Page 11

महालक्ष्मी विकास बैंकद्धारा ग्राहकहरुको समस्या समाधान गर्न ‘कल सेन्टर’ को सुरुवात

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
बैंकिङ्ग सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको हो ।
उक्त सेन्टरबाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्ने, गा्रहकहरुको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवाहरु सम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङ्ग सम्बन्धी आइपर्ने प्राविधिक समस्याहरुको सम्बोधन गर्ने, ग्राहकहरुबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडी बढाउने लगायतका कार्यहरु गर्नेछ ।
बैंकले एक निश्चित समय भित्र कल सेन्टर मार्फत आएका गुनासो–जिज्ञासा–उजुरीहरुको सम्बोधन गर्नेछ । यसबाट ग्राहकहरुको समस्याहरुको व्यवस्थापन र समाधान गर्न सहज हुने तथा ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

क्यारिबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प

काठमाण्डौं । केम्यान टापुहरूको दक्षिणपश्चिममा क्यारिबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि केही टापु र देशहरूलाई सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्र छोड्न आग्रह गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयानुसार शनिबार साँझ ६ः२३ बजे समुद्रको बीचमा यो भूकम्प गएको र यसको गहिराइ १० किलोमिटर रहेको छ । यसको केन्द्रबिन्दु केम्यान टापुको जर्ज टाउनबाट २०९ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो ।
अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले अमेरिकी मुख्य भूमिमा सुनामीको कुनै चेतावनी नभएको जनाएको छ । तर, पोर्टो रिको र अमेरिकी भर्जिन टापुहरूको लागि सुनामी चेतावनी जारी गरेको थियो, जुन पछि रद्द गरिएको छ ।
स्थानीय सञ्चार माध्यमहरूका अनुसार पोर्टो रिकोको उत्तरपश्चिमी क्षेत्रमा खतरा बढेपछि मानिसहरू तटीय क्षेत्र छोड्न बाध्य भएका छन् ।
जोखिम व्यवस्थापन केम्यान टापुहरूले तट नजिकै रहेका बासिन्दाहरूलाई भित्री र अग्लो जमिनमा सर्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय सुनामी सूचना केन्द्रले क्युबा, जमैका, मेक्सिको, हन्डुरस, बहामास, हाइटी, टक्र्स र काइकोस, सान एन्ड्रेस प्रोभिडेन्स, बेलिज, डोमिनिकन रिपब्लिक, कोलम्बिया, पनामा, पोर्टो रिको, कोस्टारिका, अरुबा, बोनेयर, कुराकाओ, अमेरिकी भर्जिन टापुहरू, ब्रिटिश भर्जिन टापुहरू र साबाको केही तटहरूमा आगामी तीन घण्टाभित्र खतरनाक सुनामी छालहरू आउन सक्ने चेतावनी दिएको छ ।
अमेरिकी सरकारको राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले क्युबाका केही तटहरूमा ज्वारभाटाको सतहभन्दा १ देखि ३ मिटर माथिसम्म पुग्ने सुनामी छालहरू आउन सक्ने जनाएको छ ।

सल्यान महोत्सवका स्टलहरूमा आगलागी, करोडौँको नोक्सान

सुर्खेत । दोश्रो वृहत् सल्यान महोत्सवका स्टलहरुमा भिषण आगलागी भएको छ । आठ दिनअघि मात्रै सल्यानको श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले शुरू गरेको महोत्सवमा भएको आगलागीका कारण करोडौँको नोक्सान भएको छ ।
शनिबार राति अन्दाजी ११ बजे आगलागी हुँदा ८० स्टल जलेर ध्वस्त भएका छन् । आगलागीबाट करोडौंको क्षति भएको आयोजकले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटेका थिए । अहिले भने आगो नियन्त्रणमा लिई व्यवस्थापनको काम भइरहेको आयोजकले जनाएको छ ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौं । प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने बस्दैछ ।
माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदन, २०८१ पेस गर्नेछन् ।
यसैगरी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिन प्रस्ताव पेस गर्ने छन् । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णायार्थ पेस गरिने छ ।
यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’, नेपाल प्रहरी विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रस्ताव गर्ने, सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई प्रस्ताव गर्न अनुमति माग्ने प्रस्ताव, प्रस्तुत गर्ने र प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ ।
बैठकमा भने सरकारले ल्याएको अध्यादेशलाई कार्यसूचीमा समावेश गरिएको छैन ।

