काठमाडौं। सानिमा बैंकले ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबाट १५ मिलियन अमेरिकी डलर (बुधबारको विनियम दर अनुसार २ अर्ब १० करोड) को व्यापार ऋण ल्याउने भएको छ । बैंकले उक्त ऋणको लागि ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टसँग सम्झौता गरेको हो ।
सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा लगानी हुनेछ । यस साझेदारीले सानिमा बैंकको ‘ट्रेड फाइनान्स सर्भिस’ लाई महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
सम्झौतामा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले हस्ताक्षर गरे । उक्त साझेदारीले नेपालको उर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो उर्जा स्रोतहरू परिचालन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको जनाएको छ ।
बैंकले उक्त सम्झौता जैविक इन्धनको निर्भरता कम गर्न र जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासहरूमा केन्द्रित भएको जनाएको छ ।
सानिमा बैंकले ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबाट सवा २ अर्ब ऋण ल्याउने
प्रभु इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । यद्यपि, शेयर संख्या र मूल्य भने खुलाइएको छैन ।
शेयर किन्न इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, तिनकुने, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको अवधिभित्र खरिद निवेदन नपरेमा उत्तः शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिनेसमेत जानकारी कम्पनीले दिएको छ ।
एनएमबि हाईब्रिड फण्ड एल २ को इकाईमा भोलिसम्म आवेदन दिन सकिने
काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि भोलि फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ ।
क्यापिटलले प्रतिइकाई १० रुपियाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखीे योजना हो ।
साथै, यो योजना हाईब्रिड प्रकृतिको भएकाले सामान्यतया इक्विटी फण्डभन्दा तुलानात्मक रुपामा कम जोखिम हुने गर्दछ । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म अर्थात प्रति इकाई रु १० का दरले रु १ हजार देखि रु १२ करोड सम्मको आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
फण्डले १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।
फण्डको कुल १२ करोड इकाई मध्य कोष प्रवर्धक र योजना व्यवस्थापकले सम्पूण बीज पूँजी बराबरको १ करोड ८० लाख इकाई र ५८,४४० सर्बसाधारण–संस्थागत लगानीकर्ताहरुबाट १० करोड १५ लाख इकाईको लागि आवेदन प्राप्त भएको छ ।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबद्र्धकलाई इक्रा नेपाल–आईआर १ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रा नेपाल एएमसी क्वालिटी २ रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा उच्च विश्वास रहेको संकेत गर्दछ ।
उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सकिने छ ।
फागुन ७ हामी नेपालीको जीवनमा सर्वाधिक महत्वपूर्ण दिन ः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपाली जनतालाई शुभकामना दिएका छन् ।
बुधबार ७५औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले फागुन ७ गतेलाई नेपालीको जीवनमा सर्वाधिक महत्वपूर्ण दिनको रूपमा स्मरण गरेका छन् ।
‘फागुन ७ गते । आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो । गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।
प्रधानमन्त्री ओलीले जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान व्यक्त गरेका छन् ।
आज प्रजातन्त्र दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौँ । नेपालमा निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७५औँ प्रजातन्त्र दिवस मनाइँदैछ ।
जनताको सङ्घर्ष र बलिदानीबाट २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको थियो । मुुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायतले बलिदानी दिएका थिए । आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ ।
प्रजातन्त्र दिवसको महत्वको स्मरण गर्दै राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्षलगायतका दलका प्रमुखले नेपाली जनालाई शुभकामना सन्देश दिएका छन् । साथै ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्यजीवन बलिदान गर्ने अमर सहिदप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुँदैछन् ।
कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ ।
प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
प्रहरीका २ वरिष्ठ अधिकारी कीट विश्वविद्यालय पुगिसके ः मन्त्री राणा
काठमाण्डौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उडिसास्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा अवस्था बुझ्न नयाँदिल्लीस्थित नेपाली दूतावासका २ वरिष्ठ अधिकारी उडिसा पुगिसकेका जनाएकी छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मन्त्री राणाले विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई ‘फलोअप’ गरिरहेको जनाएकी छन् ।
‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँदिल्लीबाट नेपाल प्रहरीका २ जना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ । मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु ।’
घटनाका विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेको उनले जनाईन । ‘हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुव्र्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचनामार्फत गराएको छ,’ उनले भनेकी छन्, ‘परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।’
कीट विश्वविद्यालयले घटनाबाट दुःखी हुँदै नेपाली विद्यार्थी र नेपाली जनतासँग क्षमायाचना गरेको छ ।
अध्यादेशहरूको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यादेशहरुको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यादेशहरूको विपक्षमा उभिने निर्णय गरेको हो ।
‘अध्यादेशलाई समर्थन गर्न सकिने अवस्था छैन । त्यसैले प्रक्रियामा लगिए विपक्षमा मतदान गर्ने निर्णय गरेका छौं,’ प्रचार विभाग प्रमुख एवं उपाध्यक्ष प्रकाश ज्वालाले भने ।
उनका अनुसार देशको हितमा नभएकाले अध्यादेश अस्वीकृत गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको हो । ‘नियमित संसदमा नल्याएर अध्यादेश ल्याउनुको पछाडि गलत नियतले काम गरेको छ । अन्तर्वस्तुमा पनि सहमति जनाउन सकिने अवस्था छैन’, ज्वालाले भने ।
डल्फिन पोलिप्लास्टले पायो नेपाल गुणस्तर प्रमाणपत्र
काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । पीभीसी पाइप उत्पादनमा विशेषज्ञता हासिल गरेको प्रमाणका आधारमा डल्फिनलाई गुणस्तर प्रमाणपत्र प्रदान गरिएको हो ।
डल्फिन पोलिप्लास्टले गुणस्तर, नवीनता, र ग्राहक सन्तुष्टिलाई आफ्नो प्रमुख लक्ष्य मानेर काम गर्दै आएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘डल्फिनलाई दिइएको नेपाल गुणस्तर प्रमाणपत्रले कम्पनीको उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना भएको पुष्टि गर्दछ ।’
कम्पनीका प्रमुख उत्पादनहरूमा सी पीभीसी पाइप, सी पीभीसी फिटिङ, यू पीभीसी पाइप, यू पीभीसी फिटिङ, भूमिगत पाइप, र बोरवेल पाइपहरू समावेश रहेका छन् । यी उत्पादनहरू आवासीय, व्यावसायिक, अस्पताल, होटल, र सिँचाइ लगायत विभिन्न क्षेत्रमा प्रयोग हुँदै आइरहेका छन् ।
डल्फिन पोलिप्लास्ट स्थापनाकालदेखि नै आफ्ना ग्राहकहरूको विश्वास र सन्तुष्टिलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहेको छ । नेपाल गुणस्तर प्रमाणपत्र प्राप्तिले कम्पनीलाई गुणस्तरलाई थप सुदृढ गर्दै अघि बढ्न प्रेरित गरेको कम्पनीको भनाइ छ ।
कम्पनीको कारखाना मोरङ जिल्लाको ग्रामथान–२ मा अवस्थित छ भने दर्ता कार्यालय विराटनगर–५ मा रहेको छ ।
सानिमा बैंक र ब्रिटिश इन्टरनेशनलबीच सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ । यस साझेदारीले सानिमा बैंकको ट्रेड फाइनान्स सर्भिसलाई महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
उक्त सम्झौतामा बैंक सीईओ निश्चलराज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले य हस्ताक्षर गरेका छन् ।
यस साझेदारीले नेपालकोे उर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो उर्जा स्रोतहरू परिचालन गर्न महत्वपूर्ण योगदान पुर्याउने बैंकको विश्वास छ । देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२६ वटा एटिएमहरु संचालनमा रहेको बैंकले उल्लेख गरेको छ ।
शेयर बजारमा १२.६८ अंकको सुधार, १० अर्ब ४३ करोडको कारोबार
काठमाडौं । केही दिन देखि शेयर बजार निरन्तर बढिरहेको छ । यसैक्रममा आज पनि बजार दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.६८ अंकले उचालिएको हो । ०.४६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७४०.५९ अंकमा पुगेको छ ।
समग्रमा बजार उचालिए पनि विकास बैंक, फाइनान्स, होटल, उत्पादनमूलक, लघुवित्त र म्युचुअल फण्ड भने घटेका छन् । बाँकी अरु समूहमा हरियाली छाएको छ ।
३ सय १४ कम्पनीका १ करोड ८२ लाख ३० हजार ३ सय २ कित्ता शेयर किनबेच हुँदा आज १० अर्ब ४३ करोड ७० लाख ६ हजार २ सय १४.८२ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । वीन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल, गार्डियन माइक्रो लाइफ र पिपुल्स हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९ र ९.६५ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताहरुले १०, १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८२ करोड २ लाख ३६ हजार ९ सय १०.२० रुपियाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै दोस्रोमा नेपाल रि–इन्स्योरेन्सको ५१ करोड ६८ लाखको शेयर किनबेच भयो ।
साताको पहिलो दिन आइतबार १९.५६ अंकले बजार बढ्दा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपियाँ र हिजो सोमबार २९.८७ अंकले बजार बढ्दा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार ८ सय ३२.६४ रुपियाँ बराबरको कारोबार भएको थियो ।