page 18

नेपाल र चीनको सिमानामा ७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।
भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌कलनको काम गरिरहेका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमा प्रवेश

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आज नेकपा (एमाले) मै फर्किएका छन् ।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको आजको खाजा ब्रेक हुनुपूर्व पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराएका हुन् । मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुन् ।
बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन् भने स्थायी र पोलिटब्यूरोका गरी बोल्न चाहने ५२ जनाले बोल्न बाँकी रहेको छ ।

एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि जारी रहने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक लम्बिने भएको छ । दुई दिन बस्ने भनिएपनि नेताहरूले बोल्न बाँकी रहेकाले भोलि पनि बैठक जारी रहने भएको हो ।
अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले बोलेका छन् । ‘भूगोलका ६४ जना र गैरभूगोलका १० जनाले आफ्नो कुरा राखेपछि अहिले पोलिटब्यूरो सदस्यहरुले बोल्न थालेका छन्’, केन्द्रीय सदस्य गणेश गणेश पहाडीले भने ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्न तीन मिनेटको समय छुट्याइएको छ । तर ठूलो कमिटी भएकाले बैठक लम्बिने भएको हो । एमालेमा ३३१ सदस्यीय केन्द्रीय कमिटी छ ।

माछापुच्छ्रे बैंकका सीईओको तलब भत्ता पौने २ करोड

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई १ करोड ८६ लाख ८१ हजार रुपैयाँ तलब भत्ता दिएको छ ।
बैंकले सीईओलाई तलब बापत ७४ लाख १९ हजार, भत्ता बापत ६७ लाख २० हजार, सुविधा बापत १६ लाख ३४ हजार र बोनस बापत २९ लाख ७ हजार रुपैयाँ भुुक्तानी गरेको जनाएको छ । उक्त तलब भत्ता बापत सीईओले राज्यलाई ३९ प्रतिशतसम्म कर तिरेका छन् ।
बैंकले गत आवमा सञ्चालकहरूलाई बैठक भत्ता बापत २१ लाख ९४ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकले प्रति बैठक अध्यक्ष १८ हजार र सञ्चालकलाई १५ हजार ५०० रुपैयाँ उपलब्ध गराएको छ ।
यस बाहेक बैंकले सञ्चालकलाई प्रति महिना पत्रपत्रिका, मोबाइल तथा ईन्टरनेट खर्च बापत १५ हजार रुपैयाँ उपलब्ध गराएको जनाएको छ । साथै ५० लाख बराबरको सामुहिक दुर्घटना बीमा गरीएको छ । बैंकको कामको सिलसिलामा भ्रमण गर्नु पर्दा लाग्ने खर्च, दैनिक भ्रमण भत्ता आदि बैंकको नियमावली बमोजिम हुने जनाएको छ ।

कुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । युएसएडसँगको साझेदारीमा कुमारी बैंकले हात्तिगौडा शाखामार्फत बुढानीलकण्ठ नगरपालिका, वडा नं. ४ को समन्वयमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ, जसमा दुई सय भन्दा बढी महिला तथा युवा उद्यमीहरुको सहभागिता रहेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र बुढानीलकण्ठ नगरपालिका वडा नंं. ४ का अध्यक्ष श्रीराम केसीको उपस्थितिमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नंं. ४ मा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको लागि उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
उक्त प्रशिक्षण कार्यक्रमले वडामा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको जीवनस्तर उकास्न तथा व्यवसाय र उद्यमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने उदेश्य लिएको वडा नं ४ का अध्यक्ष श्रीराम केसीले जनाए ।
वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरी नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरुको प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