चितवनमा बस पल्टिँदा २३ जना घाइते

काठमाण्डौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाण्डौ आइरहेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आइतबार बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
प्रहरीका अनुसार बसमा रहेका २८ जनामध्ये २३ जना घाइते भएका छन् ।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अरू यात्रु सकुशल छन् । टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

चितुवाको आक्रमणबाट बर्दियाममा महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ।
बर्दियाको मधुवन नगरपालिका ७ बस्‍ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको शुक्रबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए।
उनले भने, ‘नेपाल भारत सीमा क्षेत्रमा उहाँ बाख्रा चराउन जानु भएको र विहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो। त्यसपछि स्थानीयले देखेपछि होहल्ला गरेपछि चितुवा भागेको थियो।’
डिएसपी मगरका अनुसार स्थानीयले प्रहरीलाई दिउँसो साढे १ बजेतिर मात्रै खबर गरेको थियो।
घाइते भएकी जुनालाई जिल्ला अस्पताल गुलरिया पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो।

दलित समुदायको विशेषाधिकारलाई कार्यान्वयन गर्नुपर्ने प्रचण्डको धारणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गरेर लैजानुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । दलित समुदायमाथिका छुवाछुत र जातीय विभेद जस्ता अमानवीय र निकृष्ट व्यवहार वर्गीय र राजनीतिक समस्या भएको उल्लेख गर्दै उनले यसलाई राजनीतिक रुपमा नै हल गर्न विशेषाअधिकारको नीति आवश्यक रहेको र यसलाई सबैतिर लागु गरेर लैजानुपर्ने जनाए । जनयुद्धसहित नेपालमा चलेका तमाम आन्दोलनमा दलित समुदायको विशेष भूमिका रहेको उल्लेख गर्दै जनयुद्धमा प्रथम सहिद दिलबहादुर रम्तेल भएको घटनाले पनि आजको राजनीतिक परिवर्तनमा दलित समुदायको योगदान पुष्टि गर्ने उनले जनाए ।
पार्टी शान्तिकालमा आइसकेपछि आफ्नो वर्ग र समुदायका एजेण्डालाई दृढतापूर्वक अघि बढाउन केही कमजोरी भएको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले अब यसलाई दृढताका साथ अघि बढाउनुर्छ भनेर भर्खरे सम्पन्न केन्द्रीय समिति बैठकबाट दलित समुदायको विशेषाधिकार सम्बन्धी विशेष प्रस्ताव नै पारित गरेको जानकारी दिए ।
उनले भने, ‘हाम्रो पार्टीले दलित समुदायको मुक्तिका लागि राज्यका सबै अङ्ग र निकाय तथा सामाजिक जीवनका सबै क्षेत्रमा विशेषाधकिारको व्यवस्था गर्नु पर्दछ भन्ने स्पष्ट नीति अघि सार्दै आएको छ ।’ उनले थप भने, ‘विशेषाधिकारको यो नीति ऐतिहासिक भौतिकवादको अध्ययनका आधारमा क्षतिपूर्तिको सिद्धान्तअनुरुप रहेको छ । नेपालको ठोस सन्दर्भमा दलित, महिला र मुस्लिम समुदायलाई राज्यका सबै अङ्ग, निकाय र क्षेत्रमा जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्वमाथि ऐतिहासिक क्षतिपूर्ति स्वरुप निश्चित प्रतिशत थप गरी विशेषाधिकारको व्यवस्था गर्नु पर्दछ ।’
उत्पीडित वर्ग र समुदायको हितमा पार्टीले विशेषाधिकारको नीति अनुरुप नै पार्टीको संगठन र संरचनामा समेत दलित नेतृत्वको विकासमा जोड दिंदै आइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीले गहिरो आत्मसमीक्षासहित विशेषाधिकारसम्बन्धी आफ्नो स्पष्ट नीतिलाई सरकार, सदन र सरकारका तीनवटै मोर्चाबाट दृढतापूर्वका अगाडि बढाउने जानकारी दिए ।

प्रधानमन्त्रीले गरे मुख्यमन्त्रीहरूसँग भर्चुअल बैठक, ‘एक्सनमा जान्छौं’

