Page 17

विस्फोट हुँदा बाजुरामा एक महिलाको मृत्यु

धनगढी । बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किंदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि कोल्टी अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका हुन् ।
विस्फोटको कारण खुल्न नसकेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टी–२० महिला विश्वकपको एशिया छनोट ः नेपाल र बहराइन खेल्दै

काठमाण्डौं । आईसीसी महिला टी–२० विश्वकप सन् २०२६ को एशिया छनोटमा नेपालले शनिबार बहराइनसँग खेल्दैछ । खेल थाइल्याण्डमा बिहान पौने ९ बजे शुरू हुनेछ ।
शुक्रबार हङकङसँगको खेल वर्षाले मैदान ओसिलो हुँदा हुन सकेन । एशिया छनोटमा नेपालसँगै आयोजक थाइलयाण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।
नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । नेपालले मङ्गलवार फेरि हङकङसँग र बुधवार बहराइनसँग खेल्ने तालिका छ ।
हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेलेपछि समूहको शीर्ष टोलीले सुपर–३ मा स्थान बनाउनेछ । सुपर–३ बाट शीर्ष दुई टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा

काठमाडौँ । पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको जनाएको छ।
पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ। यस अघि भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषणा गरेर मात्र आक्रमण सुरु गर्ने जनाएको थियो।
पाकिस्तानको यो घोषणा लगत्तै भारत प्रशासित कश्मीरको उधमपुरको डिब्बर क्षेत्रमा विस्फोट भएको जनाएको छ । त्यस क्षेत्रमा लगातार खतराको साइरन बज्न थालेको छ ।
प्रत्याक्रमणको घोषणासँगै पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शनिबार स्थानीय समयानुसार बिहान ३ः१५ बजेदेखि दिउँसो १२ बजेसम्म आफ्नो वायुसीमा बन्द गर्ने निर्णय गरेको छ ।
भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझ पनि गोलाबारी भएको थियो । कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा रातभर गोलाबारी भएको जनाईएको छ । यद्यपि भारतले पाकिस्तानको यो घोषणाप्रति कुनै प्रतिक्रिया दिएको छैन ।

नेपाल लाइफको नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी स्थापना, केन्द्रीय कार्यालय उद्घाटन

काठमाडौं । नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीको केन्द्रिय कार्यालयको उद्घाटन भएको छ । बिहीबार एक कार्यक्रमकाबीच कम्पनीको पूर्ण स्वामित्वमा स्थापना गरिएको केन्द्रिय कार्यालयको उद्घाटन गरिएको हो । कम्पनीको कमलपोखरीस्थित कार्यालय भवनको उद्घाटन नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष गोविन्द संघइले गरेका थिए ।
करिब साढे २ खर्ब रुपैयाँबराबरको बिमा कोष खडा गरिसकेको नेपाल लाइफ इन्स्योरेन्सको लगानीलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न तथा लगानी विविधीकरणलाई गती दिन इन्भेस्टमेन्ट कम्पनी खडा गरेको जनाएको छ ।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले बिमा ऐनले केही क्षेत्रलाई परिभाषित गरेर उत्पादक क्षेत्रमा लगानीलाई प्रोत्साहित गरिरहेको पृष्ठभूमीमा कम्पनीले नयाँ अवसरमा काम गर्न कम्पनी खडा गरेको जानकारी दिए ।
यस्तै, कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले १ लाख ८६ हजार लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग जोडिएको जनाए । उनले अहिले विमित भनेर १७ लाख जति पोलिसी होल्डर रहेको समेत जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बोल्दै कम्पनी सञ्चालक समिति अध्यक्ष गोविन्द संघईले नेपाल लाइफको लगानीको प्रतिफललाई गुणात्मक रुपमा वृद्धि गर्ने उद्देश्यले कम्पनीको स्थापना गरिएको जनाए।
नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले लगानी केन्द्रीकृत गर्दा जोखिम बढ्ने भएकाले जोखिम विविधीकरणका लागि लगानी विविधीकरणमा प्राधिकरणले जोड दिएको बताए। इन्भेस्टमेन्ट कम्पनीले लगानीको सदुपयोग र विविधीकरणका लागि अब्बल जनशक्ति र उच्चत्तम प्रविधिको उपयोग गर्ने उनको बुझाइ छ ।

एनएमबि बैंक र कृषि विकास बैंकले बज्र मादी जलविद्युत आयोजनामा पौने ४ अर्ब लगानी गर्ने

काठमाडौं । एनएमबि बैंक, कृषि विकास बैंक तथा बज्र इनर्जी भेन्चर्स प्रालिबीच २४.८ मेगावाट क्षमताको कास्कीको मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहने छ । २४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत रु. ५ अर्ब ३५ करोड रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रु. ३ अर्ब ७४ करोड ५० लाख रहनेछ । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबद्र्वित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना वि.स. २०८१ साल कात्तिक २७ गते मध्यान्ह १२ बजे देखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइयो । उक्त आयोजना एनएमबि बैंकको अगुवाईमा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेको छ ।

माधवकुमार नेपालको एन्जिओप्लास्टी सर्जरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको एन्जिओप्लास्टी सर्जरी गरिएको छ ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार नेपालको सर्जरी गरिएको जनाईएको छ ।
एन्जिओप्लास्टी सर्जरी नसाबाट तार पठाएर मुटुको ब्लकेड खोलिन्छ ।

भारत–पाकिस्तानबीच बढ्दो तनाव, भारतले गर्‍यो २४ वटा विमानस्थल बन्द

काठमाडौं । भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको आरोप–प्रत्यारोपपछि दुवै देशले आन्तरिक सुरक्षामा उच्च सतर्कता अपनाएका छन् ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहीबार भारतले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै २४ वटा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ ।
भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’का अनुसार दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ९० उडानहरू रद्द गरिएका छन् । पाकिस्तानबाट भएको हवाई गतिविधिका कारण भारतको नागरिक उड्डयन प्राधिकरणले यस्तो निर्णय गरेको जनाईएको छ ।
नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन समेत दिएको छ । निर्देशन अनुसार सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ । टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ ।
एयर मार्शल तैनाथ गर्न निर्देशन दिइएको छ । एयर इन्डियाले आन्तरिक यात्रुहरूले तीन घण्टाअगाडि विमानस्थल पुग्नुपर्ने बताएको छ । ७५ मिनेट अगाडि चेक–इन बन्द हुने जनाएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ः बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ ।
आज पनि सरकार ल्याएको आर्थिक बर्ष २०८२, ०८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको पर्सि पल्टदेखि निरन्तर छलफल चलिरहेको हो ।
साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको ब्योहोरासमेत जानकारी गराइने छ ।

महालक्ष्मी विकास बैंकले शुरु गर्यो स्क्यान टु क्यास सेवा

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको सुरुवात गरेको छ । नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंक बनेको छ ।
यस अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग एप मार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । प्रारम्भिक चरणमा यस बैंकको दरबारमार्ग शाखा र थापाथली शाखाबाट सुरु गरिएको यो सेवा निकट भविष्यमा देशभर विस्तार गरिनेछ ।
यस सुविधाको विस्तार सँगै परम्परागत रुपमा चेक वा ऐटिएम कार्डको प्रयोग मार्फत नगद झिक्न पर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
डिजिटल नवप्रवर्तन प्रतिको आफ्नो प्रतिबद्धतालाई थप मुजबुत बनाउँदै बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सहकार्यमा अलि पे प्लस नेटवर्क मार्फत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा समेत यस अघि सुरु गरिसकेको छ । यस सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायतका मुलुकबाट आएका पर्यटकहरुले नेपाल पे क्यूआर स्क्यान गरी आफ्नो देशको डिजिटल वालेटबाट नेपालमा सहज रुपमा भुक्तनी गर्न सक्नेछन् ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको जनाएको छ ।

संक्रमणकालीन विषयलाई चाहेर पनि आजसम्म सम्बोधन गर्न सकिएन ः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्न नसकेको जनाएका छन् ।
विहीबार काठमाडौंमा आयोजित महिला शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धी कार्यक्रममा उनले १० बर्षे सशस्त्र द्वन्द्वपछि राजनीतिक उपलब्धिहरु प्राप्त भएपनि द्वन्द्वले समाजमा जुन पीडा, समस्या र पीडित भयो त्यो संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्न नसकेका जनाए ।
उनले भने, ‘ १० बर्षे सशस्त्रद्वन्द्वपछि राजनीतिक उपलब्धिहरु प्राप्त गर्यौं । शान्ति सम्झौता गर्यौ, माओवादी सेना व्यवस्थापन गर्यौ, संविधान सभा बनायौं, नयाँ संविधान बनायौं, नयाँ संविधान अन्तरगत पनि दुईवटा निर्वाचनहरु सम्पन्न गरेर राजनीतिक प्रक्रियामा धेरै अगाडि बढेका छौं । तर १० वर्षे सशस्त्रद्वन्द्वले समाजमा जुन पीडा, समस्या र पीडितभयो त्यो संक्रमणकालीन न्यायको विषयलाई हामीले सम्बोधन गर्न सकेका छैनौं ।’
उनले शान्ति सम्झौता गर्ने, सेना र हतियारको व्यवस्थापन गर्ने, अन्तरिम संविधान निर्माण गर्ने, संविधान निर्माण गर्ने विषयमा संलग्न रहेपनि संक्रमणकालीनको विषयलाई चाहेर पनि आजसम्म सम्बोधन गर्न नसकिएको कुरा पनि उल्लेख गरेका छन् ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...