काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।
सर्वोच्च अदालतमा न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाई भएको रिट हेर्दाहेर्दैमा रहेको हो ।
घिसिङले सरकारले कानून विपरीत आफूलाई हटाएको भन्दै रिट दायर गरेका हुन् भने शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै रिट दायर गरेका थिए ।
कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा
राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल
काठमाण्डौं । सरकारले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन आम सर्वसाधारणलाई अपिल गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनकुनेमा शुक्रबार राजावादीले गरेको हिंसात्मक प्रदर्शनको बैठकले निन्दा गरेको जानकारी दिए ।
यस्तै घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको पनि जनाए ।
यस्तै बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीमाथि गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको गुरुङले जनाए ।
सेयर बजारमा १५.५७ अंकको गिरावट, कारोबार पौने ६ अर्ब
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक १५.५७ अंकले घटेको हो । योसँगै परिसूचक २६७७.५५ अंकमा झरेको छ । आज बजारमा ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
आज बजारमा २४२ कम्पनीको कारोबार हुँदा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भन् ४२ वटा कम्पनीको मूल्य मात्रै बढेको छ ।
आज बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यका सकारात्मक सर्किट ब्रेकर लागेको छ भने गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरैले घटेको छ । बजारमा आज सबै समूहका सूचक घटेका छन् । फाइनान्स र होटलको सूचक १ प्रतिशत भन्दा माथिको गिरावट देखिएको छ ।
आज कारोबार रकम, कारोबार शेयर र कारोबार भएको संख्या तीनैका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स कम्पनी अगाडि छ ।
यसअघि अघिल्लो तीनवटा कारोबार दिनमा बजार परिसूचक झण्डै ११० अंकले बढेको थियो । आजको गिरावटलाई त्यसैको करेक्सनको रूपमा हेरिएको छ ।
नबिल बैंकले गर्यो महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम
काठमाडौँ । नबिल बैंकले सोमबार काठमाडौँमा ‘वुमन इन मोसन(एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ ।
महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन बैंकको स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गरेकी हुन् । उक्त अवसरमा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरुको सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर प्रदानका लागि बैंक प्रतिबद्ध रहेको जनाएका छन् । उनले बैंकिङ क्षेत्रमा महिलाहरुका लागि केही अप्ठ्याराहरु भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको जनाए ।
“हामी लैंगिक समानता कायम गर्न प्रतिबद्ध छौँ, लैंगिक समावेशिता कायम भयो भने सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ”, अध्यक्ष पौडेलले भने । पौडेलले विश्वको इतिहास हेर्दा पनि महिलालाई पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरेको उल्लेख गर्दै पछिल्लो समय भने यो परिवर्तन भइरहेको जनाए ।
“अहिले पनि कार्यस्थलहरुमा महिलाविरुद्ध हिंसाका घटना भइरहेका छन्, केही चुनौती पनि छन्, यी समस्याहरु नेपालले पहिचान गरी समाधानको बाटोमा अघि बढिसकेको छ”, उनले भने, “नबिल बैंक पनि महिलाहरुलाई उच्च नेतृत्वमा ल्याउन र निर्णायक भूमिका दिन र अवसर सृजना गर्ने विषयमा सकारात्मक छ ।” उनले आर्थिक विकासमा महिलाको सहभागिताको महत्वलाई बुझ्दै समाजमा लामो समयदेखि रहेको असमानताको अवशेषलाई हटाउनु पर्नेमा जोड दिए ।
