Page 20

दराज नेपालद्वारा ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियानको घोषणा

काठमाडौं । दराज नेपालले ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियानको घोषणा गरेको छ । ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचरसहितको यो विशेष अभियान वैशाख २२ देखि २६ गते (मे ५ देखि ९, २०२५) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
अभियान अवधिभर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटो लगायत प्रतिष्ठित ब्रान्डका विभिन्न उत्पादनहरूमा दैनिक फ्ल्यास सेलमार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । यी सीमित अवधिका अफरहरू हरेक दिन अपडेट हुने हुँदा मौकाको उचित फाइदा उठाउनका लागि दराज नेपालले दराज एपको फ्ल्यास सेल सेक्सन नियमित हेर्न ग्राहकहरूलाई विशेष अनुरोध गरेको छ । साथै, बेस्ट प्राइस ट्यागसहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यदी कुनै ग्राहकले सोही उत्पादनलाई नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा निर्धारितभन्दा सस्तो मूल्यमा फेला पार्छन् भने सम्बन्धित सर्तहरू पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिने जनाएको छ ।
कम्पनीका अनुसार ५.५ को अर्को विशेष पक्ष भनेको ग्राहकहरूले न्यूनतम ४९९ रुपैयाँ खर्च गरी चुनिएका बिक्रेताहरुबाट उपलब्ध गरिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधापनि प्राप्त गर्न सक्नेछन् । यसका लागि दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी फ्रि डेलिभरी पेजबाट भौचर संकलन गर्न सकिने कम्पनीले जनाएको छ ।
यस अभियानमार्फत दराज नेपालले केवल छुट र बचत मात्र नभई आफ्ना उपभोक्तालाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेरेबल्स, फर्निचर, घर सजावट लगायत थुप्रै उत्पादन श्रेणीहरूमा आकर्षक अफरहरू अभियान अवधिभर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

नक्कली बिल पेश गर्ने ध्रुव कन्स्ट्रक्सन विरुद्ध एक अर्ब माग दाबीसहित मुद्दा दायर

काठमाडौं । सामानको खरिद बिक्री नगरि नक्कली बिल जारी गर्ने ध्रुव कन्स्ट्रक्सन विरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
काठमाडौं महानगरपालिका नयाँ बानेश्वर स्थित स्थायी लेखा नम्बर ६०९७५४५११ रहेको ध्रुव कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक ध्रुव देव विरुद्ध विभागले राजस्व चुहावट कसुरमा जरिवानासहित एक अर्ब २० करोड रुपियाँ माग दाबीसहित उच्च अदालतमा मुद्दा दायर गरेको विभागका अनुसन्धान अधिकृत तथा सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।
ठेक्का पट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद विक्की कारोवार गर्ने ध्रुब कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवले बस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल बीजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैङ्कमार्फत नगरेको, बीजकहरु सिलसिलेवार जारी नगरेको, मूअ कर विवरण र आय विवरण दाखिला नगरेको, मुअ कर तथा आयकर तर्फ झुट्टा विवरण पेश गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूअ कर तथा आयकर लगायतका राजस्व नतिरी राजस्व चुहावट गरेको विभागको आरोप छ ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरित कार्य गरी ऐ।ऐनको दफा ४ बमोजिमको कसूर गरेको पुष्टि भएकोले निज प्रतिवादी ध्रुव देवलाई ऐ। ऐनको को दफा २(ख १) बमोजिम मूल्य अभिवृद्धि करतर्फ रु. ४५ करोड ८० लाख ८३ हजार ४३४ रुपियाँ र आयकरतर्फ रू. १४ करोड ६५ लाख ३१ हजार ८२४ रुपियाँ गरी कूल रु. ६० करोड ४६ लाख १५ हजार २५८ रुपियाँ बिगो कायम गरी ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगो असुल तथा बिगोको शतप्रतिशत जरिवाना रुकम रु. ६० करोड ४६ लाख १५ हजार २५८ रुपियाँ नै असुल गर्न विभागले दायर गरेको आरोपत्रमा माग गरिएको छ ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २००६ बमोजिम उक्त कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवलाई बिगो र जरिवाना गरी कूल एक अर्ब २० करोड ९२ लाख ३० हजार ५१६ रुपियाँ असुलीको माग गरिएको छ ।

किन रोज्ने सानिमा रिलायन्सको ‘मेरो मुटु बालजीवन बीमा’ ?

