Page 16

काठमाडौंको नयाँ बसपार्कको होटलमा पुरूष मृत फेला

काठमाडौं । काठमाडौँको नयाँ बासपार्कस्थित एक होटलमा पुरुष मृत फेला परेका छन्।
महानगरपालिका २६ विरेन्द्र ऐश्वर्या मार्गस्थित सगरमाथा गेस्ट हाउसको २०१ नम्बर कोठामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ३ घर भएका ४० वर्षीय विनोद खत्री मृत फेला परेका हुन् ।
प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

५२ संवैधानिक नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौँ । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिट आइतबार हेर्दाहेर्दैमा राखिएको छ । पछिल्ला सुनुवाइमा रिटमाथि संवैधानिक निकायका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्।
गत वैशाख ७ देखि १० गतेसम्म दिनहूँ सुनुवाइ भैरहेको संवैधानिक नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको विदेश भ्रमणले स्थगित भएको थियो।
रिटमाथिको सुनुवाइ आजदेखि पुनस् प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरु सपना प्रधानमल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुरु भएको हो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संवैधानिक निकायमा नियुक्त गरेको थियो ।उक्त नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालसहित १५ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

निवर्तमान गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
अधिवक्ता नवीन धितालले निवर्तमान गभर्नर अधिकारी पदमा रहेकै बेला गठन भएको गभर्नर सिफारिस समितिमा बस्नु गैरकानूनी भएको भन्दै अदालतमा रिट दायर गरेका हुन्।
गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो। उक्त सिफारिस समितिको बैठक एक महिनासम्म पनि बस्न नसकेको भन्दै पूर्वगभर्नरको तर्फबाट सदस्य बनेका विजयनाथ भट्टराईले राजीनामा दिएका थिए।
भट्टराईको राजीनामापछि समितिमा तत्कालीन गभर्नर अधिकारीलाई ल्याइएको थियो।
अधिकारी गएको चैत २२ गते आफ्नो ५ वर्ष कार्यकाल सकाएर राष्ट्र बैंकबाट बाहिरिएका थिए। त्यसयता गभर्नर पद रिक्त रहेको छ।
राष्ट्र बैंकबाट भर्खरै बाहिरिएका अधिकारी सिफारिस समितिमा बस्नु कानूनविपरीत भएको निवेदकको दाबी छ। उक्त रिटमाथि वैशाख ३० गते पेसी तोकिएको छ।

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ।
कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।

२० प्रतिशत डाउनपेमेन्टमा रिड्डारा ईभी पिकअप, सिजी मोटर्सको एक्सचेन्ज योजना सार्वजनिक

काठमाडौं । सिजी मोटर्सले चिनीया अटो कम्पनी गीली अटो समूहसँगको सहकार्यमा ‘ईभीओल्भ टु रिड्डारा एक्सचेन्ज’ नामक विशेष साटासाट (एक्सचेन्ज) योजना सार्वजनिक गरेको छ, जसले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने विश्वास लिएको छ।
यो सीमित अवधिको योजनाअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर बहुप्रशंसित र शक्तिशाली विद्युतीय पिकअप रिड्डारा केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्नेछन्।
गीली अटो समूहको अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सिजी मोटर्सको दिगोपनप्रतिको प्रतिबद्धता समेटिएको रिड्डारा दक्षता र व्यवहारिकताको आदर्श संयोजन हो। ७३ किलोवाट–घण्टाको ब्याट्री क्षमतासहित ४२४ किलोमिटरको उत्कृष्ट यात्रा दूरी (रेन्ज) रहेको यस पिकअपले नेपालको जटिल भूगोलमा समेत सहज यात्रा गर्न सक्ने क्षमताका साथ बजारमा प्रवेश गरेको छ।
रिड्डारामा पहिलोपटक आफ्नो वर्ग (सेग्मेन्ट) मा सातवटा फरक–फरक ड्राइभिङ मोडहरू—स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट समावेश गरिएका छन्, जसले विभिन्न भू–परिस्थितिमा प्रभावकारी ड्राइभिङ अनुभव दिलाउँछ। साथै, ५४० डिग्री दृश्य क्षमतायुक्त वरिपरि देखाउने क्यामेराले सुरक्षालाई थप मजबुत बनाउँदै चालकलाई आत्मविश्वास दिलाउने सुविधा उपलब्ध गराएको छ।
योजना अन्तर्गत कम्पनीले नगद छुट, अतिरिक्त साटासाट बोनस, निःशुल्क सजावट सामग्री (एसेसोरी), एक वर्षको निःशुल्क बीमा, सात किलोवाट क्षमताको चार्जर निःशुल्क, र एक वर्षको सडक कर समेत निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ, जसले ग्राहकको लगानीमा अधिकतम मूल्य दिने विश्वास लिएको छ।
चीनमा नम्बर एक विद्युतीय पिकअपको मान्यता प्राप्त गरिसकेको रिड्डारा, गीली अटो समूहद्वारा निर्माण गरिएको हो, जुन चीनका शीर्ष १० अटो कम्पनीमध्ये एक हो।

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

काठमाडौँ । नबिल बैंकले बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् ।
ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएकोे छ ।
लाउञ्ज उद्घाटन गर्दै डेपुटी सिइओ पाण्डेले भने, “नबिल बैंक ग्राहकलाई विश्वस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं ।” उनले भने, “ग्राहकसँग कारोबारमा मात्रै सीमित नभइ दीर्घकालीन सम्बन्ध बनाउनेमा हामी विश्वास गर्छौ ।”
नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनरिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, व्यक्ति केन्द्रित सेवा लिन, सहज बैंंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ ।
नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइटमा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ ।
नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे खोला आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक तथा डायनामिक हाइड्रो ईनर्जी प्रालिबीच ४२ मेगावाट क्षमताको दोलखा विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहने छ । ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत रु. ७ अर्ब रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रु. ५ अर्ब २५ करोड रहनेछ ।
साथै एनएमबिले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ । २ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत रु. ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंकले रु. ३४ करोड ऋण लगानी गर्ने भएको छ ।
एनएमबि बैंकको तर्फबाट दिनेश दुलाल (चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग) तथा डायनामिक हाइड्रो ईनर्जी प्रालिको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोह बिक्रम कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरे । सोही कार्यक्रममा एनएमबि बैंकका सीईओ घिमिरेले एनएमबि बैंकले हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सुक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराए ।
साथै अध्यक्ष कार्कीले एनएमबि बैंकसँग यस परियोजना सहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

 

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा चालकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की बहुमुखी क्याम्पस नजिकै भएको दुर्घटनामा लम्कीचुहा २ का ६५ वर्षीय लक्षीराम रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीकाअनुसार रिमालले चलाएको से७प ३२३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रोकिएको से१त ९६२३ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएको थियो ।
गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो । तर, राति सवा ९ बजे उपचारका क्रममै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अवैध आप्रवासी निष्कासन गर्न २० हजार कर्मचारी भर्ना गर्दै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी निष्कासन गर्ने नीति कार्यान्वयन गर्न गृह सुरक्षा विभाग (होमल्यान्ड सेक्युरिटिज) मा कम्तीमा २० हजार नयाँ अधिकारी थप्न आदेश दिएका छन् ।
शुक्रबार जारी गरिएको यो निर्देशनमा अवैध आप्रवासीलाई स्वतः निष्कासन (सेल्फ–डिपोर्टेसन) गर्न प्रोत्साहित गर्ने योजना पनि समावेश छ । एक भिडियो सन्देशमा ट्रम्पले उनीहरूलाई अमेरिका छाड्न सजिलो बनाइएको जनाए ।
यससम्बन्धी कार्यकारी आदेशअनुसार स्वेच्छाले निस्कन चाहने अवैध आप्रवासीलाई अमेरिकाबाट हवाईजहाज यात्राका लागि केन्द्रीय सरकारले खर्च व्यहोर्नेछ र घर फर्कने भत्ता पनि प्रदान गरिनेछ । तर, गृह सुरक्षा विभागमा कर्मचारी संख्या बढाउने खर्च कहाँबाट व्यवस्था गर्ने भन्ने स्पष्ट गरिएको छैन ।
अवैध आप्रवासन समाधान गर्ने संस्था इमिग्रेसन र कस्टम्स एन्फोर्समेन्ट (आईसीई) मा हाल २१ हजारभन्दा बढी कर्मचारी छन् ।
आईसीईको वेबसाइटअनुसार यसका ६ हजार १०० डिपोर्टेसन अधिकारी र ७५०भन्दा बढी डिपोर्टेसन सहयोगी छन् ।
ट्रम्पले लामो समयदेखि निष्कासनका लागि सीमा सुरक्षामा स्थानीय वा राज्य कानुन लागु गर्ने निकाय र राष्ट्रिय गार्डलाई सहयोग गर्न आह्वान गर्दै आएका छन् । यस आदेशमा गृह सुरक्षा विभागलाई स्थानीय तथा राज्य कानुन अधिकारीहरूलाई भइरहेका काम अघि बढाउन भनिएको छ ।
ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई अमेरिकाबाट निकाल्न धेरै तरिका अघि बढाउँदै गर्दा कर्मचारी बढाउने विषय अगाडि आएको हो ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२, ८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने गरी सम्भावित कार्यसूची तय भएको छ ।
त्यस्तै, नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधि सभामा यही वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।
सम्भावित कार्यसूचीअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२, ८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी, राष्ट्रिय सभामा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने सम्भावित कार्यसूची तय भएको छ । प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूची तय भएको छ ।
राष्ट्रिय सभामा पनि प्रतिनिधि सभामा जस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची निर्धारण गरिएको छ । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...