Page 21

प्रहरीले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझायो

काठमाडौं । प्रहरीले काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारेका अनुसन्धान प्रतिवेदन सरकारी वलिकको कार्यालयमा बुझाएको छ ।
प्रहरीले आज अनुसन्धान प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ ।
प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी लिन सरकारी वकिललाई राय दिएको छ ।

 

लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियान , देशव्यापी डिजिटल संवाद कार्यक्रम सम्पन्न

काठमाडौं । लक्ष्मी सनराइज बैंकले छैटौं वार्षिक डिजिटल डिसेम्बर अभियान विभन्न कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । बैंकले देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरू बारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिवद्धतालाई थप जोड दिएको बैंकको दाबी छ । कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारीता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासहरु बारे विविध समूहका सहभागीहरुलाई जानकारी दिन प्यानल छलफलहरू आयोजना गरिएको थियो । ११ डिसेम्बरदेखि २९ डिसेम्बरसम्म ८ विभिन्न सहरमा छलफल आयोजना गरिएको थियो ।
प्रत्येक कार्यक्रमहरूमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूको मुख्य सम्बोधन साथै नेपाल प्रहरी, स्थानिय जनप्रतिनिधि, व्यवसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्ग समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी र स्थानीय समुदायका प्रतिनिधि लगायतका विभिन्न क्षेत्रबाट प्यानलमा समावेश रहेका थिए । यी कार्यक्रममा विद्यार्थी, युवा, कर्मचारी, उद्यमी, व्यापारीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरू गरी ५०० भन्दा बढी सहभागीहरू उपस्थित थिए ।
देशका विभिन्न समुदायहरूलाई डिजिटल साक्षरता मार्फत वित्तीय रूपमा सशक्त बनाउने उद्देश्यका साथै डिजिटल बैंकिङको प्रयोगलाई प्रोत्साहन गर्न सो कार्यक्रामहरुमा वित्तीय डिजिटल साक्षरता, डिजिटल बैंकिङले जीवनस्तरमा गर्न सक्ने सुधार, अर्थतन्त्र र व्यापक पारिस्थितिक प्रणालीमा डिजितल बैँकिङ्गको फाइदा, नेपालमा सेवा क्षेत्रको डिजिटाइजेशन परिदृश्य, नेपालमा डिजिटल बैंकिङको वर्तमान अवस्था, डिजिटल बैंकिङका चुनौतीहरू (सुरक्षा, जोखिम, ठगीका प्रकार र समाधानहरू), नेपालमा डिजिटाइजेशन र डिजिटल बैंकिङको भविष्य जस्त विषय समावेश थियो ।
बैंकले प्रविधि, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा ध्यान केन्द्रित गर्दै यस अभियानले व्यक्ति तथा व्यवसायीहरूलाई डिजिटल बैंकिङको प्रयोग गर्न विश्वस्त बनाउने प्रयास गरेको बताएको छ । विभिन्न सरोकारवालाहरु लाई सहभागी बनाई चुनौतीहरूको समाधान गर्दै लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रमले डिजिटल रूपमा साक्षर सशक्त नेपाल निर्माण गर्ने आधारको थालनी गरेको हो ।

सानिमा बैंकको क्यास ब्याक अफर बिग मार्टमा

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिग मार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको छ ।
बिग मार्टको, काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपाल अधिराज्यभर १०७ वटा आउटलेट सञ्चालनमा छन् ।
यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिग मार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरुलाई १० ५ वा अधिकत्म रु २०० सम्मको क्यास ब्याकको व्यवस्था गरेको छ ।
बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२५ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।