काठमाडौं । बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘मेरो मुटु बालजीवन बीमा’ योजना सञ्चालन गरेको छ । यो योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बीमा गर्न मिल्ने सुविधा प्रदान गर्छ। विशेष कुरा के भने, यसमा अभिभावक (प्रस्तावक) र बच्चा दुवैको जीवन एकैसाथ बीमित गरिन्छ ।
यो बीमालेखले बचत र सुरक्षा दुबै संयोजन गरेको छ । बीमा अवधिभर प्रस्तावकको कुनै कारणवश मृत्यु वा स्थायी अशक्तता भएमा बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा हुनेछ । त्यस्तै, बीमांक रकमको १ प्रतिशत मासिक रूपमा बच्चाको नाममा उपलब्ध हुनेछ, जसले उसको शिक्षादेखि भविष्य निर्माणसम्म सहयोग पुर्याउँछ ।
अप्रत्याशित मृत्यु भएमा के हुन्छ ?
१ बीमीतको हकमाः बीमांक रकमको २५ प्रतिशत वा आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्कमध्ये जुन बढी हुन्छ, त्यो रकम दिइनेछ ।
२ प्रस्तावकको हकमाः प्रस्तावकको मृत्यु हुदा बिमांक रकम पाउने गरि अतिरिक्त बीमाशुल्क तिरेको अवस्थामा बीमांक रकम प्रधान गरिनेछ र अतिरिक्त शुल्क नतिरेको अवस्थामा बीमांक रकम प्रधान गरिने छैन ।
३ बीमा अवधि समाप्त हुनु अगावै बीमालेख चालु रहेको अवस्थामा बीमित र बीमा प्रस्तावकको मृत्यु एउटै घटनामा भएमा प्रस्तावकको मृत्यु बापत बीमांक रकम र आर्जित बोनस तथा बच्चाको मृत्यु बापत बीमंकको २५ प्रतिशत रकम भुक्तानी दिइनेछ ।
४ बीमा अवधि भित्र प्रस्तावकको मृत्यु भएपश्चात बिमीत बच्चाको समेत मृत्यु भएमा बीमांक रकमको २५ प्रतिशत र आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्क मध्य जुन रकम बढी हुन्छ सो रकम भुक्तानी दिइनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
किन रोज्ने ‘मेरो मुटु बालजीवन बीमा’ ?
–बालबालिकाको उच्च शिक्षा, आकस्मिक खर्च र दीर्घकालीन योजना सुरक्षित गर्न
–मासिक आय सुविधा सहितको बीमालेख
–भविष्यका लागि अनुशासित बचतको सुनिश्चितता
–न्यून प्रिमियममै दीर्घकालीन लाभ
बीमा गर्ने उपयुक्त समय कहिले ?
बच्चा जन्मिएको सुरुवाती चरणमै यो बीमा गर्दा भविष्यमा ठूलो लाभ लिन सकिन्छ । ‘जीवन बीमा आजै, अहिल्यै भन्ने सोच अनुरूप समयमै बीमालेख लिएर आफ्नो बालबालिकाको भविष्यलाई सुनिश्चित गर्न सकिन्छ ।

रवीन्द्र मिश्रको छैटौंपटक म्याद थप, थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आज म्याद थपका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।
संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेका मिश्रलाई छैटौंपटक म्याद थप गरिएको हो । यसअघि गत १४ वैशाखमा ७ दिन म्याद थपिएको थियो ।
रवीन्द मिश्रसँगै दुर्गा प्रसार्ईंको पनि ५ दिन म्याद थपिएको छ ।

आज दिउँसो ३ः३० बजे शिक्षा समिति बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ ।
बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथि छलफल हुनेछ । उपसमितिले विधेयकमाथिको दफावार छलफल सकाएको छ।
दफावार छलफल सकेपछि समिति सचिवालयले प्रतिवेदन लेखनको कार्य अघि बढाएको छ। प्रतिवेदन लेखनका लागि केही दिन समय लाग्ने भएकाले आजको बैठकमा समय थप माग गर्ने भएको छ।
शिक्षा समिति सचिव दशरथ धमलाले दफावार छलफल सकिएको र प्रतिवेदन लेखनका लागि समय माग गर्ने निर्णय भएको जनाए । प्रतिवेदन लेखन सकेपछि उपसमितिमा प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि उपसमिति पारित गरेपछि शिक्षा समितिमा पेस गरिने सचिव धमलाले जनाए । त्यसका लागि करिब १० दिनको समय माग गरिने उनको भनाइ छ।

 

प्रतिनिधि सभाको बैठक ११ बजे बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्ने भएको हो ।
आजको बैठकमा वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा छलफल हुने भएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल सुरु हुन लागेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते (शुक्रबार) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२, ०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव गर्ने कार्यसूची छ ।
नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर, चार जनालाई सफाइ

