शेयर बजारमा ४९.१२ अंकको उछाल, सवा ६ अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम पनि सवा ६ अर्ब नाघेको छ । नेप्से उचालिएर पुनः २६ सय अंकमा माथि पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४९.१२ अंकले उचालिएको छ । १.८९ प्रतिशतले बजार बढेसँगै नेप्से २६४०.६८ अंकमा उक्लिएको छ ।
बजारमा उछाल आएसँगै सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी हाइड्रोपावर समूह ३.५५ प्रतिशतले बढेको हो ।
आज ३१२ कम्पनीका १ करोड ५४ लाख ६१ हजार २ सय ६४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार ८ सय ५४.५० रुपियाँ बराबरको कारोबार भएको छ ।
बजारमा उछाल आएसँगै आत्मनिर्भर लघुवित्त र सुपर मादी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १० र ९.७० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै समग्रमा बजार उचालिए पनि उपकार लघुवित्त र सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०–१० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २९ करोड ९ लाख ९२ हजार ३ सय ६३.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ५.३२ अंकले बढ्दा ४ अर्ब ८६ करोड २ लाख १ हजार ९ सय ७४.९८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY