Page 9

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ।
मंगलबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
७ बुँदे सहमतिका आधारमा बनेको कांग्रेस एमाले गठबन्धनलाई यो संयन्त्रले सहजीकरण गर्दै आएको छ। नेताहरुका अनुसार अहिले सरकारले ल्याएको अध्यादेश संसद्बाट पारित गर्ने लगायतका विषयमा आज छलफल हुनेछ।
सरकारले ल्याएका ६ वटा अध्यादेश संसद्मा प्रस्तुत भएका छैनन्। राष्ट्रियसभामा निर्णायक मानिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालले निर्णय नलिएपछि अध्यादेश प्रस्तुत नभएको हो।

सिटिजन्स बैंकको नयाँ शाखा काठमाडौंको पानीपोखरीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनशनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८औं शाखा काठमाडौंको पानीपोखरीमा संचालनमा ल्याएको छ । यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३९ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५५ वटा शाखाहरु संचालनमा रहेका छन् ।
पानीपोखरीमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । उक्त कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे ।
सुविधा सम्पन्न यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिनेछ । डि म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र पहिलो बर्ष लकर शुुल्कमा ५०५ छुट उपलब्ध रहेको छ ।
देशैभरी ६० जिल्लामा फैलिएका१९८ वटा शाखा, १६३ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

क्यान इन्फोटेक भव्यताका साथ सम्मन्न, दुई लाख बढीले गरे अवलोकन

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ सम्पन्न भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) द्वारा आयोजित ३०औँ संस्करण काठमाडौँको भृकुटीमण्डपमा यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन भएको थियो ।
सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तन, स्टार्टअप तथा प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजित प्रदर्शनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । सरकारका उच्च अधिकारी, व्यवसायी, नीति निर्माता, विद्यार्थी तथा प्रविधिप्रेमीको उल्लेख्य सहभागिता रहेको यस संस्करणले डिजिटल नेपाल निर्माणलाई नयाँ गति दिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीको अन्तिम दिन संघीय सरकारका पूर्वमन्त्री पार्वत गुरुङ, डा. प्रकाशचन्द्र लोहनी, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल, चर्चित भ्लगर शिशन बानियाँलगायतले अवलोकन गरेका थिए ।
क्यान इन्फोटेकमा सूचना प्रविधिका विश्वस्तरीय ब्राण्ड, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, फिनटेक, इ कमर्स, साइबर सुरक्षा र समाधान, ब्ल्याकचेन प्रविधि, एआई तथा डिजिटल साक्षरताका नयाँ पहलहरू प्रस्तुत गरिएको थियो । साथै नेपाली स्टार्टअप तथा नवप्रवर्तनकर्ताहरूका नवीनतम प्रविधि, सफ्टवेयर, एप्लिकेशन तथा स्वदेशी रूपमा विकसित प्रविधिहरू प्रदर्शनीका प्रमुख आकर्षक थिए ।
‘मेसिन लर्निङ’मा आधारित एआई प्रविधि, स्वदेशी सफ्टवेयर, सेल्फ–ड्राइभिङ कार प्रविधिलगायत परियोजनाहरू अवलोकनकर्ताको मुख्य रोजाइमा परेको थियो । प्रदर्शनीमा आएका विज्ञ तथा सरोकारवालाहरूले नेपाली एआई प्रविधिलाई विश्वव्यापी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।
क्यान महासंघ क्षेत्रको विकासका लागि सरकारसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार महासङ्घले ‘डेटा प्रोटेक्सन’ ऐन, ‘राइड शेयरिङ’ नीति, एआई प्रविधिका लागि आवश्यक तथ्याङ्क व्यवस्थापन तथा वैदेशिक लगानीसम्बन्धी ऐनमा संशोधन गर्नेलगायत विषयलाई प्राथमिकतामा राखेर नीति निर्माण प्रक्रिया अघि बढेको छ ।
यस संस्करणको क्यान इन्फोटेकमा दुई लाख बढीले अवलोकनकर्ताले अवलोकन गरेका आयोजकले जनाएको छ । प्रदर्शनीमा विभिन्न कम्पनीहरूले आफ्नो प्रविधि तथा सेवाको प्रदर्शन गर्ने उद्देश्यले एक सय ५५ प्रदर्शनी कक्ष राखिएको थियो । ती कम्पनीले उपभोक्तासँग अन्तरक्रिया, प्रविधि परीक्षण तथा विभिन्न प्रस्तावमार्फत सेवाका बारेमा प्रवर्द्धन गरेका अध्यक्ष पाण्डेले बताए । उनका अनुसार मेलाको अन्तिम दिनसम्म उपभोक्ताले ३० देखि ७० प्रतिशतसम्म छुट तथा विशेष प्रस्ताव (अफर) प्राप्त गरेका छन् ।
क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलका अनुसार यो संस्करणले नेपाली नवप्रवर्तन तथा सूचना प्रविधिको विकासमा नयाँ ऊर्जा थपेको छ । आगामी संस्करणलाई अझ प्रभावकारी बनाउन महासंघले प्रविधि शिक्षामा जोड दिने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने, नीतिगत सुधारका लागि पहल गर्नेलगायत योजना बनाएको उनले उल्लेख गरे ।