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई आइतबार दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।
पौडेललाई अदालतले १ वर्ष ६ महिना कैद र दामासाहीले १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ बिगो बराबरको जरिवाना गर्न फैसला गरेको छ । पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिँदा थप ६ महिना पनि कैद सजाय सुनाइएको छ ।
त्यस्तै मुद्दाका अन्य प्रतिवादीहरु म्याक्स इन्टरनेसनल प्रालि र सीईओ अकबर हुसेनको हकमा पनि १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना र सोही बराबरको बिगो असुल गर्न फैसला भएको छ । अकबर हुसेनलाई पनि १ वर्ष ६ महिना कैद गर्ने ठहर भएको छ ।
विकल, म्याक्स इन्टरनेशनल प्रालि, अकबरले जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्नुपर्ने ठहर पनि विशेषले गरेको छ ।

प्रधानमन्त्री र प्रचण्डबीच आज सिंहदरबारमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको जनाईएको छ ।

स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई एमालेको सुझाव

काठमाडौं । नेकपा (एमाले) ले स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।
आइतबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले योजनाहरुको छनोट र योजनाहरुको प्राथमिकीकरणमा असाध्यै धेरै भद्रगोल भएकाले बजेट ठोस र परिणाममूखी ढंगबाट आउनुपर्ने सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जनाए ।
उनले भने, ‘यो बैठकमा खासगरी सरकारले ल्याएको आर्थिक वर्ष ०८२, ८३ को नीतितथाकार्यक्रम र जेठ १५ गते आउने बजेटकाबारेमा केन्द्रित भएर छलफल गरेका छौं । नीति तथा कार्यक्रमलाई सकरात्मक रुपमा ग्रहण गर्दै आगामी आर्थिक वर्षको बजेट कस्तो हुनुपर्छ भन्ने बारेमा आफूलाई लागेका सुझावहरु सबैले दिएका छन् । मुलतःनीति कार्यक्रमले भने जस्तै बजेट पनि एकदमै ठोस र परिणाममूखी होस् । विगतमा योजनाहरुको छनोट र योजनाहरुको प्राथमिकीकरणमा असाध्यै धेरै भद्रगोल देखिएको छ । भद्रगोललाई चिर्दै बजेट आओस्,’ ।
साथै एमालेले दलहरूको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन नहुने टिप्पणी गरेको छ । उपमहासचिव ज्ञवालीले पार्टीका समस्या पार्टीले नै सुल्झाउनुपर्ने जनाए ।
‘दलहरूभित्र कतिपय आन्तरिक समस्या हुन सक्छन् । त्यसलाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन हुँदैन भन्ने लाग्छ,’उनले भने, ‘दलभित्रका समस्या आफ्ना ठाउँमा होलान् । हाम्रो पार्टीभित्र केही समस्या छ भने समाधान गर्ने दायित्व हाम्रो हो । अरु पार्टीसँग समस्या छ भने उहाँहरूले समाधान गर्ने हो ।’
एमालेले राजनीतिक स्थायित्व खल्बल्याउन खोज्ने पक्ष कमजोर भएको निष्कर्ष पनि निकालेको छ । साथै, आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन सबै ऊर्जा लगाउने विषयमा पनि छलफलभएको ज्ञवालीले जनाए ।

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न, प्रथम पुरस्कार टिम क्याल्कुलुसलाई

काठमाण्डौं । ग्लोबल आइएमई बैंकको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ ।
बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता संचालन गरेको हो ।
सहभागि टोलीहरुमध्य टिम क्याल्कुलुसले उक्त प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप रु १ लाख जित्न सफल भएको छ । साथै, डब्लुडिके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीहरुले क्रमश दोश्रो, तेस्रो, चौथो र पाँचौ पुरस्कारबाट पुरस्कृत भएका छन् ।
दोश्रो हुने टोली डब्लुडिकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौ हुने क्रमश टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजारको पुरस्कार प्राप्त गरेका छन् । साथै, वेष्ट प्रिजेन्टेसन बिधाअन्तर्गत बैंकले डिजीविट्सलाई १५ हजारको पुरस्कारबाट पुरस्कृत गरेको छ ।
यस प्रतियोगितामा २१ टोलीहरुलाई अनलाइन पेपर प्रिजेन्टेशनका लागि छनौट गरीएको थियो । प्रतियोगि टोलीहरु विभिन्न स्थान काठमाडौं, महेन्द्रनगर, पोखरा, विरगंज, काभ्रे, धरानबाट सहभागि भएका थिए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापकहरु सहित विभिन्न संस्थाको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।
प्रतियोगिताका विजेता टोलीहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरे ।
प्रतियोगितामा सहभागि प्रतिस्पर्धीहरुले बैंकले तोकेका विभिन्न विषयहरुमा केन्द्रित रही आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा सहभागिता हुन विभिन्न टोलीहरुले बैंकको वेवसाइट मार्फत आवेदन दरखास्त गरेका थिए । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा संचालन भएको थियो । जसअन्तर्गत पहिलो चरणमा कोडिङ्ग र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...