ग्लोबल आइएमई बैंकले ल्यायो फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रबेश गरेको छ । सोहि अवसरमा यो योजना पौष १८ गते विहिबारदेखि माघ १८ शुक्रबारसम्म संचालनमा ल्याएको छ ।
यस उपहार योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकमा आवद्ध भएका तर हाल सम्म कारोबार नगरेका मर्चेन्टहरुले यस योजनाअवधीमा रु. १८० वा सो भन्दाबढी रुपैयाँको भुक्तानी फोनपे क्यूआर कोड मार्फत् प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक रु. १८० क्यास्ब्याक प्राप्त गर्नेछन् र योजनाअवधिभर क्यूआर कोड मार्फत भुक्तानी लिने मर्चेन्टहरु मध्य प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन् । योजना अवधिभरमा ४ जना मर्चेन्टहरुले स्मार्टफोन जित्नेछन् ।
साथै, बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधी भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन् ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
बैंकले ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाउने भन्दै ६६ लाख ८० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल चितवन, भरतपुर उपमहानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा, गोरखा गण्डकी नगरपालिका–२ घर भई हाल काठमाडौं नागर्जुन बस्ने ३१ वर्षीय राजन आले, पर्सा वीरगञ्ज–१६ का ३० वर्षीय जयप्रकाश चौरसिया तथा भक्तपुर सूर्यविनायक नगरपालिका–५ बस्ने २७ वर्षीय आकाश दुलाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, ‘पक्राउ परेकाहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा पारी विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’
पक्राउ परेकामध्ये थापा र आलेले अमेरिका पठाइदिने भन्दै अमेरिका पठाइदिने भन्दै ५९ लाख २५ हजार रुपैयाँ तथा चौरसियाले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट चार लाख रुपैयाँ र दुलालले युएई पठाइ दिने भन्दै एकजनाबाट तीन लाख ५५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको पीडितहरूको आरोप रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको सूचना अधिकारी आचार्यले जनाए ।

रविसहित ४४ जनाविरुद्ध अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

काठमाण्डौं । काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएका ४४ जनाविरुद्ध कानुनी कारबाही चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार भएको छ ।
प्रतिवेदनमा ४४ जनालाई प्रतिवादी कायम गरिएको छ । ४४ जनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत छन् ।
काठमाडौं प्रहरी परिसरले तयार गरेको अनुसन्धान प्रतिवेदनमा ४४ जनासँग एक अर्ब १९ करोड रुपैयाँ मागदाबी गरिएको छ । सहकारी संस्थामा पाँच हजार ६६९ जनाले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार रुपैयाँ बचत गरेकामा एक अर्ब १९ करोड अपचलन भएको अनुसन्धानबाट खुलेको र उक्त रकम अपचलनमा संलग्नता देखिएका ४४ जनालाई प्रतिवादी बनाई उनीहरूसँग सोहीबराबर बिगो मागदाबी गर्नुपर्ने रायसहितको प्रतिवेदन तयार प्रहरीले गरेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बिहीवार बुझाइने छ ।
कात्तिक २१ गते सहकारी संस्थाको लेखा समिति सदस्य सुनिता नेवा र कात्तिक २६ गते ऋण उपसमिति सदस्य कमल लामा पक्राउ परेका थिए । उक्त सहकारीको रकम अपचलनमा संलग्न जिबी राई, पूर्वडिआईजी छविलाल जोशी, दीपक लामा, कुमार रम्तेल, नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गरी मुद्दा चलाउनुपर्ने प्रतिवेदनमा भनिएको छ ।
सहकारी संस्थाबाट हर्बो इन्टरनेसनल प्रालि, गोर्खा मिडिया नेटवर्कसहित १२ वटा कम्पनीमा सहकारी ऐन नियमविपरीत ऋण प्रवाह भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
उक्त सहकारी संस्थाबाट देवदीप एग्रिकल्चर, मन्दरा टुर्स एन्ड एक्सपिडिसन, गोर्खा हर्बल प्रोडक्सन, कुमकुम हर्बल उद्योग, न्यु सुलक्स अफसेट, गोरखा ग्रुप अफ कम्पनिज, सारेगामा रेकर्डस्, भगवती बालुवाखानीसहित १२ वटा कम्पनीमा ऋण प्रवाह भएको पाइएको छ ।
बचतकर्ताहरूले २०७४ मा सहकारीकी अध्यक्ष कल्पना श्रेष्ठ, २०७८ सालमा अध्यक्ष दीपक लामा र २०८० सालमा अध्यक्ष भएका गितेन्द्रबहादुर (जिबी) राई, सहकारी व्यवस्थापक नविन अछामी र रास्वपा सभापति लामिछानेविरुद्ध जाहेरी दर्ता गराएका थिए । सहकारीले बचत रकम फिर्ता नगरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
स्वर्णलक्ष्मी सहकारीबाट रास्वपा सभापति लामिछानेले पनि दुईपटक ऋण लिएको र केही रकम फिर्ता गरेको पाइएको छ । सहकारीबाट गैरकानुनी रूपमा जीबी राई र लामिछानेसहितको नाममा प्रवाह भएको ऋणको ३५ थान भौचर पनि प्रहरीले बरामद गरेको छ ।
यस्तै, सहकारीबाट गोरखा मिडिया नेटवर्कमा एक करोड ८२ लाख रूपैयाँ अवैध तरिकाले लगेर अपचलन गरिएको पाइएको छ ।