त्यस अवसरमा नबिल बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा महिलाहरुको नेतृत्व बढाउन जरुरी रहेकामा जोड दिए । उनले बैंकिङ क्षेत्रको नेतृत्वमा अझै पनि महिलाहरुको प्रतिनिधित्व कम भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले महिला सहभागिता बढाउन र उत्प्रेणाका लागि महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
ज्ञवालीले भने, “बैंकिङ क्षेत्रको व्यवस्थापकीय नेतृत्वमा महिलाहरुको सहभागिता बढाउन जरुरी छ, महिलाहरुको सोच्ने तरिका पुरुषको तुलनामा फरक हुन्छ, उहाँहरु काममा बढी केन्द्रित हुनुका साथै तथ्यपरक समेत गरेको मैले पाएको छु ।” सुशासनको क्षेत्रमा पनि पुरुषको तुलनामा महिलाहरु बढी सक्षम भएको उल्लेख गर्दै ज्ञवालीले बैंकबाट खराब काम गरी निष्कासित हुनेमा महिलाको संख्या नगन्य भएको जनाए । कर्मचारीमा महिलाको संख्या उल्लेख्य रुपमा कायम गर्न नबिल बैंक सक्षम भएको उनको भनाइ थियो ।
“महिलालाई पुरुषसँगै हिड्न सजिलो छैन, उहाँहरु घरदेखि कार्यालयको काममा व्यस्त हुनुपर्ने र विभिन्न जिम्मेवारीका कारण बीचबाटोमै अल्झनुपर्ने समस्या पनि छ”, उनले भने, “त्यसैले पनि हरेक जसो क्षेत्रमा महिलाहरुको अपेक्षाकृत प्रतिनिधित्व हुन सकेको छैन, त्यसैले समावेशी कार्यस्थल निर्माणका लागि महिलाको सहभागिता बढाउन जरुरी छ ।” आफूहरुले महिलाको कुरा गर्ने भन्दा पनि लैंगिक समानतामा जोड दिएको आएको उनको भनाइ थियो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले नबिल बैंकले आयोजना गरेको कार्यक्रम लैंगिक समानता कायमको लक्ष्यप्राप्तिमा महत्वपूर्ण पहल भएको जनाईन । “नबिल बैंकले महिलाको सशक्तीकरणमा लगानी गरी कार्यस्थल समावेशी बनाउनेदेखि मुलुकको वृहत आर्थिक विकासमा समेत ठूलो सहयोग गरेको छ”, उनले भनिन्, “नबिललाई आजका दिनसम्म ल्याउनमा महिलाहरुको ठूलो भूमिका भएको मैले पाएकी छु ।”
महिलाहरुको सशक्तीकरणमा पुरुषहरुको भूमिका महत्वपूर्ण हुने जनाउँदै उनले आफ्नो घर, कार्यस्थल तथा समाजमा महिलाहरुको साथ दिन सबैलाई आग्रह गरिन् । “महिलाहरूका लागि खेलकुद, बैंकिङ वा कुनै पनि क्षेत्रमा दिगो भविष्य निर्माण गर्न केवल अवसर मात्र पर्याप्त हुँदैन, यसका लागि संस्कृतिमा पनि परिवर्तन आवश्यक छ, हामीले साना उमेरदेखि नै किशोरीहरूमा लगानी गर्नुपर्छ, तिनीहरूलाई बिना डर संकोच आफ्नो रहरहरु पछ्याउन प्रोत्साहित गर्नुपर्छ”, उनले भनिन् । महिलाहरुको सहभागिताले सीप र विज्ञताका साथै नयाँ दृष्टिकोण, सोच र सहकार्य पनि ठूलो प्रभाव पार्ने उनको भनाइ थियो । उनले पुरुषहरुको बाहुल्य रहेको समाजमा एक्लै हिँड्न नसकिने भन्दै लक्ष्य प्राप्तिका लागि सञ्जाल निर्माण र सहकार्य जरुरी भएको जनाईन ।
कार्यक्रममा ‘द सि सिफ्टः नेभिगेटिङ ब्यारियर्स एण्ड क्याटलाइजिङ लिडरसीप’ शीर्षकको समूहगत छलफलका क्रममा वक्ताहरुले महिलाहरुले पनि विभिन्न क्षेत्रको नेतृत्व लिन सक्ने र त्यसका लागि योग्य भएकामा जोड दिए । छलफलका क्रममा पर्यावरण अभियन्ता सिलसिला आचार्य, रोजी कट्टेल र डा. रामजी रामले महिलाको सहभागिता, सशक्तीकरण र अवसर सृजनालगायतका क्षेत्रमा धारणा राखेका थिए भने कान्तिपुरका वरिष्ठ उप सम्पादक यज्ञ बन्जाडे मध्यस्थकर्ताको भूमिकामा थिए । कार्यक्रममा नबिलका उच्चपदाधिकारीहरुका साथ दुई सयभन्दा बढी महिला तथा पुरुष कर्मचारीहरुको सहभागिता थियो ।