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र संघीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा शुक्रबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रूम’बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग पहिलोपटक भर्चुअल संवाद गरेका हुन् ।
करीब साढे २ घण्टा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्लाएक्लै पनि छलफल गर्नुपर्ने आवश्यकता देखिएको जनाउँदै आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी जुट्दा थप छलफल गर्दै जाने विश्वास दिलाए ।
उनले सकेसम्म प्रदेशमै पुगेर र कतिपय प्रदेश सभामा पनि पुगेर राष्ट्र निर्माणबारे केन्द्र र प्रदेशका सोचबारे विमर्श गर्ने र समस्याको पहिचान गरी कार्यान्वयनको ‘एक्सन’मा जाने जानकारी दिए । प्रधानमन्त्री ओलीले अहिलेको सूचना र प्रविधिको जमानामा यसको उपयोग गरी जिल्ला तह र आयोजनागत रूपमा मुख्यमन्त्रीहरूले छलफल गर्न सकिने सुझाव दिए ।
प्रधानमन्त्री ओलीले आफू पहिला प्रधानमन्त्री हुँदा सिंहदरबारस्थित कार्यालयमा एक्सन रूमबाट देशभरका निर्माणाधीन आयोजनाबारे अनुगमन र छलफल गर्न थालेको स्मरण गराउँदै यस कक्षको उपयोगलाई बढाउँदै जाने जनाए ।
प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा, १० कक्षा (एसइई) मा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण हुने अवस्था सुधार्न आफूले केही युवाहरूको सहयोगमा अनलाइन माध्यमबाट मुख्य विषयहरूमा अतिरिक्त कक्षा सञ्चालनको आरम्भ गराएको बताउँदै ५७ हजार विद्यार्थी सहभागी हुने जानकारी गराए ।
आगामी वर्षदेखि यसै वर्षदेखि यस प्रकारको तयारी गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले विकासको आधारका रूपमा शिक्षालाई लिनुपर्नेमा जोड दिए । उनले डिजिटल नेपालतर्फ आफूहरू अघि बढेकाले स्वास्थ्य लगायत अन्य क्षेत्रमा पनि सूचना र प्रविधिको उपयोग गरेर जनतालाई लाभ दिन सकिने जनाए ।
संवादमा मुख्यमन्त्रीहरूले यस प्रकारको छलफल राखिएकोमा आभार व्यक्त गर्दै आफ्ना सरकारले चालू आर्थिक वर्षको हालसम्म हासिल गरेका भौतिक र वित्तीय प्रगति, विद्यमान चुनौती र समस्या समाधानका उपायबारे अवगत गराएका थिए । उनीहरूले बहुवर्षीय ठेक्का लागेका कार्यक्रममा बजेटको निरन्तरतासहित अनुदान रकम वृद्धि हुनुपर्ने, आयोजना सञ्चालनका लागि रुख कटान र जग्गा प्राप्तिमा सहजता हुनुपर्ने, विपद् व्यवस्थापनमा बजेट थपिनुपर्ने, जनशक्ति व्यवस्थापन, भन्सारमा हुने चोरी–निकासी नियन्त्रण गर्नुपर्ने, गण्डकीलाई पर्यटकको केन्द्रका रूपमा विकास गर्न निर्माणधीन सडक विस्तार छिटो सम्पन्न गर्नुपर्ने, पूर्वपश्चिम रेलमार्ग निर्माणका लागि मुअब्जा विवाद टुंग्याउनुपर्ने, कार्यविस्तृतीकरण पुनर्विचार गर्नुपर्ने, प्रदेशमा पर्यटक र आम्दानी वृद्धिका लागि सहजीकरण गरिनुपर्ने लगायत सुझाव दिएका थिए ।
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले मुख्यमन्त्रीहरूले उठाएका समस्याका विषय संघीय मन्त्रिपरिषद्को बैठक र नेपाल सरकारका सचिवहरूको बैठकमा छलफलको विषय बनाएर सम्बोधन गरिने जनाए ।
संवादमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा। युवराज खतिवडा र उच्च अधिकारीहरूको सहभागिता थियो ।

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा

कठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।
माघ २५ गते बसेको कम्पनी सञ्चालक स्मितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
जसमा बोनस ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

