Page 3

शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी

काठमाडौं । राजावादीको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेको छ ।
प्रदर्शनकारी हिंसात्मक भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरको हो ।
शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको छ ।

उपत्यकाको सुरक्षा व्यवस्था आज अत्यन्तै कडा बनाईने

काठमाण्डौं । गणतन्त्रवादी र राजावादीहरूले शुक्रबार काठमाडौंमा एकसाथ प्रदर्शन गर्ने भएपछि उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाएको छ ।
दुई फरक विचार, पृष्ठभूमि र माग राख्ने पक्षले एकैदिन काठमाडौंलाई नै केन्द्र बनाएर प्रदर्शन गर्ने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
गणतन्त्रवादीहरूले समाजवादी मोर्चाको नाममा र राजावादी पक्षधरहरूले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा शक्ति प्रदर्शन गर्दै छन् ।
माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको जनसभा प्रदर्शनीमार्गमा र पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले तिनकुनेमा सभा गर्दै छन् । राजावादी समूहको कमाण्ड प्रसाईंले गर्दैछन् ।
काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषि तिवारीले दुई समूहको प्रदर्शनलाई ध्यानमा राख्दै उपत्यकको सुरक्षा कडा पारिएका जानकारी दिए । उनले सुरक्षाका सबै प्रबन्ध मिलाइएको जानकारी दिए ।
दुई पक्षलाई जम्काभेट हुन नदिने रणनीति सुरक्षा निकायको छ । सीडीओ तिवारीले दुवै पक्षबीच झडपको स्थिति नआओस् भन्नका लागि सुरक्षाकर्मी सर्तक रहेको जनाए । दुवै पक्षबीच भेट हुन नदिन झन्डा र नाराका आधारमा प्रदर्शनकारीको पहिचान गरिने पनि उनले जनाए । ‘सम्भावित दुर्घटना रोक्न प्रहरीको अधिकतम प्रयास रहनेछ,’ उनले भने ।
दुवै सभालाई लक्षित गरी काठमाडौंमा मात्र नेपाल प्रहरी र सशस्त्रबाट ४५ सय सुरक्षाकर्मी खटिनेछन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंमा प्रहरीको तीन हजार जनशक्ति परिचालन हुनेछ । सशस्त्र प्रहरीबाट पनि एक हजार पाँच सयको जनशक्ति परिचालन हुने भएको छ । प्रहरीले एक हजार चार सय दस्तालाई अलर्टमा राखेको छ । सादा पोशाकमा पनि सुरक्षाकर्मी परिचालन हुनेछन् । उनीहरूले सूचना संकलन गर्नेछन् । त्यसबाहेक राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि सभामा सहभागी हुनेछन् । दुवै सभाको निगरानी सिसिटिभी क्यामेरा र ड्रोनबाट हुनेछ ।

आज गणतन्त्रवादी र राजावादीहरूले प्रदर्शन गर्दै

काठमाण्डौं । गणतन्त्रवादीर र राजावादीहरूले शुक्रबार काठमाडौंमा एकसाथ प्रर्दशन गर्दैछन ।
गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्दै छ भने राजावादीहरूको प्रदर्शनको नेतृत्व राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिले गर्दैछ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् ।
प्रजातन्त्र दिवसका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले सन्देश दिएपछि राजावादीहरू राजतन्त्र पुनः फर्काउन सक्रिय भएका छन् । राजावादीहरू सक्रिय भएपछि गणतन्त्रवादीहरू त्यसको प्रतिकारमा उत्रन लागेका हुन् । त्यसैले उनीहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन् ।
राजावादीहरू प्रदर्शनमा राप्रपा, राप्रपा नेपाललगायतका दल तथा केही राजा र हिन्दूवादी सङ्घसंस्थाहरूले पनि समर्थन जनाएका छन् ।
राजावादीहरूके प्रदर्शन तीन कुनेमा हुनेछ भने गणतन्त्रवादीहरूले भने भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् । त्यसको नेतृत्व गरेको समाजवादी मोर्चासम्बद्ध दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिष्ट पार्टीले विभिन्न ठाउँबाट जुलुश निकालेर गर्दैछन् ।
यी दलहरूले बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीलगायतका स्थानहरूबाट जुलुश निकाल्दै छन् ।
राजावादीहरूले राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति नै बनाएका छन् । समितिको संयोजकमा पूर्वपञ्च नवराज सुवेदी छन् । समितिले शुक्रबारको प्रदर्शनको जनकमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई बनाएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा सुवेदी र प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको थिए ।
यता जिल्ला सुरक्षा समितिले कडा सुरक्षार्थ योजना बनाएको छ । समितिले गणतन्त्र पक्षधर र विरोधी प्रदर्शनकारीलाई भेट्न नदिने विशेष रणनीति अपनाएको छ । प्रदर्शन एकै दिन हुने हुँदा मुडभेठ हुन सक्ने भन्दै सुरक्षा समितिले विशेष रूपमा रणनीति बनाएको हो ।
दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ ।
सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ ।
पूर्वराजाका समर्थकलाई चक्रपथभन्दा बाहिर मात्रै जुलुस निकाल्न दिने गरी प्रहरीले सुरक्षा तयारी छ । चाबहिलबाट तीनकुने र सातदोबाटो हुँदै तीनकुनेसम्म पूर्वराजका समर्थकलाई जुलुस निकाल्न दिने प्रहरीको रणनीति छ । भक्तपुरतर्फबाट आउने पूर्वराजा समर्थक तीनकुनेमा रोकिनेछन् ।
समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनीमार्ग पुग्नेछन् । सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ । मोर्चाले १ हजार स्वयंसेवक परिचालन गर्ने सुरक्षा निकायलाई जानकारी गराएको छ ।

