Page 8

आज काठमाडौं र ललितपुरका यी स्थानमा विद्युत अवरूद्ध हुने

काठमाण्डौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार विद्युत अवरूद्ध हुने भएको छ।
काठमाडौंको जोरपाटी वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत पर्ने स्थानहरूमा विद्युत अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्ने मुलपानी–साझाबारी आसपासका स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ। त्यहाँ एचटी लाइन स्थानान्तरण कार्यका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ।
त्यस्तै बानेश्वर वितरण केन्द्रको इमाडोल फिडर अन्तर्गत पर्ने कोटेश्वर–सहयोगीनगर क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म एसिएसआर अपग्रेडिङका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार ललितपुरमा पुल्चोक वितरण केन्द्रको कुपनडोल फिडर मध्याह्न १२ बजेदेखि दिउँसो साढे २ बजेसम्म सटडाउनमा राखिने छ।
ती फिडर अन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंलामुखी, शंखमुल, पाटनढोका, मंगलबजार, छबाल एरियामा विद्युत अवरूद्ध हुनेछ।
काम निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुरु हुन सक्ने प्राधिकरणले जनाएको छ ।

आज भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज रुपन्देहीमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।
‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ अन्तर्गत रुपन्देहीको भैरहवास्थित बुद्धचोकमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् ।
जिल्ला कार्य समिति रुपन्देहीको आयोजना रहेको वृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टीका महासचिव एवं लुम्बिनी प्रदेश समितिका इन्चार्ज रामकुमार शर्मा विशेष वक्ता रहने छन् ।

आइपीएलकोे १८ औं संस्करण आजदेखि सुरु हुदैं

काठमाण्डौं । इन्डियन प्रिमियर लिग (आइपीएल) को १८औं संस्करण शनिबारदेखि सुरु हुदैंछ ।
कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा पहिलो उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु (आरसीबी) बीच हुदैंछ । यो खेल नेपाली समय अनुसार साँझ ७ ः ४५ बजेदेखि शुरु हुदैंछ ।
यस सिजनमा १० फ्रेन्चाइजीले खेल्दै छन् । यस वर्ष ६५ दिनमा १३ वटा स्थानमा १० टोलीहरू बीच कुल ७४ खेलहरू खेलाइनेछ । जसमा ७० लिग राउन्ड र चार प्लेअफ खेलहरू समावेश छन् ।
फाइनलसहित सबै प्लेअफ खेलहरू मे २० देखि २५ सम्म हैदराबाद र कोलकातामा खेलाइनेछ ।
यस सिजनमा १० फ्रेन्चाइजीले खेल्दै छन् । गत डिसेम्बरमा मेगा अक्सनपछि यस सिजनमा केहि हाई प्रोफाइल खेलाडीको फ्रेन्चाइजी परिवर्तन भएको छ । जसमा ऋषव पन्तले दिल्ली क्यापिटल्स छोडेर लखनउ सुपरजाइन्ट पुगेका छन् । त्यस्तै यसअघि लखनउबाट खेलिरहेका केएल राहुल दिल्ली पुगेका छन । त्यस्तै कोलकोता नाइट राइडर्सलाई गत सिजनमा उपाधि जिताएका श्रेयस अय्यर यस पटक पञ्जाव किंग्समा पुगेका छन् ।
त्यसैगरी यस सिजनमा केहि फ्रेन्चाइजीको कप्तान पनि परिवर्तन भएका छन् । जसमा कोलकोताले आजिख्य रहानेलाई कप्तान बनाएको छ भने दिल्लीले अक्षर पटेललाई कप्तान बनाएको छ । त्यस्तै लखनउको कप्तानी ऋषवले गर्दै छन् भने पञ्जावको कप्तानी अय्यरले गर्दै छन् ।
२००८ मा सुरु भएको यो प्रतियोगिता टि–२० क्रिकेटको विश्वकै ठुलो टी–२० क्रिकेट प्रतियोगिता हो ।

