काठमाडौं । सिजी मोटर्सले चिनीया अटो कम्पनी गीली अटो समूहसँगको सहकार्यमा ‘ईभीओल्भ टु रिड्डारा एक्सचेन्ज’ नामक विशेष साटासाट (एक्सचेन्ज) योजना सार्वजनिक गरेको छ, जसले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने विश्वास लिएको छ।
यो सीमित अवधिको योजनाअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर बहुप्रशंसित र शक्तिशाली विद्युतीय पिकअप रिड्डारा केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्नेछन्।
गीली अटो समूहको अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सिजी मोटर्सको दिगोपनप्रतिको प्रतिबद्धता समेटिएको रिड्डारा दक्षता र व्यवहारिकताको आदर्श संयोजन हो। ७३ किलोवाट–घण्टाको ब्याट्री क्षमतासहित ४२४ किलोमिटरको उत्कृष्ट यात्रा दूरी (रेन्ज) रहेको यस पिकअपले नेपालको जटिल भूगोलमा समेत सहज यात्रा गर्न सक्ने क्षमताका साथ बजारमा प्रवेश गरेको छ।
रिड्डारामा पहिलोपटक आफ्नो वर्ग (सेग्मेन्ट) मा सातवटा फरक–फरक ड्राइभिङ मोडहरू—स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट समावेश गरिएका छन्, जसले विभिन्न भू–परिस्थितिमा प्रभावकारी ड्राइभिङ अनुभव दिलाउँछ। साथै, ५४० डिग्री दृश्य क्षमतायुक्त वरिपरि देखाउने क्यामेराले सुरक्षालाई थप मजबुत बनाउँदै चालकलाई आत्मविश्वास दिलाउने सुविधा उपलब्ध गराएको छ।
योजना अन्तर्गत कम्पनीले नगद छुट, अतिरिक्त साटासाट बोनस, निःशुल्क सजावट सामग्री (एसेसोरी), एक वर्षको निःशुल्क बीमा, सात किलोवाट क्षमताको चार्जर निःशुल्क, र एक वर्षको सडक कर समेत निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ, जसले ग्राहकको लगानीमा अधिकतम मूल्य दिने विश्वास लिएको छ।
चीनमा नम्बर एक विद्युतीय पिकअपको मान्यता प्राप्त गरिसकेको रिड्डारा, गीली अटो समूहद्वारा निर्माण गरिएको हो, जुन चीनका शीर्ष १० अटो कम्पनीमध्ये एक हो।
Home अर्थतन्त्र २० प्रतिशत डाउनपेमेन्टमा रिड्डारा ईभी पिकअप, सिजी मोटर्सको एक्सचेन्ज योजना सार्वजनिक