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थ, गृह, भौतिक पुर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ ।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत विधेयकसबन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने छन् । साथै, उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
हिजो बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक दिउँसो २ः०० बजे बस्ने भनिए पनि बैठक बस्न नसकेपछि आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको गरिएको थियो । प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भएपछि बैठक बुधवार अवरोध हुँदै आएको बैठक अझै सुचारू हुन नसकिरहेको अवस्थामा आजका लागि बोलाइएको हो ।
बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग हिजो दिनभर छलफल गरे पनि हल निस्कन नसक्दा बैठक २ दिनदेखि सञ्चालन हुन सकेको छैन् ।
प्रतिपक्षी दलले घिसिङलाई हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनुपर्ने माग गरिरहेका छन् तर प्रधानमन्त्रीले भने एक जना कर्मचारी हटाउने सरकारको निर्णयमा संसदमा जवाफ माग्ने कार्य अनुचित भएको जनाएका छन् । उनले आफूले घिसिङ हटाउने विषयमा संसदमा जवाफ नदिने बुधबार जनाएपछि सत्ता पक्ष र प्रतिपक्ष बीच टक्कर जारी रहेको छ । तर, प्रतिपक्षको अडान भने प्रधानमन्त्रीले संसदमा गएर जवाफ दिनुपर्ने कायमै रहेको छ ।

सूचना टाँस गरेर संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
आज बस्ने तय भएको बैठक बस्दै नबसी सूचना टाँस गर्दै स्थगित गरिएको हो । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने प्रतिपक्षको अडानपछि बैठक स्थगित गरिएको हो ।
सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेपनि सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो ।

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यतामा र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको छ ।
बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा सेवा प्रारम्भ गरेको छ । ग्राहकहरूले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज सुविधाका साथ भैरहवा शाखाबाट सुन कर्जा प्राप्त गर्न सक्नुहुनेछ ।
बैंकले सदैव ग्राहकहरूको आवश्यकता अनुरूप नवीनतम वित्तीय सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सुन कर्जा सेवाले ग्राहकहरूलाई आपतकालीन वित्तीय आवश्यकताहरू पूरा गर्न सहयोग गर्नेछ । कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सेवा भैरहवा शाखाबाट सुरु गरिएको छ ।
बैंकको यस सेवाले ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहकहितमा केन्द्रीत रही बिभिन्न नविनतम् सेवाहरू उपलब्ध गराउने योजना रहेको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा समेत ल्याएका छौं ।

एनआईसी एशिया बैंकको सहयोगमा विद्यालयमा पुस्तकालय उद्घाटन

काठमाडौं । एनआईसी एशिया बैंकले पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन छ ।
विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यले बैंकको सहयोगमा सम्बन्धित विद्यालयसँगको सहभागितामा पुस्तकालय भवन निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन उद्घाटन गरिउको हो ।
उक्त पुस्तकालय उद्घाटन समारोहमा उक्त विद्यालयका प्रधानाध्यापक बिनोद मेहता, बैंकका मधेश प्रदेश प्रमुख अमीत केसीलगायत सम्बन्धित विद्यालय तथा बैंकका अन्य प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
उक्त पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका झन्डै १५०० विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरु उक्त पुस्तकालयबाट प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