शेयर बजारमा ४९.१२ अंकको उछाल, सवा ६ अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम पनि सवा ६ अर्ब नाघेको छ । नेप्से उचालिएर पुनः २६ सय अंकमा माथि पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४९.१२ अंकले उचालिएको छ । १.८९ प्रतिशतले बजार बढेसँगै नेप्से २६४०.६८ अंकमा उक्लिएको छ ।
बजारमा उछाल आएसँगै सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी हाइड्रोपावर समूह ३.५५ प्रतिशतले बढेको हो ।
आज ३१२ कम्पनीका १ करोड ५४ लाख ६१ हजार २ सय ६४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार ८ सय ५४.५० रुपियाँ बराबरको कारोबार भएको छ ।
बजारमा उछाल आएसँगै आत्मनिर्भर लघुवित्त र सुपर मादी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १० र ९.७० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै समग्रमा बजार उचालिए पनि उपकार लघुवित्त र सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०–१० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २९ करोड ९ लाख ९२ हजार ३ सय ६३.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ५.३२ अंकले बढ्दा ४ अर्ब ८६ करोड २ लाख १ हजार ९ सय ७४.९८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज पनि एमाले केन्द्रीय कमिटी बैठक जारी रहने

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटी को बैठक आज सोमबार पनि जारी रहनेछ ।
हिजोदेखि सुरू भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ ।
बैठक बिहान ११ बजेबाट पार्टी मुख्यालय च्यासलमा बस्नेछ ।
आजको बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ आफ्ना धारणा राख्नेछन् । आइतबारको बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।

 

 

अमेरिकामा भारी हिमपात, छ राज्यमा आपतकालको घोषणा

काठमाण्डौं । भारी हिमपात भएपछिअमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको छ । त्यस राज्यहरूमा हिमआँधीको पूर्व चेतावनी पनि दिइएको छ ।
एक दशकमा सबैभन्दा धेरै हिमपातका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् । देशभर ६० करोड बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ । प्रतिघण्टा ५० माइलको गतिमा आउने भनिएको हिउँ र चिसो हावा मिश्रित आँधी निकै शक्तिशाली अनुमान गरिएको छ । जसले सोमबार मध्य र पूर्वी अमेरिका प्रभावित हुने जनाईएको छ ।
पूर्वी क्षेत्रको ओहियो नदी घाँटी हुँदै फैलिएको आँधी सोमबार मध्य एटलान्टिकसम्म पुग्ने अनुमान गरिएको छ । एनओएएको मौसम पूर्वानुमान केन्द्रका अनुसार यो एक दशकपछिकै सबैभन्दा भारी हिमपात हो ।
हिमपातका कारण हजारौँ हवाई उडान बन्द भएका छन् । सेन्ट लुइस र मिसौरी हवाईअड्डा सबैभन्दा बढी प्रभावित भएको छ ।
केन्टुकीमा रहेको मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलमा विमान नै हिउँले छोपिएका दृश्यहरु देखिएका छन् । सम्भावित आँधीको चेतावनीका कारण ४५ सय उडान निलम्बित भएका छन् भने दुई हजार बढी उडान रद्द भएका छन् ।

माओवादी केन्द्रीय समिति बैठक स्थगित, भोलि ११ बजे बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा आजबाट सुरु भएको बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको हो । माओवादीले यो बैठकलाई केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक भनेको छ ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा माओवादी अब जनतामा फर्कनुको विकल्प नभएको भन्दै आत्मालोचनासहित उत्पीडित वर्गमा जाने उल्लेख छ ।

पोखराबाट थुनछेक आदेश नआउँदै रविविरुद्ध काठमाण्डौंमा अर्को मुद्दा दायर

काठमाण्डौं । सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट थुनछेक आदेश नआउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध काठमाण्डौं जिल्ला अदालतमा अर्को मुद्दा दायर भएको छ ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहित ३९ जनाविरुद्ध काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौंका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले रविसहित ३९ प्रतिवादीबाट २ अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको जानकारी दिए ।
जिल्ला प्रहरी परिसर काठमाण्डौंले सहकारी ठगीमा अनुसन्धान सकेर पुस १८ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
सभापति रवि पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक ३ गतेदेखि हिरासतमा छन् । कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि बयान सकिएर थुनछेक बहस भइरहेको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...