Page 15

बजेडी आधारभूत विद्यालयका विद्यार्थीलाई सानिमा रिलायन्सको झोला सहयोग

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वैशाख २४ गते बाजुराको बजेडी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई झोला वितरण गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीका क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा विद्यार्थीहरूलाई १४७ थान झोला वितरण गरिएको हो।
हाल यस विद्यालयमा ईसीडीदेखि कक्षा ८ सम्म १४७ जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन्। कम्पनीले पिछडीएको जिल्लामा न्यून आय भएका जेहेन्दार विद्यार्थीहरूको दुःखमा मलम लगाउने उद्देश्य सहित झोला वितरण गरेको जनाएको छ।
कम्पनीले आगामी दिनहरूमा पनि यस्तै प्रकारको कार्यक्रम गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको जनाएको छ।
यस्ता प्रयासहरू मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ। भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना रहेको कम्पनीले जनाएको छ।
देशभर १६९ शाखा सञ्जाल रहेको यस कम्पनिको पूँजी ५ अर्बभन्दा बढी र २० अर्बभन्दा बढीको लगानी रहेको छ भने २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत छन्।

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको नाफा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा रिलायबल नेपाल लाइफ इन्सुरेन्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा ३६.८८ प्रतिशतले बढेर ४६ करोड ५७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ३४ करोड २ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
खुद बिमा शुल्क आर्जन, लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै यसको खुद नाफा पनि बढेको हो । खुद बिमा शुल्क आर्जन २७.१८ प्रतिशतले बढेर ३ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी ९.५६ प्रतिशतले बढेर १ अर्ब ६ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ २ पैसाले बढेर १३ रुपैयाँ ३८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ९७ पैसा छ ।

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

काठमाडौँ। नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबिच सम्झौता भएको छ । नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबबाट पाँच सय रुपियाँ र नगरपालिकाको शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट पाँच सय रुपियाँ थप गरी मासिक एक हजार रुपियाँ नागरिक पेन्सन योजनामा जम्मा गर्ने विषयमा कोष र नगरपालिकाबिच सम्झौता भएको हो ।
सम्झौतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख बिरेन्द्र भट्ट र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले हस्ताक्षर गरेका छन् । यस योजनामा सहभागी शिक्षक, कर्मचारी र पालिकाको तर्फबाट जम्मा भएको रकमको आधारमा एकमुष्ठ वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

सबैको रोजाइमा सानिमा रिलायन्स मेरो सुनिश्चित प्रतिफल जीवन बीमा योजना

काठमाडौं । पछिल्लो समय सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘मेरो सुनिश्चित प्रतिफल जीवन बीमा योजना’ ग्राहकको रोजाइमा परेको छ । ग्यारेन्टेड प्रतिफल सहित आएको यस जीवन बीमा योजनामा ग्राहकले बोनसको कुनै चिन्ता लिन पर्ने छैन।
आफूले तिर्न सक्ने बीमाशुल्कको आधारमा बीमाङ्क कायम हुने र जोखिम बहन सँगै बीमा अवधिको समाप्तिमा ग्यारेन्टीको रकम फिर्ता पाईने हुनाले यसमा आकर्षण बढ्दो छ । ग्राहकलाई बीमा गर्नका लागि निकै उपयोगी र नयाँ किसिमको रहेको यस बीमालेखमा विभिन्न लाभहरू समावेश छन् ।
अन्य बीमालेखमा भन्दा फरक यस बीमालेखमा बीमा परिपक्व हुँदा आर्जित भुक्तानी रकम फरक पर्दैन । यस्तै बीमा शुरू भएको मितिमा नै आधारभूत बीमाशुल्कको २.५ गुणा सम्मको एकमुस्ट भुक्तानीको ग्यारेन्टी समेते यस पोलिसीमा गर्दै आएको छ ।
यस बीमालेखमा ग्राहकको आकर्षण बढ्नुको अर्को कारण भनेको सीमित समय मात्रै बीमाशुल्क भुक्तानी गरी लामो समय जोखिम बहन हुने आकर्षक सुविधा समावेश भएकाले हो । आफूसँग केही समयसम्म रहने बचतबाट नै यसको बीमा गर्न सकिने भएकाले पनि यो बीमालेख किन्न सहज छ ।
५ र ७ वर्षसम्मको मात्र बीमाशुल्क भुक्तानी गरेर १६ र २० वर्षसम्मको दीर्घकालिन बचत र जोखिम बहन गर्न सकिने भएकाले यो बीमालेख आफ्नो जीवनको सक्रिय अवस्थामा हुँदा नै गर्न उचित हुने देखिन्छ ।
आफूले आम्दानी गर्न सक्ने अवस्थामा नै बीमा गराउँदा यस बीमालेखबाट धेरै लाभ लिन सकिन्छ । आधारभूत बीमाशुल्कको न्यूनतम २ गुणा देखि अधिकतम २.५ गुणा सम्म रक्षावरण लाभपाउन सकिन्छ ।
यो योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता र तत्कालको क्षमता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । सीमित अबधिको लागि बीमाशुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा र परिपक्व रकम ग्यारेन्टीका साथ पाउन सकिने आकर्षक विशेषता यस बीमालेखमा रहेको छ ।
कसरी गर्न सकिन्छ यस्तो बीमा ?
यस बीमालेख कसरी गर्दा सबैलाभ पाउन सकिन्छ भन्ने बुझाउनका लागि यहाँ वर्ष ३५ का कुबेरलाई राखिएको छ । ३५ वर्षीय कुबेरले २० वर्ष बीमा अवधिका लागि यस बीमा लेख रोज्छन् । यसमा उनले बीमाशुल्क सात वर्षमा तिरिसक्ने गरी सम्झौता गर्छन् ।
उनले प्रत्येक वर्ष आधारभूत बीमाशुल्क एक लाख रुपैयाँ वा १ लाख ३६ हजार ३१३ (पूरक करार सुविधा सहित) भुक्तानी गर्ने विकल्प रोज्छन् । यस अनुसार कुबेरको १७ लाख ५० हजार रुपैयाँ बीमाङ्क कायम हुन्छ । यसका लागि उनले ७ वर्षमा ९ लाख ५४ हजार १९१ रुपैयँ मात्र तिर्छन् ।
कम्पनीका अनुसार, यस बीमालेखमा कुबेरलाई बीमा अवधिको समाप्तिमा १७ लाख ५० हजार रुपैयाँ (भुक्तानी गरेको आधारभूत बीमाशुल्कको २.५ गुणा) रकम भुक्तानी गरिने छ ।
यस्तै कुबेर कुनै समयमा दुर्घटनाको प्रत्यक्ष कारणबाट पूर्ण स्थायी रुपमा अशक्त भएमा १७ लाख ५० हजार रुपैयाँ बीमाङ्क बराबरको रकम १२० मासिक किस्तामा भुक्तानी कम्पनीले गर्नेछ । दुर्घटना मिति पछि बीमाशुल्क मिनाहा गरिने समेत कम्पनीले सुनिश्चित गरेको छ ।
यस्तै कुनै कारणबस कुबेरको मृत्यु भएमा उनको हकवालालाइे घटना मितिको आधारमा १७ लाख ५० हजार रुपैयाँसम्म र दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु भएमा उनको हकवालालाई १७ लाख ५० हजार रुपैययाँ थप रकम एकमुष्ट भुक्तानी गरिने छ ।
घातक रोग सुविधा
घातक रोग सुविधा अन्तर्गत कुबेरलाई १८ मध्ये कुनै एक घातक रोगको चिकित्सकीय रुपमा प्रमाणित भएमा उपचारका लागि एकमुष्ट १७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिने छ ।