सानिमा बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो लुगा वितरण

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
यसैक्रममा बैंकको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेलगाउँ स्थित श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ । कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको होे ।
चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।
बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरु गर्ने योजना जनाएको छ । बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२५ वटा ए.टि.एम. संचालनमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

बन्धकहरूलाई रिहा नगरिए युद्धविराम रद्द गर्नुपर्ने हमासलाई ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले शनिबार दिउँसो सबै बन्धकहरूलाई फिर्ता गरेन भने गाजा भूभागमा युद्धविराम रद्द गर्नु पर्ने चेतावनी दिएका छन् ।
“यदि शनिबार दिउँसो १२ बजेसम्म गाजाका सबै बन्धकहरूलाई फिर्ता नगरिएमा, म युद्धविराम रद्द गर्न चाहन्छु,” ट्रम्पले ओभल कार्यालयमा भने । हमासले युद्धविराम उल्लङ्घनको दाबी गर्दै अर्को बन्धकको रिहाईमा ढिलाइ गरिरहेको जनाएको छ ।
हमासका प्रवक्ताले सोमबार इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएपछि गाजा भूभागमा बन्धकहरूको अर्को योजनाबद्ध रिहाईमा ढिलाइ गर्ने बताए पछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार (आज) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
त्यो बाहेक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै उद्योग मन्त्री भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

धरहरा चढ्ने समय बढ्यो, १ करोड ५२ लाख राजस्व संकलन

काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मंसिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।
यही माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत एक करोड ५२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट यही माघ २४ गते बिहीबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको निर्देशक अर्यालले जनाए । प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन यहाँ आउने नागरिकको संख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको उनले जानकारी दिए ।
पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क रहेको अर्यालले जनाए । उनका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको हो । गत मंसिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।
यस स्थानमा पार्किङ गर्दा चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुईपाङ्ग्रे सवारीका लागि १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रुपैयाँ तोकिएको छ भने व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ तोकिएको निर्देशक अर्यालले उल्लेख गरे ।

रविलाई थुनामै राख्न माग गर्दै पाटन उच्च अदालतमा निवेदन

काठमाडौं । सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ ।
उच्च सरकारी वकिल कार्यालय पाटनले जिल्ला अदालत काठमाडौंको आदेश विरूद्व मुद्दा दायर गरेको हो। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौँको रविलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
आदेशसँगै रवि धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।
उच्च सरकारी वकिलको कार्यालयले स्वर्णलक्ष्मी सहकारी ठगीकै आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लेखा समिति सदस्य सुनिता नेवा र कर्जा उपसमितिका सदस्य कमल लामालाई पनि थुनामै राख्न माग गरेको छ ।

सहकारी रकम अपचलन प्रकरणमा पूर्वडीआईजी जोशी पुर्पक्षका लागि जेल चलान

रूपन्देही । रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई सहकारी रकम अपचलन प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले थुनछेक बहसपछि यो आदेश दिएको हो।
जिल्ला अदालत रूपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले पछि ठहरेबमोजिम हुनेगरी सोमबार कारागार पठाइएको जनाए।
जोशीमाथि रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप छ। यसै प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलगायतविरुद्ध पनि मुद्दा दर्ता भएको छ।
यसअघि रुपन्देही अदालतले लामिछानेसँग एक करोड रुपैयाँ धरौटी मागेको थियो, जुन उनले बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन्। जोशीसँग यसअघि सूर्यदर्शन सहकारी र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा क्रमशः कास्की र काठमाडौं जिल्ला अदालतले धरौटी मागेको थियो, जुन उनले बुझाएका थिए।

सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, जीवन बीमाकोष १७ अर्ब नजिक

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफ गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले गत आवमा २१ करोड ९७ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर २३ करोड १६ लाख रुपैयाँ पुगेको हो। नाफासँगै कम्पनीको जीवन बीमाकोषको आकार पनि बढेको छ। गत आवमा जीवन बीमाकोष ११ अर्ब १७ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर १६ अर्ब ६० करोड रुपैयाँभन्दा धेरै भएको छ।
त्यसैगरी चालू आवमा कम्पनीको कुल आम्दानी समेत २० दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ। गत आवमा कम्पनीको कुल आम्दानी ३ अर्ब ४० करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन पनि चालू आवमा १८ दशमलव ७३ प्रतिशतले वृद्धि भएको छ। गत आवमा कम्पनीको बीमाशुल्क आर्जन २ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३ अर्ब ११ करोड रुपैयाँ नाघेको छ।
हाल यस कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९५ करोड रुपैयाँ रहको छ। कम्पनीको रिटेन्ड अर्निङमा ५० करोड ८४ लाख रुपैयाँ र महाविपत्ति कोषमा १३ करोड ४३ लाख रुपैयाँ रहेको छ।
त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) (वार्षिकीकरण) ९ रुपैयाँ ३६ पैसा र प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा रहेको छ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...