एमाले सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो १ बजे बस्न लागेको हो ।
आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।
एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ ।

आफूमाथि गरिएको कारबाही विधानसम्मत नभएको भीम रावलको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वनेता डा. भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको दाबी गरेका छन् ।
पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।”
एमाले सचिवालय बैठकले उनलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ । एमालेमा रहँदा उनले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गरेका थिए ।
पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने डा. रावल पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी थिए । विसं २०३२ मा सदस्य लिएपछि देश, जनता, स्वाभिमान र सिद्धान्तप्रति इमान्दार भई पार्टीभित्र सम्हाल्दै आएको जिम्मेवारी र सामना गर्नुपरेका चुनौतीलगायत विषय उनले आज पत्रकार सम्मेलनमा जनाए ।

वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता

काठमाण्डौं । वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयता पाउने भएका छन् । समाजवादीमा आउँदा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले तेस्रो वरीयता पाउने गरी मोटामोटी सहमति भएको हो ।
समाजवादीको केन्द्रीय कार्यालय बानेश्वरको आलोकनगरमा भएको दुई दलीय छलफल गौतम पार्टीमा आउने गरी समझदारी भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘उहाँहरूसँग राम्रो कुराकानी भयो । हामी आज सैद्धान्तिक विषयमा बढी केन्द्रित भयौं । उहाँले पहिलेदेखि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक प्रणालीको विषय उठाउँदै आउनुभएको थियो । तर यसमा तत्काल निष्कर्ष निकाल्ने बेला भएको छैन । राम्रा नराम्रा पक्षको चर्चा गर्दै आन्तरिक छलफलबाट निष्कर्ष निकाल्दै जाने समझदारी भयो,’ खतिवडाले भने, ‘तर उहाँ नेकपा समाजवादीमा आउने पक्का भयो । आन्तरिक समझदारी भएको छ । उहाँलाई समाजवादीमा तेस्रो वरीयता हुने गरी लगभग सहमति भएको छ । अबको १५ दिन हाराहारीमा औपचारिक सहमति हुन्छ भन्ने हाम्रो विश्वास छ ।’
समाजवादीमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि गौतमले वरिष्ठ नेताको वरीयता पाउने भएका छन् ।
पहिले गौतमको विषय टुंगिएपछि अन्य नेताहरूलाई पनि व्यवस्थापन गर्दै जाने खतिवडाले दिए ।
समाजवादीसँग छलफल गरेपछि गौतमले पनि एकजुट हुने समझदारी भएको जानकारी दिए ।
‘माधव जी र म एकजुट हुने भइयो नि त । माधवजीले नै भीम रावललाई के गर्ने गर्नुहोला, मलाई थाहा भएन,’ छलफलपछि गौतमले भने ।
एमालेसँग दुरी बढेपछि गौतम समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।
एमालेसँग दुरी बढेपछि निष्कासनमा परेका अर्का नेता भीम रावलले बुधबारै ‘मातृभूमि जागरण अभियान’ गर्ने घोषणा गरेका छन् ।

प्रभु बैंकले नयाँवर्षको अवसरमा शुरु गर्यो डिजिटल काउन्टर

काठमाडौं । अंग्रेजी नयांँ बर्ष २०२५ को शुरुवातसंगै प्रभु बैंकले बिद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ ।
उक्त काउण्टर मार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा विभिन्न किओस्क मेशिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको छ ।
यस सेवाको शुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिनेछ ।
साथै यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...