 

बिपी राजमार्ग अवरुद्, खोलाले बगाउँदा एक महिला बेपत्ता

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । उनले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको जनाए । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।
यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको आज पनि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी छन् ।
मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो । कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो ।
आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको प्रनाउ घलेले जनाए । सोमबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो । यस्तै आलु लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति भएको छ ।

विश्वकप छनोट अन्तर्गत नेपालले हङकङ संग खेल्दै

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज हङकङसँग समूह चरणको तेस्रो खेल खेल्दैछ  । टेर्डथाई क्रिकेट मैदान, बैंककमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो १२ः३० बजे सुरु हुनेछ  ।
दुवै टोलीका लागि यो खेल निर्णायक बन्ने संकेत देखिएको छ । नेपालले यो खेल जितेमा सुपर ३ चरणमा स्थान सुरक्षित गर्नेछ । हार भएमा भने नेपालका लागि विश्वकप छनोटको यात्रा लगभग समाप्त हुने सम्भावना छ । त्यसैले नेपाली टोलीका लागि यो ‘डु–ओर–डाइ’ स्थिति भएको छ  ।
नेपाल र हङकङबीचको प्रतिस्पर्धा अघिल्लो केही वर्षयता निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ । हालसम्म भएको ९ भेटमा नेपालले ५ खेल जितेको छ भने ४ खेलमा हङकङ विजयी भएको छ ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको जनाईएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२, ०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित समेत गरेको थियो ।

 

गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात गर्न राष्ट्रपतिद्वारा आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको जनाएका छन् ।
पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो जनाएका हुन् । सन्देशमा भनिएको छ, “बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, एसियाका तारा एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पच्चीस सय ६९ औँ बुद्धजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतमबुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ । यस दिन गुम्बा, विहार, मठ, स्तूपा र चैत्यमा बुद्धको विशेष पूजा–अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ ।
राष्ट्रपतिले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको पनि सन्देशमा व्यक्त गरेका छन् ।
गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी राष्ट्रपतिले कामना समेत व्यक्त गरेका छन् ।

बुद्धजयन्ती केवल उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण ः प्रचण्ड

काठमाडौं । शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६९ औँ जन्मजयन्तीको अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिँदै बुद्ध जयन्ती केवल उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण रहेको जनाएका छन् ।
सोमबार शुभकामना सन्देशमाफर्त उनले बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण रहेको जनाएका हुन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘उहाँको व्यवहारबाटै दिनुभएको शिक्षाले आज हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ। क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक हुन्। बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको छ ।’
उनले विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता हासिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको पनि जनाए ।

 

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धले शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश दिएको जनाएका छन् ।
२५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यी कुरा बुद्धले दिएको अमूल्य उपहार भएको जनाएका हुन् । ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध’, सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन् ।
बुद्ध जयन्तीले हामीलाई उनको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउने प्रधानमन्त्रीले उल्लेख गरेका छन् । ‘बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस्’, प्रधानमन्त्री ओलीको शुभेच्छा छ ।
ओलीले बुद्ध जयन्तीको अवसरमा शान्तिको कामना गरेका छन् । ‘सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस्, बुद्ध जयन्तीको हार्दिक शुभकामना, सबको जय होस्, सबलाई सुख होस्’, उनले लेखेका छन् ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...