बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फिर्ता हुँदै छन् ।
प्रधानमन्त्री ओली आज बिहान स्थानीय समय अनुसार १०ः१५ बजे नेपाल फिर्ता हुन लागेका हुन् । उनलाई बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गरे ।
त्यसैगरी, थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नले पनि प्रधानमन्त्री ओलीलाई बिदाइ गरे । प्रधानमन्त्री ओली आज मध्याह्न १२ः३० बजे स्वदेश आइपुग्ने तालिका रहेको छ ।
थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा। युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।
प्रधानमन्त्री ओली बैंककबाट स्वदेश फिर्ता हुँदै
तीनकुने वरपरको क्षेत्रमा कुनैपनि कार्यक्रम गर्न नदिन निर्देशन
काठमाण्डौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन र धर्ना आदीका कार्यक्रमहरु गर्न अनुमति गर्न नदिन संसदीय समितिले निर्देशन दिएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको निर्णय सुनाउँदै सभापति रामहरी खतिवडाले यस्तो निर्देशन दिएका हुन ।
उनले भने,‘काठमाडौंको तीनकुने र आसपासका स्थानमा अब आइन्दा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन र धर्ना आदीका कार्यक्रमहरु गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई समिति निर्देशन गर्दछ ।’
त्यस्तै चैत्र १५ गतेको घटनाको सत्यतथ्य छानविन गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यसमा संलग्न रहेकालाई आवश्यक छानविन गरी कानुनी कारबाहीलाई अघि बढाउन पनि उनले निर्देशन दिएका छन् ।
नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायत सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।
प्रधानमन्त्री ओलीसँगको भेटवार्ता फलदायी रहेको मोदीको दाबी
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सकमक्षी नरेन्द मोदीबीच थाइल्यान्डमा भेटवार्ता भएको छ ।
शुक्रबार थाइल्यान्डको बैंककमा एक्लाएक्लै भेटवार्ता भएको हो।
भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले ओलीसँगको भेटवार्ता फलदायी रहेको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको जनाए ।
नेपाली भाषामा लेख्दै उनले ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,’ मोदीले भनेका छन्, ‘भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ ।’
‘हामीले भारत(नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।’ उनले भने ।
बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बनेको कुलमानको दाबी
काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता असुली गर्ने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणले चार पटकसम्म लाइन बिच्छेद तथा अन्य विकल्प समेत अवलम्बनगरी बक्यौता असुलीको प्रयास गर्दा माथिल्लो निकायबाट नै अवरोध सृजना भएको जनाए ।
उनले लाइन बिच्छेदगरी बक्यौता असुली गर्ने सहमतिको लागि आफूले विद्युत नियमन आयोगलाई पत्रचार गर्ने बित्तिकै पदबाट हटाउने निर्णय भएको जानकारी दिए ।
उनले भने, प्राधिकरणले चार पटकसम्म लाइन बिच्छेद तथा अन्य विकल्प समेत अवलम्बनगरी बक्यौता असुलीको प्रयास गरिरहेकोमा पटक–पटक माथिल्लो निकायबाट नै अवरोध सृजना भएको कुरा सबैको जानकारीमा छ । लाइन बिच्छेदगरी बक्यौता असुली गर्ने सहमतिको लागि मैंले विद्युत नियमन आयोगलाई २०८१ चैत्र ११ गते पत्रचार गरेको थिए । त्यसलगत्तै मलाई बर्खास्त गर्ने निर्णय भयो । बक्यौता उठाउने प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ ।
त्यस्तै उनले नेपाली जनतालाई भरपर्दो गुणस्तरिय पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित एवंम अपमानित बनाउने दुरासय सफल भएकोमा कतिपय व्यक्ति समुह र शक्तिले आफूलाई सफल ठानेको बताए । नेपाली जनताले दिएको स्नेह र आर्शिवादले आफूलाई हार्न नदिएको उनको भनाई छ ।
उनले भने,‘नेपाली जनतालाई भरपर्दो गुणस्तरीय पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक पूरागर्ने क्रममा खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित एवंम अपमानित बनाउने दुरासय सफल भएकोमा कतिपय व्यक्ति समुह र शक्तिले आफूलाई सफल ठानेको होलान तर नेपाली जनताले दिएको स्नेह र आर्शिवादले मलाई हार्न दिएको छैन ।’
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको भन्दै एक जिम्मेवार नागरिकको रुपमा मेरो काम कर्तव्य र अविभारा कहिल्यै कम नहुने प्रतिबद्धता उनले जनाए ।
नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति नै खनिएको उनको गुनासो छ । तर त्यसबाट आफू कदापी उत्तेजित र हतोत्साहित नहुने पनि उनले जनाए ।
‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र म बिदा भएको हुँ । एक जिम्मेवार नागरिकको रुपमा मेरो काम कर्तव्य र अविभारा कहिल्यै कम हुने छैन । नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खनिएको थियो । कसको स्वार्थमा म माथि जाहि लागेको थियो । भन्ने कुरामा नेपाली जनता आफै प्रष्ट हुनुहुन्छ । तर त्यसबाट म उत्तेजित र हतोत्साहित भएको छैन । किनकी एक राष्ट्रसेवक कर्मचारीको रुपमा मैले मेरो कार्यकाल समिक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन्,’ उनले भने ।
सानिमा बैंकका कार्ड प्रयोगकर्ताले भारतको एपोलो अस्पतालमा १० प्रतिशत छुट पाउने
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच. मेडिकल एण्ड डायग्नोस्टिक प्रा. लि. संग सहकार्य गरेको छ ।
सानिमा भिसा डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।
चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको अपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको अपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पताल र चेन्नईमा रहेको अपोलो प्रोटोन क्यान्सर सेन्टरमा छुट प्राप्त गर्न सकिन्छ ।
ग्राहकहरूले छुटका लागि अस्पताल जानु अघि बैंक वा एच।मेडिकल एण्ड डायग्नोस्टिक प्रा. लि. लाई जानकारी गराउनु पर्नेछ ।
ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् ।
यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गरेका छन् ।
यस समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरुमा पोइन्ट अफ सेल (पस) मेशिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् रु. २०० सम्मको क्यासब्याक पाउनेछन् ।
बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।
महालक्ष्मी विकास बैंकको बोनस शेयर डिम्याट खातामा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बोनस शेयर डिम्याट (हितग्राही) खातामा जम्मा गराएको छ ।
कम्पनीको पुस २९ गते सम्पन्न २३औं वार्षिक साधारणसभाले ३ प्रतिशत बोनस शेयर पारित गरेको थियो । सोही शेयर चैत १४ गतेदेखि सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको हो ।
पुस १५ गतेसम्म कायम रहेका शेयरधनीले मात्र बोनस शेयर प्राप्त गरेका छन् । सो शेयर नेप्सेमा सूचीकृत भई कारोबारमा समेत आइसकेको छ ।
साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले अभौतिकीकरण गरेपछि मात्रै बोनस शेयर खातामा पठाइने बैंकले जनाएको छ ।
काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर
काठमाडौं । काठमाडौं उपत्यकामा हिजो, अस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वायुको वेग हिजोको तुलनामा आज धेरै भएकाले प्रदूषण केही घटेको हो ।
हावाको गुणस्तर मापन गर्ने आईक्यू एअरका अनुसार आज पनि काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । तर काठमाडौंको वायुको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) भने हिजोको भन्दा घटेको छ । हिजो ३५२ रहेको एक्यूआई आज २३२ मा झरेको छ ।
हावाको गुणस्तर मापन सूचक एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई सबैका लागि खतरनाक अवस्था मानिन्छ । हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप बढेको छ ।
वातावरण विभागले सूचना निकालेर घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।
यस्तै, स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान अनुरोध गरेको छ ।
प्रधानमन्त्रीले आज बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने
बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दैछन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन् ।
तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता) हरुबाट सम्बोधन हुनेछ । सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ । यी सबै कार्यक्रमहरु बैङ्ककस्थित होटेल साड्ग्रिलामा हुनेछन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन् ।
बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत रहेका छन् ।
प्रधानमन्त्री ओली र मोदीबीच आज दोस्रो पटक भेटवार्ता हुँदै
काठमाण्डौं । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता हुँदैछ । ओली गत असारमा प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग हुन लागेको यो दोस्रो भेट हो । उनीहरूबिच पहिलो भेट अमेरिकाको गत असोजमा न्युयोर्कमा भएको थियो । भारत भ्रमणमा जाने प्रधानमन्त्री ओलीको प्रयास भने नौ महिनासम्म सफल भएको छैन ।
थाइल्यान्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच शुक्रबार दिउँसो ३० मिनेट वार्ता तय भएको छ । मोदी बस्ने म्यान्डेरियन ओरिन्टल होटेलमा दुई प्रधानमन्त्रीबिच प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ ।
परराष्ट्र मन्त्रालयको प्रोटोकल डिभिजनले तयार पारेको कार्यतालिकाअनुसार प्रधानमन्त्री ओली र मोदीबिच शुक्रबार अपराह्न ४ बजेदेखि ४ः३० सम्म ३० मिनेट प्रधानमन्त्रीसहित सातजना प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । बिमस्टेक सम्मेलन सम्पन्न भइसकेपछि दुई प्रधानमन्त्रीबिच भेट हुन लागेको हो ।
यसअघि ओली–मोदीबिच गत ७ असोजमा न्युयोर्कमा भेट भएको थियो । त्यसवेला संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने क्रममा उनीहरूबिच भेट भएको हो । यसपटक बिमस्टेक सम्मेलनमा सहभागी हुने क्रममा उनीहरूबिच भेटको चाँजोपाँजो मिलेको छ ।
वार्तामा नेपालबाट प्रधानमन्त्री ओलीबाहेक परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका अर्थ तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्रसचिव अमृतबहादुर राई र परराष्ट्रका उपसचिव अम्बिका जोशी सहभागी हुनेछन् ।
भेटमा मोदीलाई प्रधानमन्त्री ओलीले यसअघि गरेको निमन्त्रणा र सगरमाथा संवादमा सहभागी हुन पठाएको निमन्त्रणाबारे ध्यानाकर्षण गराउनेछन् । यसबाहेक दुई देशबिच जलविद्युत् र ऊर्जा सहकार्य, सीमालगायतका विषयमा पनि छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।