काठमाडौं । सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ ।
उच्च सरकारी वकिल कार्यालय पाटनले जिल्ला अदालत काठमाडौंको आदेश विरूद्व मुद्दा दायर गरेको हो। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौँको रविलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
आदेशसँगै रवि धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।
उच्च सरकारी वकिलको कार्यालयले स्वर्णलक्ष्मी सहकारी ठगीकै आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लेखा समिति सदस्य सुनिता नेवा र कर्जा उपसमितिका सदस्य कमल लामालाई पनि थुनामै राख्न माग गरेको छ ।