क्रान्तिका लागि तयार रहन रवि लामिछानेको अनुरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन अनुरोध गरेका छन् ।
आज जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका लामिछानेले ठूला दुई राजनीति दल मिल्दा देश भयावह अवस्थामा पुगेको भन्दै क्रान्तिको लागि सबैलाई तयार रहन अनुरोध गरेका हुन् ।
उनले भने,‘देशको भविष्य मेरो पुस्ताको, हाम्रो पुस्ताको हातमा छ । त्यसैले यो एकदमै गम्भीर हुने समय हो । दुई तिहाइको सरकार छ । यसले देशका तमाम समस्या समाधान गर्नुपर्ने हो । वाचा त्यहीअनुसार गरिएको छ । जब दुईवटा ठूला राजनीतिक दलहरु मिल्छन् भने त्यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ अन्दाज गर्नुहोला भनेर संसदमै भनेको थिए । अहिले त्यही स्मरण गराउन चाहन्छु । सरकार अहिले नाङ्गिएको हुनाले सरकारको लाज छोप्दिनका लागि अदालत घुमिरहेको छु । ठाउँ ठाउँमा पुग्नुपर्नेछ । समय आउँदै छ चाँडै नै । म सबैलाई तयार हुन अनुरोध गर्न चाहन्छु । क्रान्तिको लागि तयार रहनु होला ।’
त्यस्तै उनलाई पत्रकारहरुले तपाईलाई त राजावादी रहेछ भन्ने आरोपहरु पनि आइरहेको छ नि ? भन्दै प्रश्न गरेका थिए । उनले जवाफमा भने,‘म आवेग र उत्तेजनामा छैन । किनकी देश एउटा गम्भीर अवस्थामा आइपुगेको छ । एउटा जिम्मेवार राजनीतिक दलको हिसाबले र नेपाली जनताले एउटा आशा एवम् भरोसाका साथ हेरेको एउटा दलको हिसाबले म कुनै आवेग र उत्तेजनामा आएर उत्तर दिने पक्षमा छैन ।’

१५ गतेको प्रदर्शनपछि राजनीति ट्र्याकमा आउने प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी १५ गते काठमाडौंमा हुने जनप्रदर्शनपछि देशको राजनीति सहि ट्र्याकमा आउने आधार तय हुने दावी गरेका छन् ।
पर्साको ठोरी गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने उक्त सभामा सहभागी हुन पनि सर्वसाधरणलाई आग्रह गरे ।
‘यो सरकार उल्टो बाटो हिँडिरहेको छ । त्यसकारण यसलाई बढी नै सजक गराउनुपर्ने खबरदारी गर्नुपर्ने आवश्यकता छ । त्यसमा तपाईंहरू पनि ठूलो संख्यामा उपस्थित हुन आग्रह गर्दछु, यो आउँदो १५ गते,’ प्रचण्डले भने ।
उक्त सभापछि पुनः एकपटक जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वास प्रचण्डले दिलाएका छन् ।
‘मलाई लाग्छ १५ गते हामीले गर्ने विरोधसभापछि देशको राजनीति सहि ट्र्याकमा आउने आधार बन्नेछ,’ प्रचण्डले भने, ‘फेरि एकचोटी जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वाससहित तपाईंहरू सबैलाई बढीभन्दा बढी संख्यामा काठमाडौं आउन आग्रह गर्छु ।’

स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन अनुरोध गरेका छन् ।
नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन अनुरोध गरेका हुन् ।
उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेकोे जनाए ।

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्री खुल्ला गरेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज चैत ८ गतेबाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
३५ दिन भित्र हाल कायम संस्थापक शेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा बस्दै

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०, ८१ को नाफाबाट शेयरधनीलाई १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । बोनस सेयर वितरण भएपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
यसैगरी, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायत प्रस्तावहरु पनि सभामा पेश हुनेछ ।
सभा अनमोल बेंक्वेट, शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि यसले फागुन २६ गते बुक क्लोज गरिसकेको छ । फागुन २५ गतेसम्म कायम रहेका शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

काठमाडौँ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको बेष्ट २५ भिषा स्पेन्डर च्याम्पियनमा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् ।
भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन् । भाग्यशाली विजेताहरुले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेसनलले बैंकलाई जनाएको छ ।
बैंकले एक कार्यक्रमको आयोजना गरी पाँच विजेताहरुलाई सम्मान तथा उपहार वितरण गरेको थियो ।
बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ ।
बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । बैंकले आधुनिक बैंकिङ युगको सुरुआत गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ आफ्नो व्यवसाय केन्द्रित गर्दै आएको छ ।

तीन दिनसम्म वर्षाको सम्भावना, काठमाडौंमा पनि पानी पर्ने

काठमाडौं । आजदेखि तीन दिनसम्म बादल लाग्ने र हल्का खालको पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।
अरेवियन सागर हुँदै आएको पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बादल लाग्ने, हल्का पानी पर्ने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने समेत सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानैदेखि बादल लागिरहेको छ । उनका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तो सम्भावना तीन दिनसम्म हुने देखिएको उनले जनाईन ।
‘पर्सि साँझबाट बल्ल मौसममा क्रमिक सुधार हुन्छ,’ मौसमविद मानन्धरले जनाएकी छन ।
उनका अनुसार अहिले कोशी प्रदेशका तराई क्षेत्रमा फाटफुट खालको पानी पर्न थालिसकेको छ ।
आज काठमाडौंमा पनि पानी पर्ने सम्भावना छ । ‘तर ठूलो पानी पर्दैन, हल्का खालको पानी पर्ने सम्भावना छ,’ उनले भनिन् ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...