Page 8

एमसीसीले देशलाई फाइदा गरेको देउवाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको दाबी गरेका छन् ।
बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
एमसीसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै उनले अहिले आम नागरिकले सही रहेछ भन्नेकुरा बुझेको जिकिर गरे ।
‘एक पटक एमसीसी पास गर्ने बेलामा, एमसीसी सही छाप गर्ने बेलामा धेरै ठूलो विरोध भयो,’ देउवाले भने, ‘पार्लियामेन्टबाट पास गराउन पनि धेरै गाह्रो भयो । अहिले सबैलाई थाहा भयो की त्यो साँच्चिकै राम्रो रहेछ भनेर । यसले नेपाललाई फाइदै गरेको छ, हानी गरेको छैन भनेर ।’
साथै, उनले एमसीसी परियोजना ऋणमा नआएको पनि जनाए ।
‘यो ग्रान्टमा आएको हो, ऋणमा आएको होइन । त्यसले अहिले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखे । राम्रो गरेको छ,’ उनले भने ।
व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने देउवाको भनाइ थियो ।
‘व्यापार गर्ने व्यापारीले नै हो, उद्योग खोल्ने उद्योगपतिले नै हो । सरकारले उद्योगपति र व्यापारी बन्नेकुरा पनि छैन । हाम्रो देश भारत र चीनको बीचमा छ । त्यसको असर पनि हामीलाई पर्दछ । प्रभावहरू हाम्रोमा पर्दछन्,’ देउवाले भने ।

रवि लामिछानेलाई पत्नी र वकिलको जिम्मामा छाडियो

रुपन्देही। रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हाजिरी जमानीमा रिहा भएका छन् ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई भोलि उपस्थित हुने सर्तमा पत्नी निकिता र कानून व्यवसायीको जिम्मा लगाउन आदेश दिएको हो।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिएको छ।
भोलिदेखि थुनछेक बहस सुरू हुनेछ। आज पत्नी र कानुन व्यवसायीको जिम्मामा रिहा गरिएको साथै भोलि १० बजे अदालतमा उपस्थित हुनुपर्ने भनिएको छ।

आइएमई पेमा रकम प्राप्त गर्दा ५०० रुपैयाँ बोनस

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने अवसर सार्वजनिक गरेको छ ।
विश्वको जुनकुनै देशमा रहेर कमाएको पैसा आइएमई पे मार्फत नेपालमा प्राप्त गर्न सकिन्छ ।
आइएमई पेमा रकम प्राप्त गर्दा दश हजार सम्ममा ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यस्तै, कारोबारको रकम अनुसार पचास हजार, एक लाख र दुई लाख सम्ममा क्रमश १००, २०० र ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।
कारोबारमा संलग्न एकजनाले महिनाको दुई पटक सम्म बोनस प्राप्त गर्न सक्नेछन्। यो योजना मार्फत आइएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घर सम्मै पुग्ने विश्वासको समेत बृदि हुने कम्पनीले जनाएको छ ।
आफन्तको पैसा आईएमई पेमा प्राप्त गर्दा आफन्तले नै बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धि मुलक बन्न सक्ने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७६०.०९ कायम गरिएको छ । यसअघि रु. ८३६.१० थियो ।
समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।

शेयर बजारमा ५२ अंकको उछाल, ९ अर्बमाथिको कारोबार

काठमाडौं । शेयर बजारमा फेरि उत्साह फर्किने संकेत गरेको छ । अघिल्लो दिन १५ अंकले नेप्से सूचक बढ्दा ६ अर्बमाथिको कारोबार भएको थियो । लगत्तै बुधबारको बजारमा एकै दिन ५२ अंकमाथिले नेप्से सूचक बढ्दा ९ अर्बमाथिको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५२.३६ अंकले बढेर २६ सय ६५ विन्दुमा उक्लिएको छ भने ९ अर्ब २० करोड ३० लाख रुपियाँ बराबरको एक करोड ७६ लाख ९२ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी इन्भेष्टमेन्ट समूहको उपसूचक ३.८२ प्रतिशतले बढ्दा डेभलपमेन्ट बैंक समूहको उपसूचक २.७४ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक २.७१ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.२५ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक २.१२ प्रतिशतले बढेका छन् । बाँकी समूहको उपसूचक २ प्रतिशत कमले बढेका छन् ।
आज बजारमा कारोबार भएका कम्पनीहरुमध्ये १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ वटाको मात्र घटेको छ । बाँकी ९ वटाको शेयर मूल्य स्थिर रहेको नेप्सेले जानकारी दिएको छ ।

टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

काठमाडौं । उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।
बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । त्यतिबेला होटलमा २३४ पाहुना थिए ।
आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए । होटलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको थियो । अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको थियो ।
आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो । त्यसैले धेरैलाई होटलभित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन भएको थियो । स्थानीय मिडियाहरुका अनुसार आगो लाग्दा पनि चेतावनीको साइरन बजेको थिएन ।
टर्कीका गृहमन्त्री अलि येरलिकायाले घटनास्थलको निरीक्षणपछि ७६ जनाको मृत्यु र कम्तिमा ५० जना घाइते भएको जानकारी पत्रकारहरुलाई दिएका छन् । उनले यो घटनाबाट सरकार दुःखी भएको जनाए ।

यू–१९ महिला विश्वकप ः नेपाल र अस्ट्रेलिया भिड्दै

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले बुधबार समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग खेल्न लागेको हो ।
पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा नेपाल रहेको छ ।
मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुन्छ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।
अस्ट्रेलिया दुई जितसहित चार अंकका साथ समूहको शीर्ष स्थानमा छ । बंगलादेश र स्कटल्याण्ड समान दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहीन नेपाल अन्तिममा छ ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलंका र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इंग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।

आज रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित हुदै

काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन्।
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित हुन लागेका हुन्।
लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगिसकेका छन्।
लामिछानेमाथि रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ। आज अदालतमा हाजिर भएपछि सुरुमा उनको बयान हुनेछ। त्यसपछि थुनछेक बहस प्रारम्भ हुनेछ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो। लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
लामिछाने र पूर्वडीआईजीसमेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राई जीबीसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो।
पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो। लामिछानेसँग चार करोड बढी बिगो माग गरिएको छ।

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने प्रणाली विकास गरिने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने दाबी गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट पारेका हुन् ।
कार्यक्रममा हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न नसक्ने र लगानी स्वदेश र विदेशमा आदानप्रदान हुने खालका सकजीकरणका व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको भन्दै प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिएका थिए ।

रवि लामिछाने भोलि रुपन्देही अदालतमा उपस्थित हुने

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुटवल आएका छन् ।
सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित हुन उनी आज रूपन्देही आएका हुन् । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।
लामिछाने यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...