नबिल बैंकले यसबाहेक पनि महिलाका विषयलाई केन्द्रित गरी मार्च महिनाभर विभिन्न कार्यक्रम आयोजना गरिसकेको छ । बैंकले लैंगिक समानता प्रवद्र्धन, महिला सशक्तीकरण, जनचेनता अभिवृद्धि, व्यक्तिगत क्षमता अभिवृद्धि र सहयोगी समुदाय निर्माणको उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ ।
बैंकले आयोजना गरेको मार्च इन टु वेलनेस कार्यक्रमबाट काठमाडौँ उपत्यका र बाहिरका गरी ३५ महिला कर्मचारी लाभान्वित भएका थिए भने वेलविइङ अफ वुमन सेसनमार्फत उपत्यकामा कार्यरत १०० महिला कर्मचारीले लाभ लिएका थिए । बैंकले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देशव्यापी वृहत्त र्याली आयोजना गरेको थियो । जसमा नबिल बैंकका मुलुकभर रहेको विभिन्न शाखामा कार्यरत एक हजार २०० सयभन्दा बढी कर्मचारीको सहभागिता थियो ।
बैंकले कार्यस्थलमा हुने हिंसाजन्य गतिविधि र रोकथामका उपायका सम्बन्धमा कोशी प्रदेशमा ६८ जना महिला कर्मचारी सम्मिलित कार्यक्रम आयोजना गरेको थियो । साथै मधेस प्रदेशमा सुरक्षित र मर्यादित कार्यस्थल शीर्षकको कार्यक्रम आयोजना गरी ५० जना कर्मचारीलाई अभिवृद्धि गरेको थियो । साथै नबिलले बैंकमा कार्यरत सबै कर्मचारीलाई लक्षित गरी रजस्वलाको विषय र चुनौतीका सम्बन्धमा कार्यक्रम आयोजना गरेको थियो ।
बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
१० बजे सिंहदरबार जाँदै रवि,सभामुखलाई भेट्ने
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।
आज बिहान १० बजे लामिछानेसहित रास्वपा सांसदहरू सभामुखलाई भेट्न सिंहदरबारस्थित कार्यालय जाने भएका हुन् ।
लामिछानेविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्धा दायर भएपछि गत पुस ८ गतेदेखि सांसद पद निलम्बन भएको थियो । तर लामिछानेले संबिधान विपरित सांसदबाट आफुलाई निलम्बन गरिएको जनाउँदै आएका छन् ।
आज हुन लागेको सभामुखसँगको छलफलमा प्रतिनिधिसभामा सहभागी हुनेबारे कुराकानी हुने जनाईएको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।
मंगलबार संसद भवन नयाँबानेश्वरमा बिहान ११ बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०८१ तथा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधन माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विधेयक पारित गराउने प्रस्ताव गर्ने छिन् ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र विधेयक पारितका लागि प्रस्ताव गर्ने पनि कार्यसूची रहेको छ ।
आजको बैठकसँगै संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्य हुनेछ ।
सरकारले आज राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरिसकेको छ ।
प्रधानमन्त्री ओली आज दिउँसो १ बजे थाइल्याण्ड जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नेछन् ।
प्रतिनिधि सभाको हिजोको बैठकमा सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’ को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण भएको जनाएका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ । भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ । साथै, थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरुसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिए ।
प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्नेछन् । सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने जनाइएको छ ।