काठमाडौं । केही दिन देखि शेयर बजार निरन्तर बढिरहेको छ । यसैक्रममा आज पनि बजार दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.६८ अंकले उचालिएको हो । ०.४६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७४०.५९ अंकमा पुगेको छ ।
समग्रमा बजार उचालिए पनि विकास बैंक, फाइनान्स, होटल, उत्पादनमूलक, लघुवित्त र म्युचुअल फण्ड भने घटेका छन् । बाँकी अरु समूहमा हरियाली छाएको छ ।
३ सय १४ कम्पनीका १ करोड ८२ लाख ३० हजार ३ सय २ कित्ता शेयर किनबेच हुँदा आज १० अर्ब ४३ करोड ७० लाख ६ हजार २ सय १४.८२ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । वीन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल, गार्डियन माइक्रो लाइफ र पिपुल्स हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९ र ९.६५ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताहरुले १०, १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८२ करोड २ लाख ३६ हजार ९ सय १०.२० रुपियाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै दोस्रोमा नेपाल रि–इन्स्योरेन्सको ५१ करोड ६८ लाखको शेयर किनबेच भयो ।
साताको पहिलो दिन आइतबार १९.५६ अंकले बजार बढ्दा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपियाँ र हिजो सोमबार २९.८७ अंकले बजार बढ्दा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार ८ सय ३२.६४ रुपियाँ बराबरको कारोबार भएको थियो ।