Page 6

आन्दोलनरत शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त पन्तले शिक्षकका प्रतिनिधिहरूलाई वार्तामा सहभागी हुन आह्वान गरेका हुन् ।
“शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु,” मन्त्री पन्तले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र पारित गर्नुपर्ने मागप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

 

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तद्वारा पदबहाली

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदबहाली गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शपथपछि उनले सिंहदरबार पुगेर पदबहाली गरेका हुन् । यस क्रममा उनले वार्ताका माध्यामबाट आन्दोलनरत शिक्षकको माग सम्बोधन गरिने जनाए । आफूले भर्खर मात्र मन्त्रालयको जिम्मेवारी लिएको जनाउँदै उनले शिक्षा क्षेत्रकाबारेमा जानकारी लिएर अघि बढ्ने स्पष्ट पारे ।
तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि नेकपा (एमाले) का स्थायी कमिटी सदस्य पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

यस्तो सरकारबाट बाहिर जाने गगन थापाको चेतावनी

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधारभूत कुरामा सम्प्रमाइज हुने अवस्थामा कांग्रेस सरकारबाट बाहिर जाने चेतावनी दिएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा आयोजित संवादमा बोल्दै महामन्त्री थापाले शिक्षक र निजामती आन्दोलनतर्फ संकेत गर्दै कांग्रेस समस्याबाट भागेर नहुने जनाए ।
उनले कांग्रेस अहिले सरकारमा जानुपरेको बाध्यता सुनाए । उनले भने, ‘हामीले समस्याको कुरा मात्रै गरेर हुँदैन, समाधान पनि दिनुपर्छ । आज हामी बाध्यतामा छौं, एक्लै छैनौं सरकारमा छौं । कतिपय हामीले कम्प्रमाइज गरेका छौं । तर आधारभूत कुरामा हामी कम्प्रमाइज गर्दैनौं । हामीले भन्न सक्नुपर्छ, पर्‍यो भने यस्तो सरकारबाट बाहिर जान्छौं हामी । सरकारै सबैभन्दा ठूलो कुरा होइन । मैले यो सरकारको मात्रै कुरा गरेको होइन ।’
कांग्रेसले शिक्षक आन्दोलन, निजामती कर्मचारी लगायतको आन्दोलनको विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्ने उनले जनाए । उनले प्रमुख पार्टीमा रहेका शीर्ष नेताहरूप्रति आममानिसको भरोसा टुटिसकेको जनाए ।

प्रधानमन्त्रीले भोलिको संसद बैठकमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुक्रबारको संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।
बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधि सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची तय भएको हो । सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो ।
बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले देश र जनतालाई सम्बोधन गर्ने एमाले मुख्य सचेतक महेश बर्तौलाले जनाए ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘च्वाइस’ नामक नयाँ सेवा सार्वजनिक गर्ने घोषणा गरेको छ । यस सुविधामार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा उत्पादक स्रोतबाट सिधै छानिएका एक हजारभन्दा बढी टप–रेटेड उत्पादनहरू खरिद गर्न सक्नेछन्।
दराजका अनुसार ‘च्वाइस’ ले प्रयोगकर्तालाई एकै कार्ट तथा एकै वेयरहाउस प्रणालीमार्फत किनमेल गर्ने सुविधा प्रदान गर्नेछ, जसले गर्दा सामानहरू १ देखि ३ दिनभित्रमा द्रुत डेलिभरी हुनेछन्। तीन वा सोभन्दा बढी उत्पादन खरिद गर्दा फ्रि डेलिभरी तथा चार वा सोभन्दा बढी सामानमा स्टक उपलब्धताअनुसार फ्रि गिफ्टको पनि व्यवस्था गरिएको छ। साथै, १४ दिनसम्मको बिना झन्झट फिर्ता नीतिको सुविधा पनि उपलब्ध हुने दराजले जनाएको छ।
‘च्वाइस’ सेवा दराजको आगामी ‘पे डे सेल’ (अप्रिल २५–२९) सँगै सुरु गरिनेछ। यसमार्फत ग्राहकहरूले ग्रोसरी, हाउसहोल्ड, पर्सनल केयर, मदर एण्ड बेबी, हेल्थ एण्ड ब्यूटी लगायतका कोटामा युनिलिवर, डाबर, गोद्रेज, ब्रिटान्निया लगायतका ट्रस्टेड ब्रान्डका वस्तुहरू खरिद गर्न सक्नेछन्।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले ग्राहकको बदलिँदो अपेक्षालाई ध्यानमा राख्दै नयाँ अप्शन सुरु गरिएको जानकारी दिँदै यसले दराजको ब्रान्ड विश्वसनीयता अझ बलियो बनाउने जनाए। दराज ग्लोबल ‘च्वाइस’ प्रमुख जिआंग हान एडेलाले च्वाइसले ग्राहक अनुभवलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे।

 

योग्य र व्यावसायिक व्यक्तिलाई गभर्नर नियुक्त गरिनु पर्ने महतको धारणा

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुने जनाएका छन् ।
बिपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययनन तथा विकास संस्थापनले आज आयोजना गरेको ‘आगामी बजेटका प्राथमिकताहरु’ विषयक विशेष अन्तरसंवाद कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका डा. महतले राजनीतिक पूर्वाग्रह नराखी योग्य र व्यावसायिक व्यक्तिलाई गभर्नर नियुक्त गरिनुपर्ने धारणा राखे ।
“गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण कुरा हो”, प्रवक्ता डा. महतले भने, “जसले निरपेक्ष भावले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्छ त्यस्तो व्यक्तिलाई गभर्नर नियुक्त गर्नुपर्छ ।”

बीमा दाबी भुक्तानी लिन सानिमा जिआईसीको आग्रह

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी बिमितहरूलाई उक्त भुक्तानी लिन आग्रह गरेको छ ।
कम्पनीले लामो समयसम्म फस्र्योट हुन बाँकी दाबीका सम्बन्धित दाबीकर्तालाई कम्पनीको प्रधान कार्यालय टंगाल, काठडमौंमा सम्पर्क गरी दाबी भुक्तानी लिन आग्रह गरेको हो ।
यसका लागि ३५ दिनको समय दिइएको छ । सो समयभित्र आवश्यक कागजातसहित सम्पर्कमा नआएमा बिमितको दाबी फाइल बन्द गरिने पनि कम्पनीले चेतावनी दिएको छ ।

नेको इन्स्योरेन्सद्वारा ७.३६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेको इन्स्योरेन्सले ७.३६८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०८०–८१ को नाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विष्णु धितालले जनाएका छन् ।
उक्त प्रस्ताव बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।

तीनकुने घटनामा मृत्यु भएकाको परिवारलाई जनही १० लाख उपलब्ध गराइने

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सो निर्णय गरिएको जानकारी गराएका हुन् ।
यसैगरी, सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्नेसमेत निर्णय गरेको उनले जानकारी दिए ।
साथै यही वैशाख १६ देखि २२ गतेसम्म भारतको नयाँदिल्ली, देहरादुन र लखनउमा द्विपक्षीय भेटघाटका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र प्रमुख सचिव डा कमलप्रसाद पोखरेलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीले ऊर्जा राज्यमन्त्री तामाङलाई गरे बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्।
प्रधानमन्त्रीले उनलाई आज बर्खास्त गरेका हुन् । बर्खास्त गर्नुको कारण खुलाइएको छैन ।
काँग्रेसका तामाङलाई पार्टीले यसअघि नै राजीनामा दिन निर्देशन दिएको थियो । तर उनले पार्टीको निर्देशन अटेरी गर्दै आएका थिए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...