नयाँ उद्यमी जन्माउँदै नबिल एसएसई

काठमाडौं । सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंकले सुरु गरेको नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) कार्यक्रममा नयाँ सोच भएको युवालाई उद्यमशिलतामा विकासमा सघाउँदै लगेको छ । नबिल बैंकले सन् २०२१ बाट सामाजिक उद्यमशिलता प्रवर्द्धनको लागि सुरु गरेको फेलोसिप कार्यक्रममको चौथो संकरण पुरा भएको हो ।
बैंकले सामाजिक उद्यमशीलतामा रुची राख्ने, नवीन सोच भएका तथा उद्यमशील क्रियाकलापमा संलग्न नवउद्यमलाई आवश्यक ज्ञान र मार्गनिर्देशन प्रदान गर्ने उद्देश्यले तीन वर्षअघि यस कार्यक्रमको सुरूवात गरेको थियो । यसअघि नबिल एसएसईले तीन समूहलाई उद्यमशीलता सम्बन्धित तालीम प्रदान गरिसकेको छ भने बिहीबार चौथो संस्करणको तालिम सम्पन्न गरेको छ ।
बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन गर्दै आएको छ । उद्यमशीलताको सोच भएका, के गर्ने भनेर सोच बनाइसकेका जुझारु व्यक्तिहरुलाई व्यावसायिक रुपमा सम्भाव्य बनाउन आवश्यक तालीम तथा प्रशिक्षण दिन बैंकले उक्त कार्यक्रम चलाएको हो । फेलोसिपमा सहभागीहरूबाट आउने नतिजाले देशमा रोजगारी सिर्जना, आर्थिक विकास तथा दिगो विकासका लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा लिएको बैंकले जनाएको छ ।
कार्यक्रमको चौथो संकरण सम्पन गरेको अवसरमा बैंकले फेलोसिप कार्यक्रमको प्रभावाकारिता सम्बन्धमा एक विशेष कार्यक्रमसमेत आयोजना गरेको थियो । ४ वर्षको अवधिमा बैंकको फेलोसिप कार्यक्रम अन्तरर्गत ६६ जनाले ६ महिनाको सामाजिक उद्यमसिलताको कोर्ष पुरा गरी उद्यमी बन्न तयार भएको बैंकले जनाएको छ । नबिल बैंकको फेलोसिप कोर्स लिएको ४५ जना युवाले आफ्नो व्यवसाय सुरु गरेको र १ हजार २०० भन्दा बढीले रोजगारी समेत प्राप्त गरेको बैंकले जनाएको छ ।
बैंकले आयोजना गरेको एक विशेष कार्यक्रममा नबिल बैंकका सञ्चालक निर्माण चौधरीले ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको जनाए । यो कार्यक्रमले समाज र सामाजिक मूल्यमा फरक परेको जनाए । चौधरीले नबिल बैंकले सञ्चालन गरिरहेको यस्ता कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने जनाए । उनले नेपाली उत्पादनलाई नबिल बैंकले प्रोत्साहन गरिरहेको र उक्त कार्य अर्थतन्त्रलाई अगाडि बढाउन माइलस्टोन साबित हुने दाबी गरे ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रुसाद ढुंगानाले नवउद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तयार रहेको जनाए । एक वर्षसम्म अध्ययन अनुसन्धान गरेर सञ्चालनमा ल्याइएको यस कार्यक्रम निकै प्रभावकारी बन्दै गएको उनले जनाए ।
‘सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत खर्च हुने रकमलाई एउटै उद्यमसिलतामूलक क्षेत्रमा लगाउने सोचले यस कार्यक्रमको विकास गरिएको हो,’ उनले भने, ‘कार्यक्रममा सुरुवाती चरणमा कम सहभागी भएपनि अहिले भने बढ्दै गएको छ । यस कार्यक्रमले युवाहरू विदेसिने क्रमलाई केही प्रतिशत रोक्न सक्ने हाम्रो विश्वास छ ।’
कार्यक्रम अन्तर्गत विदेशबाट फर्किएकाहरूलाई पनि अवसर सिर्जना भइरहेको उनले जनाए । विदेशबाट फर्केकाहरूलाई पनि सुलभ कर्जाबाट नेपालमै उद्यमी बन्नका लागि प्रेरित गरिरहेका उनले जनाए ।
बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सन् २०२१ मा सुरु गरिएको यस कार्यक्रम ४५ भन्दा बढी उद्यमीहरु जन्माएको जनाए । अहिलेसम्म ६० भन्दा बढीले फेलोसिप पाएको र १ हजार २ सय जनाले रोजगारी पाएको उनले जनाए ।
फेलोसिप कार्यक्रममा ६ महिनामै बजारीकरणदेखि उत्पादन, व्यवस्थापन, सीप लगायत व्यवसायको लागि चाहिने सम्पूर्ण नलेज प्राप्त गर्न सकिने उनले जनाए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले सिद्धान्त र व्यवहारिक ज्ञान हासिल गरे मात्रै नयाँ काम सम्भव हुने जनाए । उनले अहिले समाज र विद्यार्थीको मनस्थिति बदल्नुपर्ने समय रहेको र नबिल बैंकको यस कार्यक्रमले त्यसलाई पूरा गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम परिसर नबिल बैंकको फेलोसिप कार्यक्रममा संलग्न भएकाले आफूले उत्पादन गरेको वस्तुहरु पनि प्रदर्शनीमा राखेका थिए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...