काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बोनस शेयर डिम्याट (हितग्राही) खातामा जम्मा गराएको छ ।
कम्पनीको पुस २९ गते सम्पन्न २३औं वार्षिक साधारणसभाले ३ प्रतिशत बोनस शेयर पारित गरेको थियो । सोही शेयर चैत १४ गतेदेखि सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको हो ।
पुस १५ गतेसम्म कायम रहेका शेयरधनीले मात्र बोनस शेयर प्राप्त गरेका छन् । सो शेयर नेप्सेमा सूचीकृत भई कारोबारमा समेत आइसकेको छ ।
साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले अभौतिकीकरण गरेपछि मात्रै बोनस शेयर खातामा पठाइने बैंकले जनाएको छ ।