Page 4

सिटिजन्स बैंक र बाईकर्स क्याफेबीच संझौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्साल, काठमाडौंस्थित बाईकर्स क्याफे बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बाईकर्स क्याफेमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिब १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

गरिमा विकास बैंक र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र वात्सल्य नेचुरल आईभिएफ प्रालिबीच आईभीएफ उपचार पद्धतिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतामा बैंकका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरल आईभिएफका डिजिटल तथा मिडिया म्यानेजर नविन विष्टले हस्ताक्षर गरेका हुन् ।
पछिल्लो समयमा मानवीय जीवनशैलीमा आएको परिवर्तन, तनाव, खानपिन एवं बढ्दो उमेरले युवा पुस्ताहरुमा बृद्धि हुँदै गईरहेको निसन्तानपनको उपचारका लागि नेपालमा लामो समय देखि ख्याती प्राप्त वात्सल्य नेचुरल आईभिएफसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरिएको हो ।
सम्झौता पश्चात यस विकास बैंकका सम्पूर्ण ग्राहकहरुले वात्सल्य नेचुरल आईभिएफमा निसन्तान सम्बन्धी उपचारको प्याकेजमा एकमुष्ठ रु १०,०००, प्याथोलोजी परीक्षणमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । विकास बैंकका खातावाल ग्राहक, डेविट तथा क्रेडिट कार्डहोल्डरहरुले वात्सल्य नेचुरल आईभिएफको सम्पूर्ण आउटलेटहरुबाट उक्त छुट प्राप्त गर्नछन् ।
बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

शेयर बजारमा २४.५० अंकको सुधार, ९ अर्ब ४० करोडको कारोबार

काठमाडौं । लगातार तीन दिन घटेको शेयर बजारमा आज भने सुधार आएको छ । बजार दोहोरो अंकले उचालिंएसँगै करीब साढे ९ अर्बको कारोबार समेत भएको छ ।
गत साताको अन्तिम दिन बिहीबार ११.१० अंक, यो साताको आइतबार १०.४१ अंक र हिजो सोमबार १०.५४ अंक तल झरेको बजार आज भने २४.५० अंकले उचालिएको हो । ०.९३ प्रतिशतले बजार बढ्दा नेप्से २६५७.७७ अंकमा उक्लिएको नेप्सेले जानकारी दिएको छ ।
बजार उचालिएसँगै आज सबै समूहमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा बढी ४.०७ प्रतिशतले बढेको हो ।
आज ३२५ कम्पनीका १ करोड ९६ लाख ८० हजार १ सय ९५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३.९४ रुपियाँ बराबरको कारोबार भएको छ ।
विभिन्न ७ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । उपकार लघुवित्त, सिक्लेस हाइड्रो, थ्री स्टार हाइड्रो, जानकी फाइनान्स, ङादी हाइड्रो, सामुदायिक लघुवित्त र सिन्धु विकास बैंकका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, १०, ९.९९, ९.९८ र ९.४७ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै दोल्ती पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.४३ प्रतिशतले घाटा व्यहोरेका छन् । आज १०१ कम्पनीको शेयर मूल्य घट्दा बाँकी अरु कम्पनीको शेयर बढेको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३८ करोड २१ लख ३२ हजार १ सय ८७.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार १०.४१ अंकले बजार घट्दा ९ अर्ब १२ करोड र हिजो सोमबार १०.५४ अंकले बजार घट्दा ८ अर्ब ८६ करोड रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

काठमाडौँमा अन्तर्क्रिया कार्यक्रम गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चाले आज (मंगलबार) काठमाडौँमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । नेकपा माओवादी केन्द्रसहित विभिन्न चार दल सम्मिलित मोर्चाको काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा मध्याह्न १२ बजेबाट कार्यक्रम सुरु हुने जनाईएको छ ।
‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शीर्षकमा अन्तरक्रिया हुन लागेको हो । गत माघ २ गते बसेको मोर्चाको बैठकले शहीद दिवसको अवसरमा माघ १६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेकोमा एक दिन अघि नै उक्त कार्यक्रम गर्न लागिएको जनाईएको छ ।
समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । २०८० साल असार ४ गते समाजवादी मोर्चा गठन भएको थियो ।

एमाले संसदीय दलको बैठक १ बजे बस्दै

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ ।
आज दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । माघ १८ गतेदेखि सुरू हने संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो ।

अध्यादेश र मन्त्रीको कामप्रति कांग्रेस सांसदहरूको असन्तुष्टि

काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरूले सरकारले ल्याएको अध्यादेशबारे पार्टीका सांसदहरूसँग कुनै छलफल नै नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । साथै उनीहरूले पार्टीका तर्फबाट मन्त्री भएकाहरूले पनि सांसदहरूसँग कुनै छलफल गर्ने नगरेको गुनासो गरेका छन् ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले यस्तो गुनासो गरेका हुन् । उनीहरूले बजेट कार्यान्वयनका सवालमा समेत प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले दोस्रो दिनको बैठकमा १७ जना सांसदले गम्भीर प्रश्नहरू उठाएको जनाए ।
उनले सांसदहरू बोल्न बाँकी रहेकाले १८ गते बिहान ८ बजे बस्ने बैठकमा मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको जनाए । सांसद रामहरि खतिवडाले अधिकांश सांसदले मन्त्रीहरूलाई राम्रोसँग काम गर्न आग्रह गरेको जनाए । उनले अध्यादेश ल्याउँदा सांसदहरूसँग छलफल नगरेकोमा समेत प्रश्न गरेको जनाए ।
उनीहरूको कुरा सुनेपछि सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई आगामी दिनमा सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका थिए ।

सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी

काठमाडौं । सङ्घीय संसदको आशन्न हिउँदे अधिवेशनमा सत्तापक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तापक्षीय राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतसमेत सहभागी छन्।
बैठकको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरुलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने जनाए । संसदलाई पर्याप्त बिजनेश दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरुको प्रभावकारी भूमिका आवश्यक पर्ने उनको भनाई छ ।
यही माघ १८ गतेदेखि संसदको हिउँदे अधिवेशन प्रारम्भ हुँदैछ।

आठौं चेम्बर एक्स्पो माघ १७–२१ गतेसम्म भृकुटीमण्डपमा हुने

काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाण्डुको भृकुटीमण्डपमा आगामी बिहीबारदेखि सुरु हुँदैछ ।
अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर एण्ड एआई प्रोजेक्टसहित आठौं नेपाल चेम्बर एक्स्पो माघ १७–२१ गतेसम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चेम्बर मेलामा स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जनाए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको छ ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालले जनाए । सूचना प्रविधिको विकाससँगै चेम्बर एक्स्पोको आकर्षणका रूपमा यस वर्ष सफ्टवेयर एण्ड एआई प्रोजेक्ट स्टलका रूपमा रहनु सबैभन्दा महत्त्वपूर्ण रहेको अध्यक्ष अग्रवालले जनाए ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगहरूलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको व्याकअपका रूपमा विकास गरिनुपर्नेमा जोड दिए ।
व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देशभित्र खपत हुने सफ्टवेयरहरूको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए ।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिए ।
चेम्बर अफ कमर्सको सूचना प्रविधि समिति सभापति विज्ञान श्रेष्ठले चेम्बर एक्स्पोमा यसपटक आईटी उत्पादनहरूलाई उच्च प्राथमिकतामा राखिएको जनाए ।
विगतझै यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरू, हस्तकला, लत्ता कपडाका सामानहरू, अटोमोबाइल, इलेक्ट्रोनिक, होमएप्लिकेसन, लजिस्टिकस्, टेक्स्टाइल, फर्निचर, गार्मेन्टस्, लेदर गूड्स्, जोइलर्स, कस्मेटिक्स, फूड एण्ड डेरी प्रोडक्सट्स् आदि सामग्रीको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ ।
चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्याण्ड, यूएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरूमा उत्पादित वस्तुहरूको प्रदर्शनी र व्यावसायीले सहभागिता जनाउनेछन् ।
स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टलहरू एक्स्पोमा राखिनेछन् । ५ दिनसम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले जनाए । चेम्बर मेलामा ब्युटी पार्टनरको रूपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रूपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रूपमा वर्ल्ड लिंक तथा एजुकेसन पार्टनरका रूपमा सफ्टवेरिका कलेज, सनवे कलेज छन् । अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले उल्लेख गरेको मेलाका संयोजक राष्ट्रभूषण चाकुबजीले जानकारी दिए ।

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले रुकुमस्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
माघ १४ गते आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२औं शाखाको उद्घाटन गरेका हुन् ।
सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
आठविसकोट शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।
आठविसकोट शाखा सहित, एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रभु महालक्ष्मी लाइफद्वारा एमडिआरटिका लागि छनोट भएका अभिकर्ताहरु सम्मानित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
पोखरामा माघ १० देखि १३ गतेसम्म ४ दिन चलेको एमडिआरटि सेलिब्रेसन एण्ड भिजन क्र्याफ्टिङ २०२५ कार्यक्रम उल्लास, उत्सव र व्यवसायीक क्षमता अभिबृद्धिका लागि सोच परिवर्तन तालिमका साथ भब्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रम उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईंले यहाँहरुले गर्नुभएको उपलब्धीलाई कम्पनीले सदा सम्मान गर्ने जनाए । यस पटकको सम्मान कार्यक्रम उत्सव मात्र नभएर महा उत्सवको रुपमा रहेको जनाए ।
व्यवसायीक क्षमता बृद्धिको लागि ज्ञान आर्जन र प्राप्त उपलब्धीहरुलाई हर्षोल्लासपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भयो । ख्यातीप्राप्त सर्टिफाइड मास्टर ट्रेनर इन्द्र गुरुङ नेतृत्वको टिमले २ दिने रचनात्मक तरिकाले सहभागीहरुलाई व्यवसायीक क्षमता अभिबृद्धि गर्न सोच परिवर्तन र उत्प्रेरणका सन्दर्भमा तालिम प्रदान गरे ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै एमडिआरटि हुनु भनेको अभिकर्ताहरुले अन्तराष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउनु रहेको जनाए । सम्बोधनकै क्रममा नायब प्रमुख कार्यकारी अधिकृत लामिछानेले अभिकर्ताहरुले प्रयास गरे केही असम्भव नहुने जनाए । अन्य सहभागीहरुलाई सम्मानित अभिकर्ताहरुबाट सिक्न र जोस जागरका साथ काम गर्न हौसला प्रदान गरे ।
उक्त कार्यक्रममा मुख्य आकर्षण एमडिआरटि सम्मान, व्यवसायीक क्षमता अभिबृद्धिका लागि सोच परिवर्तन तालिमका साथै पोखरा र आसपासमा रहेका धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण रहेको थियो । कार्यक्रममा एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुका साथै उच्च व्यवस्थापन टिम गरी करिब २५० जनाको उल्लेख्य सहभागिता थियो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...