यस्तो सरकारबाट बाहिर जाने गगन थापाको चेतावनी

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधारभूत कुरामा सम्प्रमाइज हुने अवस्थामा कांग्रेस सरकारबाट बाहिर जाने चेतावनी दिएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा आयोजित संवादमा बोल्दै महामन्त्री थापाले शिक्षक र निजामती आन्दोलनतर्फ संकेत गर्दै कांग्रेस समस्याबाट भागेर नहुने जनाए ।
उनले कांग्रेस अहिले सरकारमा जानुपरेको बाध्यता सुनाए । उनले भने, ‘हामीले समस्याको कुरा मात्रै गरेर हुँदैन, समाधान पनि दिनुपर्छ । आज हामी बाध्यतामा छौं, एक्लै छैनौं सरकारमा छौं । कतिपय हामीले कम्प्रमाइज गरेका छौं । तर आधारभूत कुरामा हामी कम्प्रमाइज गर्दैनौं । हामीले भन्न सक्नुपर्छ, पर्‍यो भने यस्तो सरकारबाट बाहिर जान्छौं हामी । सरकारै सबैभन्दा ठूलो कुरा होइन । मैले यो सरकारको मात्रै कुरा गरेको होइन ।’
कांग्रेसले शिक्षक आन्दोलन, निजामती कर्मचारी लगायतको आन्दोलनको विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्ने उनले जनाए । उनले प्रमुख पार्टीमा रहेका शीर्ष नेताहरूप्रति आममानिसको भरोसा टुटिसकेको जनाए ।

LEAVE A REPLY