शेयर बजारमा ४१.६७ अंकको उछाल, सवा ५ अर्बको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले उचालिए पनि आज कारोबार रकम भने सवा ५ अर्बमै समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४१.६७ अंकले बढेको हो । १.५८ प्रतिशतले बजार उचालिंदा नेप्से २६६३.५४ अंकमा पुगेको छ ।
बजार उच्च अंकले बढ्दा सबै समूहमा हरियाली छाएको छ । ट्रेडिङ समूह सबैभन्दा बढी ५.०५ अंकले बढेको हो ।
आज ३०९ कम्पनीका ९७ लाख ७२ हजार १ सय ९६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३ सय ४०.९३ रुपियाँ बराबरको कारोबार भएको हो ।
गुराँस लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०–१० प्रतिशतले नाफा कमाउँदा कुमारी सवल योजनाका लगानीकर्ताहरुले सबैभन्दा बढी १.८२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५१ करोठ १८ लाख १७ हजार ७ सय १७.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ५३.०४ अंकले बजार घट्दा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३ सय ६५.६० रुपियाँ, सोमबार ३०.५२ अंकले बजार उचालिंदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार ४.४९ रुपियाँ, मंगलबार ५५.९० अंकले बजार घट्दा ५ अर्ब १८ करोड ७ लाख १८ हजार ७ सय ८.१० र हिजो बुधबार ३९.१३ अंकले बजार उचालिंदा ४ अर्ब २० करोड ४४ लाख ८ हजार ८ सय ९४.९० रुपियाँ बराबरको कारोबार भएको थियो ।

कसैले रहर गर्दैमा गणतन्त्र नजाने देउवाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले रहर गर्दैमा गणतन्त्र नजाने दाबी गरेका छन् । जनताको प्रत्यक्ष सहभागितामा संविधानसभामार्फत् गणतन्त्र आएकाले कसैले रहर गर्दैमा नहट्ने उनको भनाइ छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौं । जनताको इच्छाअनुसार संविधानसभामार्फत गणतन्त्र आएको हो । कसैले रहर गरेर हुने कुरा छैन,’ उनले भने, ‘गणतन्त्र हट्नेवाला छैन । कसैले आशा नगरे हुन्छ ।’
पूर्वप्रधानमन्त्री देउवाले अहिलेको संविधानमा हिमाल, पहाड, तराईका सबै जनता अटाउने, समावेशी, समानुपातिक प्रतिनिधित्व रहेको भन्दै यस्तो व्यवस्था हट्न नसक्ने दावी गरे ।
बीपी कोइरालाले जनतालाई अधिकार सम्पन्न बनाउने अठोट गर्दै आन्दोलन अघि बढाएको जनाएका देउवाले सो आन्दोलनमा गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई हुँदै गिरिजाप्रसाद कोइरालालगायत सबै लडेर नेपालमा अहिलेको व्यवस्था ल्याएको जनाए ।
‘बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका सबै साथी भाइहरू लडेर हामीले नेपालमा अहिलेको व्यवस्था ल्याएका छौं । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौं । कसैले रहर गरेर हुनेकुरा छैन,’ उनले भने ।

भोलि हुने राजावादी र गणतन्त्रवादी प्रदर्शनमा रास्वपा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि काठमाडौंमा हुने दुवै पक्षको प्रदर्शनमा आफ्नो पार्टीको सहभागिता नहुने जानकारी दिएको छ ।
पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले गणतन्त्र पक्षधर र राजावादीहरू दुवैको प्रदर्शनमा पार्टीको कुनै सहभागिता नहुने जनाएका हुन् ।
वर्तमान सरकारको विरोधमा हुने जुनसुकै शान्तिपूर्ण कार्यक्रमहरूमा आफ्नो पार्टीको नेतृत्व, सहभागिता र ऐक्यबद्धता हुने भए पनि भोलिका दुवै प्रदर्शन सरकार विरोधी भन्दा पनि व्यवस्थाको पक्ष र विपक्षमा भएकाले आफ्नो पार्टी सरिक नहुने रास्वपाको तर्क छ ।
‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा रास्वपाको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता रहनेछ भनेका छौं, तर भोलि हुने दुवै प्रदर्शन त सुशासनको मुद्दामा छैन,’ झाले भने, ‘एकतर्फले व्यवस्था ठिक छैन र अर्कोले व्यवस्था ठिक छ भनेका छन् । त्यसकारण भोलिको प्रदर्शनमा हामीले भने अनुसारको एजेन्डा नरहेको हुनाले हाम्रो सहभागिता रहने छैन ।’
यसअघि गत १२ चैतमा रास्वपाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा विज्ञप्ति जारी गर्दै सरकार विरोधी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने जनाएको थियो ।
‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ,’ रास्वपाले भनेको थियो ।
यसको अर्थ व्यवस्थाका विरोधमा हुने प्रदर्शनमा आफ्नो पार्टीको सहभागीता हुने नभनिएको काबा प्रवक्ता झाले जनाए ।
‘सरकारको औचित्य नै समाप्त भइसक्यो । सरकार यो गठबन्धन सात महिना अघि सात बुँदे सम्झौताकै आधारमा अरुले हो हो भनेको मात्रै हो,’ उनले भने, ‘यो सँग सम्बन्धित आठ महिना नबित्दा केही डेलिभरी नहुँदा औचित्यमा प्रश्न उठिसकेको छ ।’

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...