काठमाण्डौं । सरकारले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन आम सर्वसाधारणलाई अपिल गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनकुनेमा शुक्रबार राजावादीले गरेको हिंसात्मक प्रदर्शनको बैठकले निन्दा गरेको जानकारी दिए ।
यस्तै घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको पनि जनाए ।
यस्तै बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीमाथि गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको गुरुङले जनाए ।