शेयर बजारमा २४.५० अंकको सुधार, ९ अर्ब ४० करोडको कारोबार

काठमाडौं । लगातार तीन दिन घटेको शेयर बजारमा आज भने सुधार आएको छ । बजार दोहोरो अंकले उचालिंएसँगै करीब साढे ९ अर्बको कारोबार समेत भएको छ ।
गत साताको अन्तिम दिन बिहीबार ११.१० अंक, यो साताको आइतबार १०.४१ अंक र हिजो सोमबार १०.५४ अंक तल झरेको बजार आज भने २४.५० अंकले उचालिएको हो । ०.९३ प्रतिशतले बजार बढ्दा नेप्से २६५७.७७ अंकमा उक्लिएको नेप्सेले जानकारी दिएको छ ।
बजार उचालिएसँगै आज सबै समूहमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा बढी ४.०७ प्रतिशतले बढेको हो ।
आज ३२५ कम्पनीका १ करोड ९६ लाख ८० हजार १ सय ९५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३.९४ रुपियाँ बराबरको कारोबार भएको छ ।
विभिन्न ७ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । उपकार लघुवित्त, सिक्लेस हाइड्रो, थ्री स्टार हाइड्रो, जानकी फाइनान्स, ङादी हाइड्रो, सामुदायिक लघुवित्त र सिन्धु विकास बैंकका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, १०, ९.९९, ९.९८ र ९.४७ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै दोल्ती पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.४३ प्रतिशतले घाटा व्यहोरेका छन् । आज १०१ कम्पनीको शेयर मूल्य घट्दा बाँकी अरु कम्पनीको शेयर बढेको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३८ करोड २१ लख ३२ हजार १ सय ८७.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार १०.४१ अंकले बजार घट्दा ९ अर्ब १२ करोड र हिजो सोमबार १०.५४ अंकले बजार घट्दा ८ अर्ब ८६ करोड रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

LEAVE A REPLY