शेयर बजारमा ४१.६७ अंकको उछाल, सवा ५ अर्बको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले उचालिए पनि आज कारोबार रकम भने सवा ५ अर्बमै समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४१.६७ अंकले बढेको हो । १.५८ प्रतिशतले बजार उचालिंदा नेप्से २६६३.५४ अंकमा पुगेको छ ।
बजार उच्च अंकले बढ्दा सबै समूहमा हरियाली छाएको छ । ट्रेडिङ समूह सबैभन्दा बढी ५.०५ अंकले बढेको हो ।
आज ३०९ कम्पनीका ९७ लाख ७२ हजार १ सय ९६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३ सय ४०.९३ रुपियाँ बराबरको कारोबार भएको हो ।
गुराँस लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०–१० प्रतिशतले नाफा कमाउँदा कुमारी सवल योजनाका लगानीकर्ताहरुले सबैभन्दा बढी १.८२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५१ करोठ १८ लाख १७ हजार ७ सय १७.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ५३.०४ अंकले बजार घट्दा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३ सय ६५.६० रुपियाँ, सोमबार ३०.५२ अंकले बजार उचालिंदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार ४.४९ रुपियाँ, मंगलबार ५५.९० अंकले बजार घट्दा ५ अर्ब १८ करोड ७ लाख १८ हजार ७ सय ८.१० र हिजो बुधबार ३९.१३ अंकले बजार उचालिंदा ४ अर्ब २० करोड ४४ लाख ८ हजार ८ सय ९४.९० रुपियाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY