संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको जनाईएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२, ०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित समेत गरेको थियो ।

 

LEAVE A REPLY